ओली र लामिछानेको सर्त : 'संसद्‌मा जवाफ दिन पाउनुपर्छ'

जेष्ठ २, २०८१ २२:४०

एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिनुपर्ने सर्त अघि सारेका छन् । कांग्रेसले पोखरा र बुटवलको सहकारीको रकम हिनामिनामा लामिछाने संलग्न भएको पुष्टि भएको र उनीमाथि छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने माग गर्दै संसद् अवरुद्ध गरिरहेका बेला एमाले र रास्वपाले आफूमाथि लागेको आरोपबारे बोल्न दिनुपर्ने सर्त अघि सारेका हुन् ।

साहारा सहकारीका बचतकर्ताको प्रश्न- ‘कारबाही गर्न कस्ले रोक्यो ? ’

जेष्ठ २, २०८१ २२:२५

बालकुमारी महतो खैरहनी नगरपालिका–१ बहेरीमा चटपटे, पानीपुरी बेचेर गुजरा चलाउँछिन् । सहकारीका बजार प्रतिनिधि आएर बालबालिकाको भविष्य राम्रो हुने बताएपछि खर्च चलाएर बेचेको सय/पचास रुपैयाँ उनले दैनिक रुपमा सहकारीको बाल बचतमा राख्न थालिन् ।

जुडो संघमा पुनः दीपकहर्ष

जेष्ठ २, २०८१ २२:१२

नेपाल जुडो संघको छैटौं चुनावी साधारणसभाले दीपकहर्ष वज्राचार्यलाई पुनः अध्यक्षमा चयन गरेको छ ।१५ सदस्यीय  कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा धर्मशीला चापागाईं, उपाध्यक्षमा रमेश महर्जन, हेमराज भण्डारी, सुरजकाजी डोटेल र गंगा खड्का, महासचिवमा प्रकाशचन्द्र पाण्डे, सचिवमा पवनकुमार बानियाँ र कोषाध्यक्षमा प्रमोदप्रसाद नेपाल निर्वाचित भएका थिए ।

जथाभावी कर संकलन नरोके आन्दोलन गर्ने चेतावनी

जेष्ठ २, २०८१ २२:०९

मजदुरहरुले ललितपुर महानगरपालिकाले कबाडी करको नाममा जथाभावी कर संकलनमा रोक नलगाए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

खराब मौमका कारण आरोहीको खोजी अवरोध 

जेष्ठ २, २०८१ २१:५८

सगरमाथा चुचुरोतर्फ जाँदै गर्दा आइतबार बेपत्ता भएका दुई मंगोलियन आरोहीहरुको खराब मौसमका कारण बुधबार खोज तथा उद्धार हुन सकेन । पर्यटन विभागका अधिकृत दिलीप महर्जनका अनुसार, आइतबार साँझ सगरमाथाको ७ हजार ९ सय ५० मा रहेको चौथो शिविरबाट मंगोलियन आरोहीहरु ५३ वर्षीय युखजर्गल सिडेनडम्बा र ३१ वर्षीय प्योरभ्रिसन खाम्बाजाभ साँझ ७ बजे उकालो लागेका थिए ।

प्रिन्सलाई ओलम्पिक तयारी गर्न खेल सामग्री

जेष्ठ २, २०८१ २१:५०

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टनका प्रिन्स दाहाललाई बुधबार खेल सामग्री प्रदान गरेको छ ।

जोगवनी र सुनसरी क्वाटरफाइनलमा

जेष्ठ २, २०८१ २१:४५

भारत जोगवनीको प्रशान्त क्रिकेट क्लब र सुनसरी क्रिकेट क्लब तेस्रो मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल पुगेका छन् । बुधबार प्रशान्त एफसीले घरेलु टोली बीसीसीए विराटनगरलाई ६२ रन र सुनसरीले आयोजक मिल्स क्रिकेट क्लबलाई ११ रनले हराए ।

नौ बुँदे कालीकोट घोषणापत्र जारी गर्दै बाल सम्मेलन सकियो

जेष्ठ २, २०८१ २१:३६

नौ बुँदे घोषणापत्र जारी गर्दै जिल्लास्तरीय बाल सम्मेलन बुधबार सकिएको छ । बालबालिकामा लगानी, सुनौलो भविष्यको थालनी भन्ने नाराका साथ मंगलबार सुरु भएको सम्मेलनले बालविवाह अन्त्यको विशेष नीतिसहित बालबालिकामा माथि हुने हिंसा न्यूनीकरणको माग गर्दै ९ बुँदे कालीकोट घोषणापत्र जारी गरेको हो ।

रातो मस्त्येन्द्रनाथको रथ ओकुबहालमा पुर्‍याइयो 

जेष्ठ २, २०८१ २१:२१

मुलुकको सबभन्दा लामो जात्राको रुपमा मनाइने अन्न र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ बुधबार पाटन सुनधाराबाट तानेर ओकुबहालमा पुर्‍याइएको छ । अ

माछा मार्ने क्रममा मर्स्याङ्दीमा डुबेर एक जनाको मृत्यु

जेष्ठ २, २०८१ २१:१५

माछा मार्ने क्रममा लमजुङको मर्स्याङ्दी गाउँपालिका ८, भुलभुले नन्देस्वाँराका ५५ वर्षीय राजेन्द्रकुमार गुरुङको मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको छ ।

बजेटको आकार नबढाउन महासंघको सुझाव

जेष्ठ २, २०८१ २०:४९

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटको आकार नबढाउन सुझाव दिएको छ । महासंघले बुधबार राजधानीमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनलाई बजेटको आकार बढाउँदा राजस्व र आन्तरिक ऋण बढाउनुपर्ने चाप सरकारमा पर्ने जनाएको हो ।

अखिल (क्रान्तिकारी) का संयोजक राई हिरासतमा

जेष्ठ २, २०८१ २०:४९

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय संयोजक मिलन राईलाई प्रहरीले पक्राउ गरेको छ । राईलाई सोमबार राति काठमाडौंको रानीवनबाट पक्राउ गरिएको अखिल (क्रान्तिकारी)का नेता हरिकृष्ण गजुरेलले जानकारी दिए ।

सहकारी प्रकरणमा छानबिनको माग गर्दै तरुण दलको विरोध र्‍याली

जेष्ठ २, २०८१ २०:३८

सहकारी ठगी प्रकरणमा तत्काल संसदीय छानबिन समिति बनाउन माग गर्दै नेपाल तरुण दलले बुधबार विरोध र्‍याली निकालेको छ । 

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन

जेष्ठ २, २०८१ २०:३७

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । कँडेलले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । यसअघि उनकै दल एमालेबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएका सांसद विनोदकुमार शाहले मन्त्रीको शपथ बहिष्कार गरेका थिए ।

सडकबाट जिप खस्दा चालकसहित १६ जना घाइते

जेष्ठ २, २०८१ २०:३४

बागलुङको ढोरपाटन नगरपालिका ५ को मस्ती भन्ने स्थानमा यात्रुबाहक जिप सडकदेखि खस्दा चालकसहित १६ जना घाइते भएका छन् । बुर्तिवाङदेखि चौर जाँदै गरेको ग २ च २३१४ नम्बरको पिकअप जिप ब्याक गर्ने क्रममा बुधबार साँझ ६ बजे सडकदेखि २० मिटर तल खसेको थियो ।

दाङमा नदीमा डुबेर दाजुभाइको मृत्यु

जेष्ठ २, २०८१ २०:२७

बबई नदीमा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई गाउँपालिका–७ ओदालेस्थित बबई नदीमा मंगलबार बेलुका पौडी खेल्ने क्रममा डुबेर बबई-५ हापुरेका १६ वर्षीय दिपेश परियार र उनका दाजु १८ वर्षीय दीपक परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

३० महिनामा सकिनुपर्ने पुल ७ वर्षसम्म अधुरै

जेष्ठ २, २०८१ २०:२१

निर्धारित समयमा काम गरेको भए २०७६ असारमै पुल बनिसक्नु पर्ने थियो । २०७३ असोज ९ गतेको ठेक्का सम्झौतापछि विभिन्न बाहनामा काममा ढिलाइ हुँदा यहाँ निर्माण गर्न लागिएको पक्की पुल सात वर्षदेखि अलपत्र छ ।

इन्धनको मूल्य घट्यो, पेट्रोलमा ७ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ

जेष्ठ २, २०८१ २०:०८

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोलमा ७ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ घटाइएको हो । नयाँ मूल्य शनिबार मध्यरातदेखि लागू हुने छ । 

बगरमा खेती : 'रातभरि रुङ्ने, दिनभरि बेच्ने'

जेष्ठ २, २०८१ १९:५१

लालझाडी गाउँपालिका–४ डाडा जाँइका राधेश्याम राना झिसमिसेमै उठेर बारीमा पस्छन् । दोदा नदीको बगरमा लगाएका तरभुजा, लौका, फर्सी र काक्रा टिपेर साइकलमा राख्छन् । त्यही साइकल चढेर गाउँ गाउँ डुल्छन् । कतै पैसाले त कतै अन्नसँग साटेर तरकारी बिक्री गर्छन् ।

एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

जेष्ठ २, २०८१ १९:४६

नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । 

प्रधानमन्त्री, अध्यक्ष ओली र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता

जेष्ठ २, २०८१ १९:२८

सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । 

जीप दुर्घटना हुँदा १४ जना घाइते 

जेष्ठ २, २०८१ १९:२५

निस्दीमा भएको जीप दुर्घटनामा परी १४ यात्रु घाइते भएका छन् । लु १ ज ३३२४ नम्बरको जीप निस्दी गाउँपालिका–४, मतियारडाँडास्थित भित्री कच्ची सडक खण्डमा दुर्घटनामा भएको हो ।

हरित अर्थतन्त्र नेपालको भावी समृद्धिको केन्द्रविन्दु : प्रधानमन्त्री दाहाल  

जेष्ठ २, २०८१ १९:१७

प्रधानमन्त्री पुष्पकमल दाहालले हरित अर्थतन्त्र प्रविधि र हरित अर्थतन्त्र नेपालको भावी समृद्धिको केन्द्रबिन्दु रहेको बताएका छन् । यूरोपेली संघ (इयु)–नेपाल बिजनेस फोरम–२०२४ को बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

अवैधरुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने भारतीय नागरिक पक्राउ

जेष्ठ २, २०८१ १९:१२

आफू चिकित्सक भएको बताउँदै नेपालमा दर्ताविनै स्वास्थ्य क्लिनिक संचालन गरिरहेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

क्यानद्वारा सन्दीप लामिछानेको निलम्बन फुकुवा 

जेष्ठ २, २०८१ १९:११

नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । अध्यक्ष चतुरबहादुर चन्दले बुधबार विज्ञप्ति जारी गर्दै बलात्कार मुद्दामा निर्दोष रहेको उच्च अदालतको फैसला आएकोले लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरेको जानकारी गराएका छन् । 

ऊर्जा आयोजनका लागि 'ऊर्जा सुरक्षा नीति' बनाउन माग

जेष्ठ २, २०८१ १९:०६

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर जलविद्युत लगायतका ऊर्जा आयोजनाको लागि छुट्टै 'ऊर्जा सुरक्षा नीति' बनाउन माग गरेको छ । बुधवार गृहमन्त्रालयमा भएको भेटमा इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा आयोजनामा धेरै खालका सुरक्षा जोखिम रहेको भन्दै यसको समाधानको लागि छुट्टै ऊर्जा सुरक्षा नीति बनाएर लागू गर्न माग गरेका हुन् ।

भारतमा गुगलले ल्यायो गुगल वालेट

जेष्ठ २, २०८१ १९:०४

यो सातादेखि गुगलले भारतमा आफ्नो वालेट सेवा उपलब्ध गराएको छ । भारतका प्रयोगकर्ताले एन्ड्रोइड स्मार्टफोनमा गुगल वालेट इन्स्टल गरी आफ्ना महत्वपूर्ण कागजपत्र, विमान टिकेट, फिल्मका टिकेट लगायत विवरण स्टोर गर्न सक्छन् । यसका लागि गुगलले भारतका २० वटा ब्रान्डसँग साझेदारी गरेको जनाएको छ ।

नीति तथा कार्यक्रमले उत्साह जगाएको छ : अर्थमन्त्री पुन 

जेष्ठ २, २०८१ १९:०३

अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले उत्साहजनक वार्षिक नीति तथा कार्यक्रम ल्याएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार राजधानीमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मन्त्री पुनले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने गरी नीति कार्यक्रम आएको बताए ।

मधेशमा साना दल निर्णायक, मुख्यमन्त्रीमा सबैको नजर

जेष्ठ २, २०८१ १९:०१

मधेश प्रदेशमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेले नयाँ सरकार बनाउन कसरत थालेपनि गणितीयरुपमा अझैसम्म टुंगो लागेको छैन । आफैँ मुख्यमन्त्री लिने गरी वर्तमान प्रदेश सरकारबाट बाहिरिएका एमाले र माओवादी केन्द्र फेरि अर्कै दललाई मुख्यमन्त्री दिने वा सत्ताबाट बाहिरै रहने भन्ने अनिश्चयमा फसेका छन् ।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय फुटाइयो

जेष्ठ २, २०८१ १८:५७

वाग्मती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरिएको छ । बिनाविभागीय मन्त्री रमा आलेमगरलाई जिम्मेवारी दिनका लागि उक्त मन्त्रालय टुक्र्याएर युवा तथा खेलकुद मन्त्रालय बनाउने बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

पिस कोरका उपनिर्देशक ह्वाइट नेपालमा

जेष्ठ २, २०८१ १८:३८

पिस कोरका उपनिर्देशक डेभिड ई. हवाइट जुनियर नेपालको पाँच दिने भ्रमणमा बुधबार आइपुगेका छन् । उनलाई नेपालमा अमेरिकी राजदूत डिन आर. थम्पसनले स्वागत गरे । 

जसपा, नेपाल विभाजनमा अल्पकालीन अन्तरिम आदेश 

जेष्ठ २, २०८१ १८:३१

जनता समाजवादी पार्टी, नेपाल विभाजनसम्बन्धी अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

त्रिवि सेवा आयोग सदस्यमा भट्टराई नियुक्त

जेष्ठ २, २०८१ १८:१९

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका सदस्यमा बुधबार प्रा.डा. अजय भट्टराई नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले उनलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सामुदायिक विद्यालयमा आकर्षण बढाउन जीवनउपयोगी शिक्षण सिकाई आवश्यक : मन्त्री चौधरी

जेष्ठ २, २०८१ १८:१२

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सामुदायिक विद्यालयमा आकर्षण बढाउन जीवनउपयोगी शिक्षण सिकाईमा जोड दिनुपर्ने बताएकी छन् । भालेश्वर माध्यमिक विद्यालय पनौती नगरपालिका ८ काभ्रेपलान्चोकको ६७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएकी हुन् ।

सफाइ पाएपछि क्रिकेटर लामिछानेले भने- 'नेपाललाई अझ माथि पुर्‍याउनेछु'

जेष्ठ २, २०८१ १८:०३

बालात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछानेले आफूले नेपाली क्रिकेटलाई अझ माथि पुर्‍याउने बताएका छन् ।

एमाले रुपन्देहीको अधिवेशन सर्‍यो 

जेष्ठ २, २०८१ १७:४०

नेकपा एमाले रुपन्देहीको जिल्ला अधिवेशन सरेको छ । जेठ १६ र १७गतेका लागि तय भएको जिल्ला अधिवेशनका लागि प्रमुख अतिथि पार्टी अध्यक्ष केपी शर्मा ओलीको समय नमिलेपछि आगामी जेठ २३ र २४ गते गर्ने गरी सारिएको हो । 

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने, सरकारमा नजाने

जेष्ठ २, २०८१ १७:३२

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने निर्णय गरेको छ । बुधबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिने तर सरकारमा सहभागी नहुने निर्णय गरेको संसदीय दलका उपनेता सन्तोषकुमारी शर्मा थापाले बताइन् । मुख्यमन्त्री सोडारीले बिहीबार विश्वासको मत लिँदै छन् ।

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ

जेष्ठ २, २०८१ १७:१४

उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउँदै क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।   

ओलीको प्रश्न : कांग्रेसको घरबाट ल्याएको संसद् हो यो ?

जेष्ठ २, २०८१ १७:०२

प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन माग गर्दै निरन्तर संसद् अवरुद्ध गरेकोमा सत्तारुढ एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेका छन् । 

काठमाडौं महानगरद्वारा बजार अनुगमन तीव्र

जेष्ठ २, २०८१ १६:५०

काठमाडौं महानगरपालिकाले घरवहाल कर लगायतको बजार अनुगमनलाई तीव्र पारेको जनाएको छ । वैशाख २१ गतेबाट सुरु गरेको महानगरको घरवहाल कर लगायतको बजार अनुगमन आजसम्म पनि जारी छ । 

दिल्लीमा नेपाल चर्चा 

जेष्ठ २, २०८१ १६:१९

नेपाल र भारतबीचको सदियौं पूरानो सम्बन्धबारे दिल्लीमा चर्चा भएको छ । राजनीतिज्ञ, कुटनीतिज्ञ र पत्रकारिता क्षेत्रका दिग्गजहरुले दुई देशबीचको कसिलो सम्बन्ध विश्वका  लागि उदाहरणीय रहेको बताएका छन् । 

लिफ्ट खानेपानी योजनाको काम सुस्त, स्थानीयलाई सास्ती

जेष्ठ २, २०८१ १६:१२

शारदा नगरपालिका–१४ र १५ माल्नेटामा विश्व बैंकको आर्थिक सहयोगमा संचालित बृहत लिफ्ट खानेपानी योजनाको काममा ढिलासुस्ती गर्दा खानेपानीको लागि स्थानीयलाई सास्ती भएको छ । विभिन्न कारण देखाउँदै सगरमाथा ड्रिलिङ निर्माण सेवाले काममा ढिलाई गर्दा माल्नेटाका स्थानीयलाई खानेपानीको लागि सास्ती भएको हो ।

घुन्सा क्षेत्र दुई सातादेखि सञ्चार सम्पर्कविहीन  

जेष्ठ २, २०८१ १६:०२

पर्यटकीय सिजन चलिरहँदा कञ्चनजंघा हिमालको आधार शिविर घुन्सा क्षेत्र दुई सातादेखि सञ्चार सम्पर्कविहीन भएको छ ।

अपांगता भएका व्यक्तिको माग पूरा गर्न कांग्रेसको आग्रह

जेष्ठ २, २०८१ १५:५६

नेपाली कांग्रेसले पूर्णअशक्त अपांगता भएका व्यक्तिको अधिकारको माग गर्दै रत्नपार्कमा जारी आन्दोलनका माग पूरा गर्न सरकारसँग माग गरेको छ । 

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य

जेष्ठ २, २०८१ १५:५५

आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले बुधबार यहाँ सार्वजनिक गरेको सोह्रौँ योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको हो ।