२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१
खेलकुद

Sports News of Nepal

मोटरसाइकल पुरस्कारका लागि मिलन र रुपेश भिड्दै

काभ्रेका मिलन लामा र ललितपुर–११ का रुपेश जैसवालले नवौं वीर गणेशमान सिंह स्मृति चेस प्रतियोगिताको फाइनल खेल्ने भएका छन् ।

मोटरसाइकल पुरस्कारका लागि मिलन र रुपेश भिड्दै

आर्मीले जित्यो राष्ट्रिय महिला हक्कीको उपाधि

त्रिभुवन आर्मी क्लबले छैटौं मंगलबार सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ ।

आर्मीले जित्यो राष्ट्रिय महिला हक्कीको उपाधि

यमनको ह्याट्रिकमा कीर्तिपुर नगरको जित

कीर्तिपुर नगरपालिका मंगलबार गोदावरीमा भइरहेको प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबलको क्बाटरफाइनलमा पुगेको छ । 

यमनको ह्याट्रिकमा कीर्तिपुर नगरको जित

पलेशा र कविराज सम्मानित

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई किंग्स लाउन्ज काठमाडौंले सम्मान गरेको छ । पेरिस पारा ओलम्पिक २०२४ का लागि छनोट भएकी पलेशा र उनलाई छनोट गराउन सफल प्रशिक्षक कविराजलाई किंग्स लाउन्जका अध्यक्ष रामचन्द्र श्रेष्ठ र डाइरेक्टर कुमार गुरुङले सम्मानपत्र प्रदान गरे ।

पलेशा र कविराज सम्मानित

स्वीकृति नलिएका १५ पदाधिकारीलाई बेलायत जान रोकिने

बेलायतमा हुने दुई मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टिमको खेलाडी तथा अफिसियलको भिसा नआएको विषयमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवको उपस्थितिमा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिवलगायतसँग आज मंगलबार छलफल गरेका छन् ।

स्वीकृति नलिएका १५ पदाधिकारीलाई बेलायत जान रोकिने

पुल्चोक उक्लियो शीर्षमा

सागर थिङको ह्याट्रिकको मद्दतले पुल्चोकले मंगलबार सहिद स्मारक लिग ‘सी’ डिभिजनमा नौ खेलाडीमा सीमित रानीवनलाई ४–० ले पराजित गरेको छ । यो जितसँगै पुल्चोक अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । उसको पाँच खेलबाट १२ अंक भएको छ । यस खेलसँगै प्रतियोगितमा पाँचौं चरणका खेल सकिएका छन् ।

पुल्चोक उक्लियो शीर्षमा

लेवनडोस्कीको ह्याट्रिकमा बार्सिलोना विजयी

रोबर्ट लेवनडोस्कीको ह्याट्रिकको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा मंगलबार दस खेलाडीमा सीमित भ्यालेन्सियालाई ४–२ ले हराएको छ । यो जितका बाबजुद बार्सिलोना ११ अंकको दूरीमा दोस्रो स्थानमा छ ।

लेवनडोस्कीको ह्याट्रिकमा बार्सिलोना विजयी

कोलकाता नाइट राइडर्स दोस्रो स्थानमा अझ बलियो

कोलकाता नाइटराइडर्सले आईपीएलको अंकतालिकाको दोस्रो स्थानमा सोमबार आफ्नो पकड अझ बलियो बनाएको छ । इडेन गार्डेनमा भएको खेलमा कोलकाताले दिल्ली क्यापिटल्सलाई सजिलै सात विकेटले हरायो ।

कोलकाता नाइट राइडर्स दोस्रो स्थानमा अझ बलियो
वैशाख १७, २०८१

लुम्बिनीलाई वीर गणेशमान क्रिकेट उपाधि

लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिता जितेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार सम्पन्न फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३१ रनले पराजित गरेको थियो ।

लुम्बिनीलाई वीर गणेशमान क्रिकेट उपाधि

बेलायत जाने नेपाली फुटबल टोलीको बिदाइ

इंग्ल्यान्ड जान लागेको नेपाली फुटबल टोलीलाई सोमबार बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्बाङसहित नेपालका लागि बेलायतका राजदूत रोब फेनले टोलीको बिदाइ गरेका थिए । नेपाली फुटबल टोली मंगलबार त्यसतर्फ जाने कार्यक्रम छ ।

बेलायत जाने नेपाली फुटबल टोलीको बिदाइ

शाहको स्मृतिमा विद्यालय क्रिकेट हुने

नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष जयकुमार नाथ शाहको स्मृतिमा यू–१६ अन्तर विद्यालय क्रिकेट प्रतियोगिता गरिने भएको छ । चार दशक नेपाली क्रिकेटको सर्वोच्च निकायलाई अध्यक्षको हैसियतमा हाँकेका शाहको ७ वर्षअघि ८९ वर्षे उमेरमा निधन भएको थियो ।

शाहको स्मृतिमा विद्यालय क्रिकेट हुने

मिलन, क्षितिज, रुपेश र पुरुषोत्तम सेमिफाइनलमा

नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ क्लासिकल बुद्धिचाल प्रतियोगिताको सोमबार सात चरण सकिँदा मिलन लामा, क्षितिज भण्डारी, रुपेश जैसवाल र पुरुषोत्तम सिलवाल सेमिफाइनलमा पुगेका छन् ।

मिलन, क्षितिज, रुपेश र पुरुषोत्तम सेमिफाइनलमा

राष्ट्रिय महिला हक्की : आर्मी र गण्डकी फाइनलमा

त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश सोमबार छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा  पुगेका छन् ।

राष्ट्रिय महिला हक्की : आर्मी र गण्डकी फाइनलमा

काममा ढिलासुस्ती आएपछि घिसिङको निर्देशन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले प्रशासनिक काय अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

काममा ढिलासुस्ती आएपछि घिसिङको निर्देशन

आठौं पोखरा स्पोर्ट्स अवार्ड : ४ विधामा मनोनयन 

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० का लागि सोमबार चार विधामा मनोनयन सार्वजनिक गरेको छ । वैशाख २८ मा पोखरामा हुने स्पोर्ट्स अवार्डबारे जानकारी दिँदै मञ्चले मनोनयन सार्वजनिक गरेको हो । 

आठौं पोखरा स्पोर्ट्स अवार्ड : ४ विधामा मनोनयन 

अन्तिम समयमा अनियन्त्रित नेपाल 

प्रशिक्षक मोन्टी देसाईको भनाइलाई मान्ने हो भने नेपालले बलिङमा सुरुको १८ ओभर र ब्याटिङमा अन्तिम १७ ओभर आफ्नो पक्षमा राखेको थियो । यसबाहेकको ५ ओभरमा वेस्ट इन्डिज ‘ए’ ले आफ्नो अनुभव देखायो र नेपालविरुद्धको दोस्रो ट्वान्टी–२० क्रिकेटमा १० रनको विजय हात पार्‍यो । 

अन्तिम समयमा अनियन्त्रित नेपाल 

मोनाको हार्दा पीएसजीलाई लिग उपाधि

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार फ्रान्सेली लिग वान लगातार तेस्रो पल्ट जित्ने निश्चित भएको छ । दोस्रो स्थानमा रहेको मोनाको लियोनको हातबाट ३–२ ले पराजित भएपछि पीएसजीको भाग्य खुलेको हो ।

मोनाको हार्दा पीएसजीलाई लिग उपाधि

आर्सनलमाथि सिटीको चर्को दबाब

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार नटिङघम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधि होडमा आर्सनलमाथि चर्को दबाब कायम राखेको छ । डिफेन्डिङ च्याम्पियनको जितमा जोस्को ग्वारडिओल र इर्लिङ हालान्डले गोल गरे ।

आर्सनलमाथि सिटीको चर्को दबाब

हैदराबादमाथि चेन्नईको सहज जित

आईपीएल डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले आइतबार सनराइजर्स हैदराबादलाई सजिलै ७८ रनले पराजित गरेको छ । जितसँगै ९ खेलबाट १० अंकसहित चेन्नई तेस्रो स्थानमा उक्लिएको छ । हैदराबाद समान १० अंकसहित चौथो स्थानमा छ ।

हैदराबादमाथि चेन्नईको सहज जित