१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रधानमन्त्रीले सागमा पदक जित्ने खेलाडीलाई यसरी गरे नगद पुरस्कार घोषणा

काठमाडौँ — १३ औं सागमा कास्य पदक जित्नेलाई सरकारले ३ लाख र रजत जित्नेलाई ६ लाख दिने भएको छ। स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई ९ लाख रुपैयाँ दिने भएको छ । यो सागमा दुई वा दुई भन्दा बढी स्वर्ण जित्ने खेलाडीले जनही ११ लाखका दरले नगद पाउने छन् भने टिम गेममा जित्नेले ५–६ लाख पाउनेछन् । स्वर्ण जित्ने खेलाडीका प्रशिक्षकले पनि ५ लाख पाउनेछन् ।

प्रधानमन्त्रीले सागमा पदक जित्ने खेलाडीलाई यसरी गरे नगद पुरस्कार घोषणा

बुधबार सागका पदक विजेता खेलाडीलाई बोलाएर प्रधानमन्त्री केपी ओलीले आफ्नै निवासमा यो घोषणा गरेका हुन् । मंगलबार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको छ।

प्रकाशित : मंसिर २५, २०७६ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?