बेलायती राजकुमारले मुम्बईका विद्यार्थीसँग जन्मदिन मनाए

एएनआई 

काठमाडौँ — बेलायतका राजकुमार चार्ल्सले आफ्नो ७१औँ वार्षिकोत्सव भारतको मुम्बईमा मनाएका छन् । भारतको तीन दिने भ्रमणमा रहेका राजकुमार चार्ल्सले बिहीबार मुम्बईस्थित ताजमहल होटलमा विद्यार्थीहरुसँग जन्मोत्सव मनाएका हुन् । 

बेलायती राजकुमारले मुम्बईका विद्यार्थीसँग जन्मदिन मनाए

जन्मोत्सव समारोहमा उनले सामान्य केक काटेका थिए भने २० भन्दा बढी विद्यार्थीले उनलाई घेरेका थिए ।


जन्मोत्सव समारोहमा सहभागी विद्यार्थीहरुले ताली बजाउँदै राजकुमार चार्ल्सलाई दीर्घ जीवनको शुभकामना व्यक्त गरेका थिए ।


भारतको १०‍‍ औँ औपचारिक भ्रमणका क्रममा उनले राष्ट्रपति रामनाथ कोविन्दलाई भेट्नुका साथै गुरुद्धारा बङ्गला साहिब र भारतीय मौसम विज्ञान विभागको भ्रमण गरेका थिए ।

प्रकाशित : कार्तिक २८, २०७६ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?