२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

जहाज होल्डको विषयमा पर्यटनमन्त्रीले लिए स्पष्टीकरण

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले अवतरणको तयारीमा रहेका जहाज आकाशमै होल्ड भएको विषयमा छानविन गर्न नेपाल नागरिक उड्‍डयन प्राधिकरणलाई निर्देशन दिएका छन्।

जहाज होल्डको विषयमा पर्यटनमन्त्रीले लिए स्पष्टीकरण

बिहीबार बिहान दूरी मापन गर्ने उपकरण अचानक बिग्रिएपछि कतार एयरवेजलगायतका अन्तर्राष्ट्रिय उडानका जहाज करिब दुई घन्टा भन्दा बढी समय आकाशमै होल्ड भएको थियो ।


स्रोतका अनुसार मन्त्री भट्टराईले त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीलाई जहाज होल्ड हुनुबारे स्पष्टीकरण सोधेका थिए ।


बिहीबार दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) मा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको थियो ।


त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार भीओआर र डीएमई उपकरण १० बजेर ४८ मिनेटमा बिग्रिएको थियो। साढे १२ बजेतिर यसको मर्मत सकिएको थियो।

प्रकाशित : आश्विन २, २०७६ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?