अब हाम्रो पालो»

जिन्दगीमा कोबाट कस्तो धोका पाउनुभएको छ ?

धोका खाइयो बल्ल चाल पाइयो, त्यो नकचरीले गर्दा ।

समर वियोगी -१९), स्याङ्जा

यी हाम्रा नेताहरूबाट, किनकि यिनले कहिल्यै सुन्दर शान्त नेपाल बनाउन आँटेनन् ।

लोमश खतिवडा, इनरुवा

धोका दिनेको नाम लिने हो भने त साप्ताहिकका सबै पाना भरिन्छ त्यसैले नभनौँ ।

नारायण कुँवर, गुल्मी

जिन्दगीबाट, यो जिन्दगी कहिल्यै सकिन आँटेन ।

बी.के. इनरुवा

भर्खर त लव परेको छ, मिलन नभई विछोडको कुरा गर्ने ?

प्रवीण ज्ञवाली

हाल म २० औं वसन्तमा दौडिरहेको छु । बाल्यावस्थादेखि यहाँसम्म आइपुग्दा हालसम्म मैले कहीँ कतैबाट पनि धोका पाएको छैन । आगामी दिनहरू कस्ता हुने हुन् त्यो त समयले नै बताउनेछ ।

केसमान पुन -२०), नवलपरासी

मैले त उनै निष्ठुरीबाट धोका पाएको छु । मैले चोखो र साँचो माया दिन खोज्दा उनले बुझिनन् ।

अनिल विश्वकर्मा, जम्दह, सिरहा

अहिलेसम्म त धोका पाइएको छैन तर पाउनेवाला छु । यदि पाइहालेँ भने तपाईंलाई भनौंला... तर सार्वजनिकचाहिँ नगर्नु नि... ।

मीनबहादुर परियार, काठमाडौं

मैले त साथीहरूबाट, माया, प्रेम र स्नेहमा धोका पाएको छु । किनभने मैले आजसम्म पनि साथीहरूलाई माया-प्रेममा खुसी राख्न सकेको छैन ।

सञ्जीव खत्री -१८), गेलु, रामेछाप

जिन्दगीको यात्रामा हिँड्दै जाँदा ठेस त पक्कै पनि लाग्छ होला नि ? यस्तो बेलामा त काँडाले मात्र होइन फूलले पनि त घोच्दो रै'छ नि... ।

डियर उत्तम -२०), पाल्पा

गाउँले साथीसँग धोका पाएँ र त्यो धोका प्रेमसम्बन्धी थियो ।

हर्क ठकुल्ला क्षेत्री -२०), पर्वत

गफाडी, नालायक नेताहरूबाट नयाँनेपाल बन्ने आशा र कल्पनाको भ्रमबाट धोका पाएको छु ।

दीपक गोतामे -२२), स्याङ्जा

खासमा भन्दा नेताबाट ठूलो धोका पाएको महसुस गर्दैछु किनभने संविधान लेख्न भनेर भोट मागेर सत्तामा पुगेपछि गाउँ नै फर्किएका छैनन् ।

प्रवीण कपाली

हामी सोझासाझा, निर्धा, लाचार नेपालीहरूलाई ठगी करोडौं कुम्ल्याउने जो छ त्यहीबाट ठूलो धोका पाइएको छ ।

हरि निरौला, इनरुवा

उनले मलाई बिर्सिएर टाढा जानु नै मेरो जीवनको सबैभन्दा ठूलो धोका हो ।

पेशल दाहाल, बेलहारा, धनकुटा

कसैबाट धोका पाएको छैन तर तपाईंलाई चाहिँ पक्कै पनि धोका भएको हुनुपर्छ । त्यही भएर होला यो प्रश्न सोधेको ।

रेद्यान्सेज युवा गाइज

छैन, अब छैन भनिसकेपछि कस्तो भन्ने पनि प्रश्न हुन्छ त ?

विनोद राई, इटहरी

प्रकाशित अंकहरू