सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त
सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीे मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीे मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
युनाईटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।
केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बिहीबार प्रदेशसभाको ‘विशेष’ अधिवेशनमा संकल्प प्रस्ताव ‘टेवुल’ गरेका छन् ।
लुम्बिनी प्रदेशका सात जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचन समक्ष बिना विभागीय मन्त्रीहरुले शपथग्रहण गरेका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्व प्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पहिलो संशोधन खारेज गरेको छ । बिहीबार मन्त्रीस्तरीय निर्णयबाट गत २०८० असोज ७ गते गरिएको कार्यविधिको पहिलो संशोधन खारेज गरिएको हो ।
सुन तस्करीका कारण 'छवि धमिलिएको' त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान अन्तर्राष्ट्रिय आवागमन सामान्य थिएन । खाडीको भीषण वर्षाका कारण दुबई, शारजहा लगायतका मध्यपूर्वी गन्तव्यमा जानुपर्ने यात्रुहरु अलपत्र थिए । प्रहरी र विमानस्थल कर्मचारीहरु भीभीआईपी कक्षमा थिए । भिस्तारा एयरको जहाजबाट पूर्वी नेपालको चतारा जान आइपुगेका धिरेन्द्रकृष्ण शास्त्री 'बागेश्वर बाबा' त्यहाँ थिए ।
सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको सिफारिसमा खरेललाई आयोगको सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कान्तिपुर हाफ म्याराथनको १२ औं संस्करण आउँदो जेठ ५ गते हुने भएको छ । कान्तिपुर मिडिया ग्रुपको आयोजनामा हरेक वर्ष हुँदैं आएको म्याराथन यस वर्ष जेठको पहिलो साताको शनिबार हुन लागेको हो ।
स्मार्ट भिलेज घलेगाउँमा आयोजित सातौं स्मार्ट भिलेज आमन्त्रित गोल्ड कप फुटबल प्रतियोगितामा तनहुँको खहरेस्थित फ्रेन्डसिप युवा क्लब च्याम्पियन बनेको छ । स्वर्गभूमि रंगशालामा बिहीबार भएको फाइनल खेलमा काठमाडौंको स्वयम्भूस्थित भुइँखेल फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै फ्रेन्डसिपले उपाधि चुमेको हो ।
भोजपुरको उत्तरी दिङ्ला र संखुवासभाको तुम्लिङटार जोड्ने अरुण नदीमा पर्ने सतिघाटको 'फेरी' बिहीबारबाट संचालनमा आएको छ । लट्ठा घुमाउने पुल्ली खिएर तारमा समस्या देखिएपछि गत चैत १६ गते फेरी बन्द भएको थियो ।