कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

भाइबरसँग मिलेर स्वास्थ्य मन्त्रालयको 'स्वास्थ्य सूचना'

काठमाडौँ — राकुटेन भाइबरसँगको सहकार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य सूचना’ अभियान सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यलाई अझ बलियो बनाउन राकुटेन भाइबरसँग साझेदारी गरिएको मन्त्रालयले जनाएको छ ।

भाइबरसँग मिलेर स्वास्थ्य मन्त्रालयको 'स्वास्थ्य सूचना'

नेपाली प्रयोगकर्तामाझ भाइबर एप्स सुरक्षित एवं प्रभावकारी रहेको र बजारमा छ्यापछ्याप्ती पाइने फेक न्युजको प्रभावबाट सर्वसाधारणलाई बचाउन आफूहरूले सहकार्य गरेको राकुटेन भाइबरका बिजनेस डेभलपमेन्ट निर्देशक नीतिन त्यागीले बताए । ‘अहिले सर्वसाधारणलाई सही सूचनाको खाँचो छ,’ उनले भने, ‘स्वास्थ्यका विषयमा त झनै हामी चनाखो हुनुपर्नेछ । त्यसैले भाइबरको एप्समार्फत सही सूचना दिन हामी प्रतिबद्ध छौं ।’

स्वास्थ्य मन्त्रालयले आमजनतासमक्ष पुर्‍याउन चाहेका सूचनालाई सक्दो धेरै प्रयोगकर्तामाझ लैजान राकुटेन भाइबर छानिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जनाए । काठमाडौंमा आइतबार आयोजित एक विशेष कार्यक्रममार्फत उक्त अभियानको औपचारिक सुरुवात गरिएको हो । ‘स्वास्थ्य सूचना’ अभियानको ब्रान्ड एम्बासडरमा अभिनेत्री ऋचा शर्मा नियुक्त भएकी छन् ।

प्रकाशित : वैशाख १७, २०८१ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?