कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

राष्ट्रिय बक्सिङमा सन्जुमायाविरुद्ध अस्मिता विजयी

काठमाडौँ — लुम्बिनीकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनल पुगेका गरेका छन् ।

राष्ट्रिय बक्सिङमा सन्जुमायाविरुद्ध अस्मिता विजयी

राखेप कभर्डहलमा बिहीबार महिला ५० केजीमा सुष्माले मधेशकी मनीषा राई र अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई हराएका थिए । ५४ केजीमा गण्डकी प्रदेशकी सोनिया बडुवालले सुदूरपश्चिम प्रदेशकी निर्मला ऐडी र आर्मीकी लालुमाया खत्री क्षेत्रीले एपीएफकी नाङजा बुढा मगरलाई हराएर सेमिफाइनलमा स्थान पक्का गरे । महिला ५७ केजीमा लुम्बिनीकी ललिता बस्नेतले गण्डकीकी दीक्षा राईलाई हराएर सेमिफाइनलमा पुगिन् । सोही तौल समूहमा कोशी प्रदेशकी नारिका राई पनि सेमिफाइनलमा पुगिन् ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला ६० केजीमा वाग्मती प्रदेशकी नतिसा रानामगरले कर्णालीकी तुलसी भण्डारी तथा एपीएफकी संगीता सुनारले पुलिसकी लक्ष्मी घर्ती मगरलाई हराएर सेमिफाइनलमा स्थान बनाए ।

महिला ६६ केजीमा सुदूरपश्चिमकी सन्जिता चौधरीले बागमतीकी तृष्णा गुरुङ र एपीएफकी विनिता थापा मगरले कोशीकी नुमा सावाडेन तथा ७५ केजीमा लुम्बिनीकी जुनमाया थारुले गण्डकीकी जेशिका श्रेष्ठलाई पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गरे । महिला ७५ केजीमै आर्मीकी त्रिशा जबेगु पनि सेमिफाइनलमा पुगिन् ।

पुरुष ६३.५ केजीमा लुम्बिनीका अनिलकुमार पुनले कोशीका एक्लिस शाहीलाई हराएर सेमिफाइनल तय गरे । अन्य ३ खेलाडी बुधबारै सेमिफाइनलमा पुगिसकेका छन् । पुरुष ७१ केजीमा सुदूरपश्चिमका भरत चन्दले कर्णालीका पासाङ इजाम सुब्बा र आर्मीका दानबहादुर दर्लामी मगरले गण्डकीका निशान गुरुङ, ८० केजीमा कर्णालीका मनोज तामाङले कोशीका समिर नेवार र वाग्मतीका पासाङ शेर्पाले गण्डकीका तार्जन घर्तीमगर, ९२ केजीमा एपीएफका रविन नेपालले कर्णालीका सन्दीप ज्ञवाली र आर्मीका महेन्द्र केसीले कोशीका गणेश श्रेष्ठ तथा ९२ केजीमाथि आर्मीका पवन मोक्तानले कर्णालीका सन्दीप हमाल र गण्डकीका सुनिल श्रेष्ठले लुम्बिनीका सुजन थापा मगरलाई हराएर अन्तिम चारमा स्थान बनाए ।

प्रकाशित : चैत्र १५, २०८० २२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?