बंगलादेशका राष्ट्रपति हमिद पोखरामा, केही समय फेवातालमा डुंगा सयर

दीपक परियार

पोखरा — बंगलादेशका राष्ट्रपति अब्दुल हमिद बिहीबार पर्यटकीय नगरी पोखरा पुगेकाछन् । राष्ट्रपति हमिद आज बिहान ११:४५ बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा झरेका थिए । 

बंगलादेशका राष्ट्रपति हमिद पोखरामा, केही समय फेवातालमा डुंगा सयर

पोखराको दृश्यावलोकन गर्न राष्ट्रपति हमिद पोखरा पुगेका हुन् । पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए ।


राष्ट्रपति हमिदको सम्मानमा पोखरा महानगरपालिकाद्वारा झाँकी प्रदर्शन गरेको थियो । पोखरा विमानस्थलबाट फिस्टेल लजसम्म सर्वसाधारण, आमा समूह, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनिधिले स्वागत गरेका थिए ।


पोखरा भ्रमणका क्रममा राष्ट्रपति हमिदले फेवातालमा मोटरबोट चढेर जलविहार गरेका थिए । त्यसपछि उनी फेवाताल किनारास्थित फिस्टेल लजमा पुगेका छन् । उनी त्यहँ केही समय आराम गरेर नेपाली सेनाको हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्नेछन् । उनी हमिद आजै काठमाडौं फर्कने छन् ।


राष्ट्रपति हमिदको भ्रमणलाई दृष्टिगत गरेर पोखरामा उच्च सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । सबै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको उनले बताए ।



प्रकाशित : कार्तिक २८, २०७६ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?