नेपाल र कतारबीच २ सम्झौता, ६ समझदारी
नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा १ सरकारी, १ निजी सम्झौता र ६ समझदारी भएका छन् । सरकारी तहमा ५ वटा र निजी क्षेत्रसँग दुईटा समझदारी भएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन भएको वार्तामा सहमति भएको हो ।