१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

तारानाथ सापकोटा

तारानाथ सापकोटाका लेखहरु :

संस्कृतका केस्रा छोडाइरहेका डच प्रोफेसर

भाषिक विविधता भएको नेपाल र भारतमा संस्कृत भाषासँग राजनीति यति बलियोसँग किन जोडिएको छ ? यही उत्सुकताले भेटाएको थियो, प्राध्यापक पिटरसँग । पिटर भन्छन्, ‘नेपाल र भारतको आधुनिक इतिहासमा संस्कृत एउटा भाषामा मात्रै सीमित थिएन र होइन, तर संस्कृत सामान्य मानिसको माध्यम भाषा कहिल्यै भएन ।

पाठक पर्खिरहेका काव्यिक पर्खाल 

पुरानो पोखरीभ्यागुतो हाम फाल्छछप्ल्याङ्गधेरैअघि हाइकु कवितासँग परिचय हुँदा सबैभन्दा मन परेको प्रसिद्ध जापानी कवि मात्सुओ बासोको यो हाइकु आज पनि उत्तिकै ताजा र प्रिय छ । 

‘द लास्ट लिफ’ को न्यास्रो

स्वतन्त्रता, गाँजा र सेक्सका लागि प्रख्यात सहर हो– आम्स्टर्डाम । नोभेम्बरको दोस्रो सातादेखि झरीले भिजेर दिनहरू ओसिएका छन् यहाँ । अझै केही महिना यसरी नै खैरो बर्को ओढरै ढलिदिन्छन् दिनहरू । विरक्त लाग्दोगरी आम्स्टर्डामको आकाश निरन्तर धुम्मिएको देखेर धर्तीले पनि बरखी बारेर बसेझैं प्रतीत हुन्छ । अर्को हिउँदले छपक्कै छोपिसकेको छ । रूखहरू जाडो मानेर उभिइरहेका छन् । चुपचाप पातहरू झर्न थालिसकेका छन् ।

महँगो उपचार खर्चले बुनेको गरिबीको जालो

काभ्रेको दोलालघाटका ६३ वर्षीय पुरुषको मुटुमा समस्या देखिएको निकै पछि अस्पताल जाँदा डाक्टरले शल्यक्रिया गर्नुपर्ने बताए, जसका लागि झन्डै ५ लाख रुपैयाँ जोहो गर्नुपर्ने भयो । स्कुलमा ज्यालादारी पियनका रूपमा काम गरिरहेका उनका लागि त्यो रकम असम्भव थियो । बेच्नलायक सम्पत्ति थिएन ।