खेलकुद

Sports News of Nepal

रिक्सा चालक राष्ट्रिय क्रिकेटर

सिद्धार्थनगर–३ रूपन्देहीका रमेश कुर्मी भर्खर १८ वर्षका भए । क्रिकेटप्रति निकै लगाव भएका कुर्मी अधिकांश समय क्रिकेट अभ्यासमा बिताउन चाहन्छन् । उनको खेल कौशल हेर्दा पनि पहिलो प्राथमिकता क्रिकेट नै भएको प्रस्ट हुन्छ । तर, उनको बाध्यता भने फरक छ । जब उनी क्रिकेट खेल्न जान्छन्, तब उनको परिवारका सदस्य भोकै बस्नुपर्ने अवस्था छ ।

रिक्सा चालक राष्ट्रिय क्रिकेटर

आईपीएलको आधा बाटो

यसपल्टको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आधा बाटोमा पुगेको छ । शीर्ष चारमा आफूलाई उभ्याउन सहभागी १० टिमबीच होड चलिरहेको छ । अहिलेसम्मको यात्रा के कस्तो रह्यो त ? यसका ५ विशेषता ।

आईपीएलको आधा बाटो

‘सी’ डिभिजनमा आरसीको बराबरी

सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सोमबार दिन शीर्षमा रहेका टिमका लागि खराब रह्यो भने पुछारमा रहने टिमका लागि राम्रो । यसअघि लगातार तीन खेल जितेको आरसी ३२ ले सोमबार सामाजिकसँग गोलरहित बराबरी खेलेको हो । यो नतिजापछि आरसी ४ खेलबाट १० अंकसहित शीर्षस्थानमा उक्लेको छ । 

‘सी’ डिभिजनमा आरसीको बराबरी

प्रो ‘डेब्यु’ प्रतीक्षामा सुवास

व्यावसायिक खेलाडीको रूपमा गल्फर सुवास तामाङले नेपाली भूमिमा आफ्नो बहुप्रतीक्षित ‘डेब्यु’ गर्दै छन् । मंगलबारदेखि तिलगंगास्थित रोयल नेपाल गल्फ क्लबमा हुने सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रोको हिसाबमा सुवासको पहिलो प्रतियोगिता हुनेछ । 

प्रो ‘डेब्यु’ प्रतीक्षामा सुवास

सिरी ए : इन्टर मिलानले जित्यो लिग उपाधि

इन्टर मिलानले सोमबार एसी मिलानलाई २–१ ले पराजित गर्दै इटालीको सिरी ए उपाधि जितेको छ । लगातार छैटौं डर्बी जित्ने क्रममा इन्टरले लिग तालिकाको शीर्षमा निर्णायक अग्रता लिएको हो ।

सिरी ए : इन्टर मिलानले जित्यो लिग उपाधि

आईपीएल २०२४ : शीर्षमा राजस्थान अझ मजबुत

यशस्वी जैसवालले नटआउट रहेर बनाएको १ सय ४ रनको मद्दतले राजस्थान रोयल्सले सोमबार मुम्बई इन्डियन्सलाई नौ विकेटले पराजित गरेको छ । यससँगै लिग तालिकाको शीर्षमा राजस्थानको स्थिति अझ मजबुत भएको छ ।

आईपीएल २०२४ : शीर्षमा राजस्थान अझ मजबुत
वैशाख १०, २०८१

सिटिजन्स बैंक टेनिस : प्रदीप र आयुशमान विजयी

राष्ट्रिय च्याम्पियन प्रदीप खड्का र आयुशमान घलेले १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार जित पाएका छन् । प्रदीपले बोरिस अधिकारीलाई ६–२, ६–१ र आयुशमानले देव आशिष रेउलेलाई ६–१, ६–१ को सोझो सेटमा हराए ।

सिटिजन्स बैंक टेनिस : प्रदीप र आयुशमान विजयी

सूर्य नेपाल काठमाडौं ओपन गल्फ मंगलबारदेखि

व्यावसायिक खेलाडीको रूपमा गल्फर सुवास तामाङले नेपाली भूमिमा आफ्नो बहुप्रतीक्षित ‘डेब्यु’ गर्दै छन् । मंगलबारदेखि तिलगंगास्थित रोयल नेपाल गल्फ क्लबमा हुने सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रोको हिसाबमा सुवासको पहिलो प्रतियोगिता हुनेछ ।

सूर्य नेपाल काठमाडौं ओपन गल्फ मंगलबारदेखि

गोलबजारलाई हराउँदै कोशी प्रदेश प्रहरी सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन सिराहाको गोलबजार स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै कोशी प्रदेश प्रहरी रानी विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

गोलबजारलाई हराउँदै कोशी प्रदेश प्रहरी सेमिफाइनलमा

गण्डकीविरुद्ध कर्णाली प्रदेश विजयी

कर्णाली र वाग्मती प्रदेशले वीर गणेशमान सिंह कप राष्ट्रिय टी–२० पुरुष क्रिकेटमा लगातार तेस्रो जित पाएका छन् । चौथो खेलमा कर्णालीले गण्डकी प्रदेशलाई ५ रनले हरायो ।

गण्डकीविरुद्ध कर्णाली प्रदेश विजयी

एटीटीयूको पारा टेबल टेनिस कमिटीमा वैद्य

एसियन टेबल टेनिस युनियन (एटीटीयू) ले हालै गठन गरेको पारा टेबल टेनिस कमिसनमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यलाई सदस्यमा नियुक्त गरेको छ ।

एटीटीयूको पारा टेबल टेनिस कमिटीमा वैद्य

महिला लिग छनोटमा कोशीको लगातार दोस्रो जित

राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा सोमबार बिहान भएको पहिलो खेलमा कोशीले सुदूरपश्चिम प्रदेश विरुद्ध २–१ को जित निकालेको हो ।

महिला लिग छनोटमा कोशीको लगातार दोस्रो जित

लगानी सम्मेलनमा किन राखिँदैनन् खेलकुदसम्बन्धी परियोजना ?

केही वर्षको अन्तरालमा सरकारले लगानी सम्मेलन गरिरहेको छ । अपेक्षाकृत रूपमा लगानी नआए पनि यसले विदेशी लगानीकर्तालाई नेपालबारे जान्नेबुझ्ने र धेरथोर लगानी ल्याउन सघाएको छ । तर सरकारले लगानीका विभिन्न क्षेत्र पहिल्याएर विदेशी लगानीकर्तालाई विभिन्न परियोजना सोकेस गर्ने गरे पनि त्यसमा खेलकुद क्षेत्र उपेक्षामा पर्ने गरेको छ । 

लगानी सम्मेलनमा किन राखिँदैनन् खेलकुदसम्बन्धी परियोजना ?

आईपीएल २०२४ : पञ्जावलाई हराएपछि गुजरातको स्थितिमा सुधार

गुजरात टाइटन्सले आईपीएल २०२४ मा आइतबार पञ्जाव किंग्सलाई तीन विकेटले पराजित गरेको छ । यो जितपछि अंक तालिकामा गुजरातको स्थितिमा सुधार आएको छ र उसको आठ अंक भएको छ ।

आईपीएल २०२४ : पञ्जावलाई हराएपछि गुजरातको स्थितिमा सुधार

एफएकप : कभेन्ट्रीलाई टाइब्रेकरमा हराएर युनाइटेड फाइनलमा

म्यानचेस्टर युनाइटेडले कभेन्ट्री सिटीलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै आइतबार एफएकपको फाइनल यात्रा तय गरेको छ । वेम्ब्लीमा भएको सेमिफाइनलमा युनाइटेडले निर्धारित समयमा ३–० को अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन ।

एफएकप : कभेन्ट्रीलाई टाइब्रेकरमा हराएर युनाइटेड फाइनलमा

स्पेनी ला लिगा : ‘एल क्लासिको’ मा रियलको जित

जुड वेलिङघमले खेलको अन्त्यतिर गरेको निर्णायक गोलको मद्दतले रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार बार्सिलोनालाई ३–२ ले हराएको छ । ‘एल क्लासिको’ मा प्राप्त यस जितपछि रियलले लिगको शीर्ष स्थानमा ११ अंकको अग्रता लिएको छ ।

स्पेनी ला लिगा : ‘एल क्लासिको’ मा रियलको जित

एथलेटिक्स टोली दुबईतर्फ

एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली सोमबार दुबई जाँदै छ । वैशाख १२ देखि १५ गतेसम्म हुने प्रतियोगितामा ३ पुरुष र १ महिला गरी ४ खेलाडीले नेपालबाट प्रतिस्पर्धा गर्नेछन् ।

एथलेटिक्स टोली दुबईतर्फ