केवल एक प्रश्न»
तपाईंको विचारमा अविवाहित हुनुका फाइदा के-के हुन् ?
मेरो विचारमा अविवाहित हुनुका पाँचवटा फाइदा छन् । सबैभन्दा पहिलो त स्वतन्त्र भइन्छ । कसैको दबाबमा जीवन बिताउनु पर्दैन । उत्तरदायित्व कम हुन्छ । आमाबुबासँगै बस्न पाइन्छ । औपचारिकता निर्वाह गर्नुपर्दैन र माया पनि बाँडि ँदैन ।
गरिमा पन्त -नायिका)
मेरो विचारमा अविवाहित हुनुको एउटा मुख्य फाइदा एक्लोपन हो । म अविवाहित भएकैले धेरै पटक एक्लोपन महसुस गरेको छु तर मलाई कहिल्यै पनि विवाह नगरेर म एक्लो भएँ भन्ने पछुतो लागेन । एक्लोपन पनि जीवनको एउटा पाटो हो । एक्लो हुनुको मीठो अनुभूति अरू केही नहोला सायद !
राजेश हमाल -नायक)
सबैभन्दा ठूलो फाइदा त स्वतन्त्रता नै हो । मेरो विचारमा अविवाहित हुँदा हरेक प्रकारको निर्णय गर्ने अधिकार आफैंमा सीमित हुन्छ । परिवारका सदस्यबाहेक अरू कसैप्रति जवाफदेही हुनु पर्दैन ।
ऋचा घिमिरे -नायिका)
ओहो, कस्तो प्रश्न सोध्नुभयो यो । मलाई लाग्छ अविवाहित हुनुका धेरै फाइदा छन् । राति ढिला घर आउन पाउनु, आफूलाई मन लागेको ठाउँमा घुम्न जान पाउनु, कसैप्रति उत्तरदायी नहुनुजस्ता फाइदा एउटा अविवाहित व्यक्तिले मात्र पाउन सक्छ ।
हसन रजा खान -मिस्टर राजधानी- २००९)
अँ... मेरो विचारमा अविवाहित हुनुको एउटा मात्र फाइदा छ, त्यो हो जिम्मेवारीबाट मुक्ति । विवाह हुनासाथ एक-अर्काको काँधमा पहाडभन्दा ठूलो जिम्मेवारी आइलाग्छ ।
निशा अधिकारी -नायिका)













