कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

यू-१९ एशिया कपका लागि नेपाली टोलीको चयन, आसिफ, सन्दीप, सूर्य पुन: टिममा फर्कन सफल

काठमाडौँ — श्रीलंकामा भाद्र १९ देखि २८ गतेसम्म एसियन क्रिकेट काउन्सिलको आययोजनामा हुने यू-१९ एशिया कपका लागि नेपाली टोलीको चयन भएको छ ।

यू-१९ एशिया कपका लागि नेपाली टोलीको चयन, आसिफ, सन्दीप, सूर्य पुन: टिममा फर्कन सफल

श्रीलंकामा खेल्नका लागि रोहितकुमार पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली चयन भएको नेपाली राष्ट्रिय टोलीका टिम एनलिस्ट रमण शिवाकोटीले जानकारी दिएका छन् । टिममा रोहितसँगै रित गौतम, पवन सर्राफ, महम्मद आसिफ शेख, सनदीप जोरा, भीम कार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रसिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिस जीसी रहेका छन् ।


२० गतेदेखि सुरु हुने प्रतियोगितामा भाग लिनका लागि नेपाली टोली भाद्र ७ गते श्रीलंका प्रस्थान गर्ने छन् । उनीहरुले त्यहाँ केही प्राक्टिस म्याच पनि खेल्ने छन् ।


प्रतियोगितामा नेपालसँगै भारत, पाकिस्तान, कुवेत, श्रीलंका, बंगलादेश, अफगानिस्तान र यूएईले प्रतिस्पर्धा गर्ने छन् । नेपाल समूह बी रहेका छ जसमा श्रीलंका, बंगलादेश र यूएई रहेका छन् ।

प्रकाशित : भाद्र ५, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?