महोत्तरीमा ११० घर जले
पेटको व्यथाले च्यापेपछि उपचारका लागि बुधबार बिहानै भारतको सीतामढी गएकी लखनदेवी पासवानले साँझ फर्किंदा घर भेटिनन् । बस्तीमा दिउँसो सल्किएको आगोले घरसहित सम्पत्ति खरानी बनेपछि उनी घरको भग्नावशेष हेरेर बिलौना गर्दै थिइन् ।
पेटको व्यथाले च्यापेपछि उपचारका लागि बुधबार बिहानै भारतको सीतामढी गएकी लखनदेवी पासवानले साँझ फर्किंदा घर भेटिनन् । बस्तीमा दिउँसो सल्किएको आगोले घरसहित सम्पत्ति खरानी बनेपछि उनी घरको भग्नावशेष हेरेर बिलौना गर्दै थिइन् ।
गत जेठ र असारमा नेपालीको पूर्वी भागमा गएको बाढी र पहिरोबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाका संस्थापक सेयरधनीले कम्तीमा ५० प्रतिशत संस्थापक सेयर बिक्री गर्न नियामक निकायहरूलाई दबाब दिन थालेका छन् । सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक खड्कालगायत जलविद्युत् आयोजनाका सञ्चालकसमेत रहेका सांसदले ‘लकइन पिरियड’ (सेयर बिक्री गर्न नपाइने अवधि) नसकिएका आयोजनाको ५० प्रतिशत संस्थापक सेयर बिक्रीका लागि विद्यमान नियमावली परिमार्जन गर्न विभिन्न संसदीय समिति र मन्त्रालयमार्फत दबाब दिइरहेको पाइएको छ ।
कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमण सकेर बुधबार फर्किएका छन् । अल थानीको भ्रमणका दौरान बुधबार दुई देशबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । कतारका अमिर र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालबीच दुई पक्षीय भेटवार्तापछि ६ क्षेत्रमा सहकार्य गर्ने समझदारी र २ क्षेत्रमा सम्झौता भएको हो ।
सार्वजनिक पद धारण गरेका कुनै पनि व्यक्तिमाथि भ्रष्टाचार मुद्दा दायर भएमात्रै पनि स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ । तर, विशेष अदालतबाट भ्रष्टाचारी ठहर हुँदा पनि कांग्रेस सांसद टेकबहादुर गुरुङ पदमा पुनर्बहाल भएका छन् । निलम्बन फुकुवा गर्न आदेश दिएको सर्वोच्च अदालतले पूर्णपाठ नआउँदै संसद्लाई पत्राचार गरेर पद फुकुवा गराइदिएको छ ।
धितोपत्र बोर्ड (सेबोन) को अधिकार क्षेत्रभित्र रहँदै आएको भित्री कारोबार, झूटो वा कृत्रिम कारोबार, जालसाजीलगायत मुद्दाको अनुसन्धान अब प्रहरीले गर्ने भएको छ । धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०३ लाई संशोधन गरेर सरकारले उल्लिखित विषयमा अनुसन्धान तथा कारबाही गर्ने अधिकार प्रहरीलाई दिएको हो । संशोधित व्यवस्था राजपत्रमा प्रकाशित भई ऐनको रूपमा कार्यान्वयनमा आइसकेको छ ।
दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद–बिक्री प्रक्रिया कानुनसम्मत नभएको भन्दै स्वीकृति दिन अस्वीकार गरेको छ । कारोबार भएको ६ महिनापछि प्राधिकरणले एनसेललाई पत्र पठाउँदै यथास्थितिमा खरिद–बिक्रीलाई स्वीकृति दिन नमिल्ने जनाएको हो ।