१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
विश्व

World

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न आदेश

मदिरा नीति ल्याएर भ्रष्टाचार गरेको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी)को नियन्त्रणमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । यसअघि दिइएको ६ दिनको समय सीमा सकिएपछि ईडीले बिहीबार केजरिवालमाथि अनुसन्धान गर्न थप समय माग गर्दै एवेन्यू कोर्टमा पेस गरेको थियो । ईडीले थप सात दिनको समय मागेकोमा अदालतले चार दिन मात्रै समय थपेको हो । सोमबार अपराह्न १२ बजेभित्र अदालतमा पेस गर्न आदेशमा भनिएको छ । 

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न आदेश

बाल्टिमोर पुल भत्किँदा बेपत्ता दुई जनाको शव फेला

अमेरिकी सहर बाल्टिमोरको पुल भत्किँदा बेपत्ता रहेका दुई जनाको शव फेला परेको छ । उनीहरू पुल भत्किएको बेलामा पिकअप ट्रकमा रहेका थिए ।

बाल्टिमोर पुल भत्किँदा बेपत्ता दुई जनाको शव फेला

नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक तथा लेखक ड्यानिएल काह्नेमनको निधन

नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक तथा लेखक ड्यानिएल काह्नेमनको निधन भएको छ । उनको बुधबार निधन भएको हो । उनी ९० वर्षका थिए । 

नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक तथा लेखक ड्यानिएल काह्नेमनको निधन

सन् १९४१ मा आजकै दिन : साहित्यकार वुल्फको निधन 

सन् १९४१ मा आजकै दिन (मार्च २८) मा बेलायती साहित्यकार भर्जिनिया वुल्फको निधन भएको थियो । २० औं शताब्दीको आधुनिक साहित्यकारका रूपमा परिचित वुल्फले ५९ वर्षको उमेरमा आत्महत्या गरेकी थिइन् । 

सन् १९४१ मा आजकै दिन : साहित्यकार वुल्फको निधन 
चैत्र १४, २०८०

पाकिस्तानमा आतंकवादी हमला : ५ चिनियाँ र १ पाकिस्तानी नागरिक मारिए

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलवार भएको आतंकवादी हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु भएको पाकिस्तानस्थित चिनियाँ दुतावासले पुष्टि गरेको छ । आक्रमण मंगलबार दिउँसो १ बजे भएको थियो ।

पाकिस्तानमा आतंकवादी हमला : ५ चिनियाँ र १ पाकिस्तानी नागरिक मारिए

थाई संसद्‍मा समलिंगी विवाहसम्बन्धी विधेयक पारित

 थाइल्यान्डको तल्लो सदनले समलिंगी विवाहलाई कानुनी मान्यता दिनेसम्बन्धी एक विधेयक पारित गरेको छ । योसँगै थाइल्यान्ड छिट्टै समलिंगी विवाहलाई मान्यता दिने देश बन्ने भएको छ ।

थाई संसद्‍मा समलिंगी विवाहसम्बन्धी विधेयक पारित

क्यान्सरसँग जुधिरहेकी राजकुमारी केट

सुन्नेबित्तिकै आङै सिरिंग हुने रोग हो, क्यान्सर । सामान्य बुझाइमा क्यान्सर लाग्नु भनेको ‘समस्याको पहाड’ हो । तर क्यान्सरको संक्रमण हुनु भनेको जीवनको अन्त्य नै हुनु भने होइन । यसको उपचार सम्भव छ र हुन्छ । तर त्यसका लागि समयमै पहिचान हुन भने अत्यावश्यक छ । 

क्यान्सरसँग जुधिरहेकी राजकुमारी केट

सन् १९६८ मा आजकै दिन : पहिलो अन्तरिक्ष यात्रीको मृत्यु

सन् १९६८ मा आजकै दिन (मार्च २७) मा युरी गागरिनको मृत्यु भएको थियो । उनी विश्वकै पहिलो अन्तरिक्ष यात्री हुन् । १९३४ मार्च ९ मा रुस (तत्कालीन सोभियत संघ) को गजहत्स्कमा जन्मिएका गागरिनले १९५१ मा विद्यालय शिक्षा उत्तीर्ण गरेका थिए । त्यसपछि उनले अध्ययनका लागि साराटोभ कलेज भर्ना भएका गागरिनले सँगसँगै उडानसम्बन्धी प्रशिक्षण गरेका थिए ।

सन् १९६८ मा आजकै दिन : पहिलो अन्तरिक्ष यात्रीको मृत्यु
चैत्र १३, २०८०

केजरीवालको 'जेलयात्रा' : 'इन्डिया' गठबन्धन संकटमा छ ?

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि भ्रष्टाचारको आरोप र उनको गिरफ्तारीले आम आदमी पार्टी(आप) संकटमा परेको छ । परम्परागत र पुराना राजनीतिक पार्टीहरूलाई चुनौती दिन केजरीवालले साधारण मानिसलाई छुने गरी पार्टीको नाम नै ‘आम आदमी’ र चुनाव चिह्न ‘झाडू’ रोजेका थिए । 

केजरीवालको 'जेलयात्रा' : 'इन्डिया' गठबन्धन संकटमा छ ?

कार्गो जहाज ठोक्किँदा बाल्टिमोरको पुल भत्कियो

कार्गो जहाज ठोक्किँदा अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको पुल भत्किएको छ । मंगलबार बिहानपख कार्गो जहाज ठोक्किँदा २.५७ किलोमिटर लामो 'फ्रान्सिस स्कट की' पुल भत्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

कार्गो जहाज ठोक्किँदा बाल्टिमोरको पुल भत्कियो

सन् २००० मा आजकै दिन : रुसी राष्ट्रपतिमा पुटिन विजयी

सन् २००० मा आजकै दिन (मार्च २६) मा भ्लादिमिर पुटिन रुसको राष्ट्रपतिमा पहिलो पटक विजयी भएका थिए । उनी ५३.४४ प्रतिशत मतसहित विजयी भएका थिए । पुटिनका निकटतम प्रतिद्वन्द्वी गेनाडी ज्युगानोभले २९.४९ प्रतिशत मत ल्याएका थिए । 

सन् २००० मा आजकै दिन : रुसी राष्ट्रपतिमा पुटिन विजयी