कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

निर्माण व्यवसायी महासंघको साधारणसभा हेटौंडामा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

सुवास विडारी

मकवानपुर — निर्माण व्यवसायी महासंघको साधारणसभा हेटौंडामा हुन भएको छ । हेटौंडामा शुक्रबार र शनिबार सञ्चालन हुने महासंघको २५ औं वार्षिक साधारणसभाको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

निर्माण व्यवसायी महासंघको साधारणसभा हेटौंडामा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

निर्माण व्यवसायी संघ मकवानपुरका आतिथ्यतामा हुन लागेको वार्षिक साधारणसभाको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यतालिका रहेको छ । कार्यक्रममा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सहरी विकास मन्त्री धनबहादुर बुढा, वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको महासंघका महासचिव रोशन दाहालले बताए ।

साधारणसभामा देशभरका ७७ जिल्ला शाखा, ७ प्रदेश, एसोसियट सदस्य तथा केन्द्रीय समिति, सल्लाहकार तथा प्रतिनिधि र पर्यवेक्षक गरी १ हजार ८ सय जना सहभागी हुने बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

साधारणसभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेस हुने र सभास्थलमा निर्माण कम्पनीसँग सम्बन्धित २४ वटा स्टलसमेत रहने बताइएको छ । पत्रकार सम्मेलनमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीले २० अर्ब भुक्तानी पाउन बाँकी रहेको बताए । ‘बजेटको व्यवस्था नगरी हचुवाको भरमा आयोजना सञ्चालन गर्दा काम गर्न गाह्रो भएको छ । निर्माण क्षेत्र चलायनमान नहुँदा मुलुकमा आर्थिक समस्या देखिएको छ,’ सिंहले भने,‘हामी महंगोमा सामान खरिद गर्न बाध्य छौं । स्रोत सुनिश्चित नभएको आयोजनाले मार पारेको छ । यहाँ निर्माण व्यवसायीलाई मात्रै एकपक्षीय आरोप लगाउने काम भएको छ ।’

उनले हाल नेपालमा ५ खर्बको आयोजना स्रोत सुनिश्चित नभई सञ्चालनमा रहेको दाबी गरे । निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलले मकवानपुरमा साधारणसभा आयोजनाको मौका पाएकोमा खुसी व्यक्त गर्दै साधारणसभालाई सभ्य र भव्य बनाउने प्रतिबद्धता जनाए ।साधारणसभामा करिब एक करोड १० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।

प्रकाशित : चैत्र १५, २०८० १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?