मनोरञ्जन»

रियुनियन पार्टी

काठमाडौं- दुई बजेदेखि नै डिजेले हिपहप म्युजिक बजाउन थालिसकेका थिए । डान्स फ्लोर भने रित्तो थियो । जसै डिजेले एकपछि अर्को म्युजिक बजाउन थाले, उपस्थित युवायुवतीहरू तात्न लागे । चार बज्दा-नबज्दै डान्सफ्लोर भरियो ।  डिजे उत्साहित हुँदै म्युजिक मिक्स गर्न मग्न भए । राजधानीमा एकताका धेरै र अहिले विगतको अनुपातमा निकै कम आयोजना हुने डान्स पार्टीमध्ये एउटा डान्सपार्टी गत शनिबार सम्पन्न भयो । कलेज तथा स्कुलका साथीहरूसँग भेटघाट  र रमाइलो गर्ने उद्देश्यले अभिषेक शमशेर राणा तथा उनका मित्र रजिमले संयुक्त रूपमा आयोजना गरेको पार्टीको शीर्षक 'रियुनियन पार्टी' राखिएको थियो । कमलादीस्थित क्युबमा आयोजित उक्त पार्टी डे पार्टी थियो । चाडबाडले बिदा  लिएपछि रमाइलो गर्ने विचारले शनिबारको दिन पारेर पार्टी आयोजना गरेको आयोजकहरूले बताए ।

प्रकाशित अंकहरू