दाम्पत्य जीवन»

विवाहअघि एचआईभी परीक्षण

एचआईभी संक्रमण भए-नभएको थाहा पाउन एचआइभी परीक्षण केन्द्रमा समेत सजिलो नभएको युवायुवतीको अनुभव छ। उनीहरूका अनुसार पहलो पटक रगत परीक्षण गर्न जाँदा केन्द्रले पहिलो परामर्शअन्तर्गत पूरै हुलियासहित बे लीविस्तार लिएर र सुनाएर मात्र रगत परीक्षण गर्छ। दोस्रो पटक रगत दिएपछि अन्तिम परामर्श भन्दै लामो भूमिका बाँधेर बल्ल रगतको रिपोर्ट दिन्छ।

विवाहअघि केटा वा केटीले आफूले रोजेको जीवनसाथीका कुन-कुन कुरा हेर्छन् होला ? सजिलै अनुमान गर्न सकिन्छ उसको रूप, स्वभाव, शिक्षा, सम्पन्नता आदि-आदि तर रूपन्देहीका केही युवायुवतीले भने यी सबै गुणका अतिरिक्त  विवाहअघि आफ्नो हुनेवाला जीवनसाथीको एचआईभी रगत परीक्षणको रिपोर्ट पनि अनिवार्य हेर्ने गरेका छन् । एचआईभी संक्रमण दुवोसरी मौलाइरहेका बेला त्यसबाट आफू बच्न र जीवनसाथीलाई पनि एचआईभी भए-नभएको छुट्याउन  रगत परीक्षण गर्ने र त्यसको रिपोर्ट हेर्ने गरेको उनीहरू बताउँछन् ।

'अरू सबैसित त सम्झौता गर्न सकिन्छ तर निकै नहुने एचआईभी एड्सजस्तो रोगसित सम्झौता गर्न सकिंदैन ।' रगत परीक्षणको रिपोर्ट हेरेर मात्र विवाहको टुंगो लगाएका युवायुवती तर्क गर्छन् ।

मागी विवाह गर्ने मात्र होइन, पहिल्यैदेखि राम्रै हेलमेल र मायाप्रीति गाँसेपछि प्रेमविवाह गर्ने युवायुवतीहरूले पनि अहिले विवाहअघि रगत परीक्षण गराउने गरेका छन् । गत वैशाखमा नमुना एकीकृत विकास परिषद्मा आफू र आफ्नो चार  वर्षअघिदेखिको प्रेमीको रगत परीक्षण गराएर मात्र विवाह गरेकी भैरहवाकी छायाँ शर्मा भन्छिन्- 'एचआईभी संक्रमितसितको यौनसम्पर्कबाट मात्र होइन, संक्रमितले प्रयोग गरेका औजार, रगतलगायत धेरै प्रकारले एचआईभी सर्छ । यसले  गर्दा आफू र आफूसित रामै्र हेलमेल

हुनेलाई पनि बिना रगत परीक्षण एचआईभी संक्रमण छ-छैन भन्ने ग्यारेन्टी गर्न सकिंदैन । तसर्थ दुवैको रगत परीक्षण गराई ढुक्क भएर मात्र विवाह गरेका हौं ।'

युवायुवतीलाई एचआईभी संक्रमण छ-छैन भनेर मन परेको मानिसको रगत परीक्षण गराएर मात्र विवाह गर्न त्यति सजिलो भनेछैन । अझै पनि धेरै अभिभावक छोराछोरीको रगत परीक्षणपछि मात्र विवाह गर्ने केटा वा केटीको प्रस्ताव सुन्दा  आफ्ना सन्तानमाथि गलत सोचेको भन्दै रिसाएर विवाह नै रोकिदिन्छन् । कुनै शिक्षित र जान्ने-बुभ्fm्ने युवायुवतीले पनि आफ्नो आचरणमाथि अर्को पक्षले प्रश्न उठाएको बताउँदै रगत परीक्षण गर्न मात्र होइन, ऊसित विवाह गर्न नै  अस्वीकार गर्छन् ।

बुटवलको एक गैरसरकारी संस्थामा कार्यरत सरोज थापाले केटी चित्त बुझेपछि रगत परीक्षण गरेर मात्र विवाहको निर्णय गर्ने बताउँदा दुई-दुईवटी केटीका अभिभावकले छोरी दिन नमानेको बताए । सरोजले भने- 'तेस्री केटीसँग भने पहिले  एचआईभी के हो ? यसले के गर्छ ? त्यसका सर्ने प्रक्रिया के-के हुन् ? भन्ने विषयमा केटीलाई नै बुझाएँ । दुवैको सम्झौतामा रगत परीक्षण गर्‍यौं । दुवैको नेगेटिभ भेटिएपछि गत वर्ष विवाह गरेका हौं ।'

एचआईभी संक्रमण भए-नभएको थाहा पाउन एचआइभी परीक्षण केन्द्रमा समेत सजिलो नभएको युवायुवतीको अनुभव छ । उनीहरूका अनुसार पहलो पटक रगत परीक्षण गर्न जाँदा केन्द्रले पहिलो परामर्शअन्तर्गत पूरै हुलियासहित बे लीविस्तार लिएर र सुनाएर मात्र रगत परीक्षण गर्छ । दोस्रो पटक रगत दिएपछि अन्तिम परामर्श भन्दै लामो भूमिका बाँधेर बल्ल रगतको रिपोर्ट दिन्छ । यही झन्झट र एचआईभी संक्रमण भएको भए सामना गर्न सक्ने सामथ्र्य नभएका  कारण पनि धेरै युवायुवती रगतको रिपोर्ट लिन नै जाँदैनन् । बुटवलका समीर श्रेष्ठ भन्छन्- 'जथाभावी यौनसम्पर्कबाहेक अरू तरिकाबाट पनि एचआईभी सर्ने थाहा पाएपछि केही महिनाअघि पोखराको एक रक्त परीक्षण केन्द्रमा रगत  परीक्षण गराउन गएको थिएँ । रगत परीक्षण त गराएँ तर रिपोर्ट लिन भने गइनँ ।' किन त ? समीर भन्छन्- 'कम समयमा रगत परीक्षण गराउने र त्यसको रिपोर्ट लिने मेरो इच्छा थियो तर त्यहाँ लामो काउन्सिलिड हुँदो रहेछ । मलाई त्यो  मन परेन ।'

एचआईभीको क्षेत्रमा कार्यरत संघसस्था भने रक्त परीक्षण केन्द्रमा दिइने परामर्शलाई झन्झटका रूपमा लिन नहुने बताउँछन् । परामर्श झन्झटिलो प्रक्रिया नभै रगतको रिपोर्ट लिन र संक्रमित भैहालेको भए संयमित भएर बाँच्न सक्ने अम ृत वचन भएको उनीहरूको दाबी छ ।

'परामर्श नदिई र उसको हुलिया नलिई रगत परीक्षण गरे उसमा एचआईभी संक्रमित भेटियो भने सहन गर्ने आत्मबल हुँदैन । उसमा बाँकी जीवन सुरक्षित बाँच्ने आधार पनि हुँदैन ।' एचआईभी रक्त परीक्षण सेवा दिइरहेको नमुना एकीकृत  विकास परिषद्की अध्यक्ष ज्ञानु पौडेल भन्छिन्- 'तसर्थ बिना परामर्श र हुलिया जो-कसैको पनि रगत परीक्षण गरिंदैन ।' अनुमतिबिना रगतको रिपोर्ट सार्वजनिक नगरिने भएकाले पनि परामर्शलाई सकरात्मक रूपमा लिनुपर्ने उनले बताइन् ।

रूपन्देहीका कति युवायुवतीले एचआईभी रगत परीक्षण गरेर मात्र विवाह गरेका छन् त्यसको आधिकारिक तथ्यांक छैन तर एचआईभी रक्त परीक्षण सेवा दिने यहाँका आधा दर्जन संस्थामध्ये सबैले उल्लेख्य मात्रामा युवायुवतीले रक्त परीक्षण  गराएको बताउँछन् । झन्डै पाँच वर्षअघिदेखि यौनशिक्षा एवं एचआईभीमा प्रशिक्षक र सामाजिक अभियानकर्ताका रूपमा काम गरेकी बुटवलकी रिमा बीसी विवाहअघि रक्त परीक्षण गर्ने युवायुवती धेरै भएको र बढ्दै गएको दाबी गर्छिन्् ।  बिसी भन्छिन्- 'केहीले विवाह गर्दैछु, त्यसैले रगत परीक्षण गर्न आएको भनेर नभन्ने र धेरैले आफ्नो नाम तथा रक्त परीक्षणको प्रयोजन पनि सार्वजनिक गर्न नचाहने हुँदा यकिन तथ्यांक नभएको मात्र हो ।'

प्रकाशित अंकहरू