२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सशस्त्र प्रहरी र कुरुवाको भरमा हिल्सा नाका 

चीनको सीमास्थित हुम्लाको हिल्सा नाका झण्डै ४ महिनादेखि सशस्त्र प्रहरी र झण्डै १० जना कुरुवाको भरमा छ । हिल्सामा दुई दर्जन पर्यटकीयसहित झण्डै ३५ वटा होटल छन् । ती होटलमा व्यवसायीले झण्डै १० लाखदेखि २ करोडसम्म लगानी गरेका छन् । अहिले हिल्सामा झण्डै ३ फिट हिउँ परेको छ । हिमपात हुनुअघि नै हिल्साका व्यवसायी कात्तिक दोस्रो साता बेंसी झरेका थिए ।

नेसपा यादव समूहले बनायो समानान्तर समिति

नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले समानान्तर समिति बनाएको छ । अर्का अध्यक्ष बाबुराम भट्टराई समूहबाट औपचारिक रुपमा अलग भएर यादव समूहले अर्को सांगठनिक संरचना बनाएको हो ।

सत्ता गठबन्धनले सार्वजनिक गरेको न्यूनतम नीतिगत र साझा संकल्प यस्तो छ [पूर्णपाठ]

सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा संकल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल  र गठबन्धनमा आबद्ध ५ दलका शीर्ष नेताहरूको उपस्थितिमा उक्त संकल्प सार्वजनिक गरिएको हो ।

नेसपा भट्टराई पक्षद्वारा माओवादीसँग एकता गर्न गठित संयोजन समिति भंग

पूर्वप्रधामन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग एकता गर्न गठित संयोजन समिति भंग गरेको छ । 

अतिक्रमित भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास गर्ने सत्ता गठबन्धनको प्रतिबद्धता

सत्तारुढ गठबन्धनले भारतले मिचेका भूमि फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । पाँच दलीय सत्तारुढ गठबन्धनका साझा प्रतिबद्धतामा भारतले मिचेका कालापानी क्षेत्रदेखि सुस्तालगायतका भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास गर्ने उल्लेख छ ।

सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक

सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा संकल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल  र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा उक्त संकल्प सार्वजनिक गरिएको हो ।

गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति सम्भव छैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले परिपक्व प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।  मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेसले सरकारबाट बाहिरिनुपरेको पीडा पोखिरहेको आरोप लगाएका हुन् ।

सत्तारुद्ध पाँच दलको संकल्प : प्राथमिकता र साझा संकल्प संघीयता कार्यान्वयनमा जोड

‘निराशा चिर्दै, भरोसा जगाउँदै’ भन्ने मूल नाराका साथ सत्ता गठबन्धनको पाँच राजनीतिक दलले  ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ सार्वजनिक गरेका छन् ।

रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबने संसद्को आगामी बैठक चल्दैन : रामहरि खतिवडा

कांग्रेस सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नभए आगमी संसद्को बैठक चल्न नदिने बताए ।

निसीखोला बस दुर्घटनाको कारण तीव्र गति

बागलुङको निसीखोला गाउँपालिका–६ को जाउलेपानीमा दुर्घटना भएको बस तीव्र गतिका कारण भएको खुलेको छ । सोमबार भएको दुर्घटनामा बस चालक सुवास गौतमसहित ९ जनाले ज्यान गुमाएका छन् । 

माओवादी पदाधिकारी बैठक : महरा आफैंले राजीनामा दिनुपर्ने नेताहरूको भनाइ

सुन तस्करीमा संलग्न रहेको अभियोगमा प्रहरी हिरासतमा रहेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महराबारे माओवादी अनिर्णित भएको छ । महरालाई निलम्बन गर्ने/नगर्नेबारे निर्णय गर्न बसेको पदाधिकारी बैठकले अझै तीन दिन पर्खने भएको छ ।

कांग्रेसलाई लामिछानेको प्रश्न : अनुसन्धान भइरहेकालाई नहटाउनेले नैतिकता, सुशासनका कुरा गर्ने ?

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेपछि प्रमुख प्रतिपक्ष कांग्रेसमाथि नै प्रश्न उठाएका छन् ।

पोखरा विमानस्थल बनाउन लिएको ऋणलाई अनुदानमा रूपान्तरण गर्न कूटनीतिक पहल भएको छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानमा रूपान्तरण गर्न कूटनीतिक पहल गरिएको बताएका छन् । 

गृहमन्त्री लामिछानेबारे प्रधानमन्त्रीको जवाफमा कांग्रेसले बुझाएन चित्त, संसदीय छानबिन माग

सहकारीका बचतकर्ताको रकम हिनामिना प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय समिति गठन गरी छानबिन गर्न माग गरेको छ । 

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
चैनपुरमा बसले किचेर सहचालकको मृत्यु

चैनपुरमा बसले किचेर सहचालकको मृत्यु

दिपेन्द्र शाक्य

चैनपुर नगरपालिका–६ जिरो प्वाइन्टस्थित चैनपुर नुनढाकी सडकखण्डमा बसको चक्काले किचेर सहचालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६ पात्लेखोला का ३० वर्षीय मनोज खड्काको बसले किचेर मंगलबार मृत्यु भएको हो । 

यूएइमा अलपत्र नेपालीको उद्धार माग गर्दै प्रशासनमा निवेदन

यूएइमा अलपत्र नेपालीको उद्धार माग गर्दै प्रशासनमा निवेदन

डम्बरसिं राई

यूएइमा अलपत्र परेका दुई युवाको उद्धारको माग गर्दै आफन्तले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका परशुराम राई र राजकुमार राईको उद्धारका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।

डढेलोले पाँच घर र चार गोठमा क्षति

डढेलोले पाँच घर र चार गोठमा क्षति

रमेशचन्द्र अधिकारी

धनकुटाको चौबिसे गाउँपालिका-४ को कुरुलेतेनुपा गाउँमा वनमा लागेको डढेलो बस्तीमा सल्किँदा पाँच घर र चार वटा गोठमा क्षति पुगेको छ । सोमबार अपरान्हदेखि सुरु भएको डढेलो बस्तीमा सल्किएको प्रहरीले जनाएको छ ।

जातीय भेदभाव अन्त्य गर्न सबैको साझा पहल आवश्यक छ : मुख्यमन्त्री कार्की

जातीय भेदभाव अन्त्य गर्न सबैको साझा पहल आवश्यक छ : मुख्यमन्त्री कार्की

रासस

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजमा रहेका जातीय भेदभावसहित विभिन्न किसिमका सामाजिक विभेदहरुको अन्त्य गर्न सबैको साझा पहल आवश्यक रहेको बताएका छन् । मानव अधिकारका लागि स्रोत विकास मञ्च नेपाल (रिडेप)द्वारा सोमबार विराटनगरमा आयोजित ५९औँ अन्तर्राष्ट्रिय जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस विशेष दलित जनप्रतिनिधिको तेस्रो प्रदेश सम्मेलनमा उनले मुलुकमा आएको लोकतन्त्र, गणतन्त्रको मर्मअनुसार समाजमा हुने भेदभाव, छुवाछूत हटाउनुपर्नेमा जोड दिए । 

भोजपुरका आगलागी पीडितलाई राहत

भोजपुरका आगलागी पीडितलाई राहत

रासस

आगलागीबाट घरबारविहीन बनेका भोजपुरका अग्निपीडितलाई प्रदेश सांसद तथा नेपाली कांग्रेसका भोजपुर सभापति विनोद वान्तवा र भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आलेसहितले राहत सामग्री वितरण गरेका छन् ।

नेपालमा राजतन्त्र फर्कनु पर्छ भन्ने पक्षमा म छैन : एसडी मुनि

नेपालमा राजतन्त्र फर्कनु पर्छ भन्ने पक्षमा म छैन : एसडी मुनि

विनोद भण्डारी

जवहरलाल नेहरु विश्वविद्यालयका पूर्वप्राध्यापक तथा भारतीय कुटनीतिज्ञ एसडी मुनीले आफु नेपालमा राजतन्त्र फर्कनुपर्छ भन्ने पक्षमा नरहेको बताएका छन् । उनले आफू गणतन्त्रको पक्षमा रहेको प्रष्ट्याउदै गणतन्त्र भित्र मौलाएका विकृतिलाई भने निर्मुल पार्नुपर्ने धारणा व्यक्त गरे । 

कोशी बाट थप
एक क्वीन्टल २० किलो गाँजा बरामद 

एक क्वीन्टल २० किलो गाँजा बरामद 

अवधेशकुमार झा

सप्तरी प्रहरीले मंगलबार एक सय २० किलो गाजा बरामद गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार मंगलबार दिउँसो छिन्नमस्ता गाउँपालिका ३ महुवाबाट गाजा बरामद गरिएको हो ।

अन्तःशुल्कको एउटा स्टिकर दुई टुक्रा बनाइ प्रयोग

अन्तःशुल्कको एउटा स्टिकर दुई टुक्रा बनाइ प्रयोग

अवधेशकुमार झा

सिरहाको गोलबजार नगरपालिका–९ स्थित शारदा डिस्टिलरी प्रालिले सरकारी राजस्व छली गर्ने गरेको पाइएको छ । सो डिस्टिलरीले उत्पादन गर्ने मदिराको बोतलमा अन्तःशुल्कको एउटा स्टिकरलाई दुई टुक्रा पारी दुईवटा बोतलमा लगाई राजस्व छली गरेको पाइएको हो । 

बाघको आक्रमणबाट महिलाको मृत्यु 

बाघको आक्रमणबाट महिलाको मृत्यु 

शंकर आचार्य

बाघको आक्रमणबाट ठोरी गापाँलिकामा एक महिलाको मृत्यु भएको छ । ठोरी गाउँपालिका–४ मालीबस्तीकी ४० वर्षीया कलावती खत्रीको सोमबार साँझ मृत्यु भएको हो । 

अख्तियारमा स्थानीय तहका उजुरी धेरै

अख्तियारमा स्थानीय तहका उजुरी धेरै

अवधेशकुमार झा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सप्तरीका स्थानीय तहमध्ये बोदेवरसाइन नगरपालिकाबाट सबैभन्दा बढी उजुरी परेको पाइएको छ । चालु आर्थिक वर्षको आठ महिनामा अख्तियारको इटहरीस्थित कार्यालयमा बोदेवरसाइन नगरपालिकाबाटमात्रै ५३ वटा उजुरी परेका छन् । तीमध्ये १६ वटा उजुरी फर्छ्योट भएका सो कार्यालयका प्रमुख सुरेश न्योपानेले जानकारी दिए ।

बर्दिबासमा उमेर पुगी विवाह गर्नेलाई ५० हजार

बर्दिबासमा उमेर पुगी विवाह गर्नेलाई ५० हजार

रासस

बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर विवाह गर्ने मुसहर जाति समुदायका दम्पतीले ५० हजार रुपैयाँ प्रोत्साहन रकम पाउने भएका छन् । सोमबार बर्दिबास नगरपालिका-१४ स्थित नमुना मुसहर बस्तीमा एक सय आठ जनाको लघुजीवन बिमा गराएपछि मेयर प्रह्लादकुमार क्षेत्रीले सो प्रोत्साहन रकम उपलब्ध गराउने घोषणा गरे । 

मधेशबाट कांग्रेसका मन्त्री हटाइए, एमालेबाट भित्र्याइयो

मधेशबाट कांग्रेसका मन्त्री हटाइए, एमालेबाट भित्र्याइयो

अजित तिवारी

सत्ता गठबन्धन हेरफेरसंगै मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेश सरकारबाट कांग्रेसलाई हटाएर एमालेलाई भित्र्याएका छन् । सोमबार गरिएको मन्त्रिमण्डल पुनर्गठनमा कांग्रेसका मन्त्रीलाई हटाएर एमालेबाट मन्त्री थपेका छन् । 

मधेस बाट थप
सालिन पोखरेल मृत्यु प्रकरण : पक्राउ परेका शिक्षकलाई धरौटीमा छाड्न आदेश

सालिन पोखरेल मृत्यु प्रकरण : पक्राउ परेका शिक्षकलाई धरौटीमा छाड्न आदेश

रमेशकुमार पौडेल

रत्ननगरको एकता शिशु निकेत बोर्डिङ स्कुलको छात्राबासमा मृत भेटिएकी छात्रा सालिन पोखरेलको विषयमा चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएपछि अदालतले पक्राउ परेका तीन जना शिक्षकलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

मुलुकमा वैदेशिक हस्तक्षेप समाप्त भएको छैन : महासचिव गुरुङ

मुलुकमा वैदेशिक हस्तक्षेप समाप्त भएको छैन : महासचिव गुरुङ

कान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेपालमा अझै  वैदेशिक हस्तक्षेप समाप्त नभएको बताएका छन् । गोरखाको गण्डकी गाउँपालिका–१ बुटारमा जनसांस्कृतिक  महासङ्घको केन्द्रीय समितिले आयोजना गरेको सांस्कृतिक प्रतिरोध दिवस तथा सम्मान कार्यक्रमलार्ई सम्बोधन गर्दै महासचिव गुरुङले सबैको त्याग र बलिदानपश्चात् सामन्तवादको अन्त्य भए पनि देशमा अझै  वैदेशिक उत्पीडन, वैदेशिक शोषण र हस्तक्षेपको अन्त्य नभएको बताए । 

साहुको ऋण तिर्दै सकिन्छ विदेशमा कमाएको धन

साहुको ऋण तिर्दै सकिन्छ विदेशमा कमाएको धन

केदार शिवाकोटी

२६ वर्षिया गंगा थामीलाई छोराछोरी र सासुससुरा पाल्ने चिन्ताले पिरोलेको छ । गएको कार्तिकमा रोजगारीका क्रममा भारतको दार्जेलिङमा उनका २८ वर्षीय श्रीमान्‌को लडेर मृत्यु भयो । श्रीमान्‌कै रोजगारीले घर धानेकी उनी परिवार पाल्ने विकल्पको खाजी गरिरहेकी छन् । एक छोरा र एक छोरीसहित बृद्धबृद्धा सासुससुरा पाल्नुदेखि घर व्यवहार चलाउन उनले दैनिक बनिवुतोले धानिरहेकी छन् । छोराछोरीको शिक्षालाई लिएर उनलाई चिन्ता थपिएको छ ।

वनको डढेलो बस्तीमा फैलिँदा तीन घर र गोठ जले

वनको डढेलो बस्तीमा फैलिँदा तीन घर र गोठ जले

राजकुमार कार्की

गोलन्जोर गाउँपालिका-७ माथिल्लो बारास्थित पञ्चकन्या सामुदायिक वनमा आइतबार बिहान लागेको आगलागी बस्तीमा सल्किँदा स्थानीयको घरगोठ जलेर लाखौँको धनमाल नष्ट भएको छ । आगलागीबाट तीन वटा घर, एउटा गोठ र एउटा आरन जलेको छ ।

रुख ढाल्दा उछिट्टिएको हाँगाले लागेर सिन्धुलीमा एक जनाको मृत्यु

रुख ढाल्दा उछिट्टिएको हाँगाले लागेर सिन्धुलीमा एक जनाको मृत्यु

राजकुमार कार्की

रुख ढाल्ने क्रममा उछिट्टिएको हाँगाले लागेर आइतबार एक जनाको मृत्यु भएको छ ।

चितवनमा बस र ट्रक ठोक्किँदा भारतीय नागरिकको मृत्यु

चितवनमा बस र ट्रक ठोक्किँदा भारतीय नागरिकको मृत्यु

रमेशकुमार पौडेल

चितवन-नारायणगढ मुग्लिन सडकको जलबिरेमा गएराति पौने तीन बजेतिर बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । निधन हुनेमा भारत मोतिहारीका ३५ वर्षीय गौरी दास रहेको चितवन जिल्ला प्रहरी कार्यालय प्रवक्ता डीएसपी श्रीराम भण्डारीले बताए ।

वाग्मती बाट थप
पर्यटकीय गन्तव्य चिनाउन ‘क्यूआर कोड’

पर्यटकीय गन्तव्य चिनाउन ‘क्यूआर कोड’

प्रकाश बराल

बागलुङ घुम्न निस्कँदै हुनुहुन्छ ? अब यहाँ आउँदा कस्ता गन्तव्य छन् भनेर अलमलिनु पर्दैन । घरमै बसेर पनि ती गन्तव्यबारे विस्तृत विवरण प्राप्त गर्न सकिने भएको छ । यहाँका ११ गन्तव्यलाई क्यूआर कोडमार्फत अध्ययन गर्न सकिने भएको हो । ‘क्यूआर हेरिटेज म्यापिङ तथा स्टोरी टेलिङ’मार्फत अध्ययन गर्न सकिने बनाइएका हुन् ।

निसीखोला बस दुर्घटना : घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो

निसीखोला बस दुर्घटना : घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो

रासस

'सोमबार दिउँसो १२ बजेतिर रुकुम पश्चिमबाट काठमाडौँका लागि छुट्नुपर्ने बस करिब एक घण्टा ढिला गरी छुट्यो । साँझ पाँच बजेतिर निसीखोला आइपुग्दासम्म गाडीको गति तीव्र भइसकेको थियो । पहाडी बाटोमा तीव्र गतिकै कारण बस दुर्घटनामा पर्‍यो,' धौलागिरी अस्पतालको आकस्मिक कक्षमा उपचाररत घाइते दशरथ नेपालीले सुनाए । 

बागलुङ बस दुर्घटना : मृतकको संख्या ८ पुग्यो [अपडेट]

बागलुङ बस दुर्घटना : मृतकको संख्या ८ पुग्यो [अपडेट]

प्रकाश बराल

मध्यपहाडी लोकमार्गअर्न्तगत् बागलुङको निसीखोला गाउँपालिका-६ को जाउलेपानी भन्ने स्थानमा यात्रुबस पल्टिँदा ८ जनाको मृत्यु भएको छ । 

लमजुङमा पोथी चितुवा मृत अवस्थामा फेला

लमजुङमा पोथी चितुवा मृत अवस्थामा फेला

आश गुरुङ

लमजुङको बेंसीसहर नगरपालिका-६, भलाम शेराको कोलबाटो सडकछेउ पोथी चितुवा मुखमा रगताम्य अवस्थामा फेला परेको छ ।

विद्यालयमा विद्यार्थीमाथि शिक्षकद्वारा कुटपिट

विद्यालयमा विद्यार्थीमाथि शिक्षकद्वारा कुटपिट

आश गुरुङ

लमजुङको सुन्दरबजार नगरपालिका-७, सुन्दरबजारस्थित बालज्योति अंग्रेजी माविका शिक्षक फराना मियाँले विद्यार्थीमाथि कुटपिट गरेकी छन् ।उनको कुटपिटबाट कक्षा-५ मा पढ्ने ११ वर्षिया अनमिका गुरुङ घाइते छन् । विद्यालय समयमा प्रश्नको उत्तर नजानेको भन्दै लौरो प्रयोग गरी शिक्षकले पिँडौलामा हानेको पीडित बालिकाले बताइन् ।

लागूऔषधसहित दुई युवा पक्राउ

लागूऔषधसहित दुई युवा पक्राउ

नारायण शर्मा

प्रहरीले गैँडाकोटबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

गण्डकी बाट थप
व्यवहारिक ज्ञान सिकाउँदै दुर्गमका सामुदायिक विद्यालय

व्यवहारिक ज्ञान सिकाउँदै दुर्गमका सामुदायिक विद्यालय

काशीराम डाँगी

पश्चिमी गाउँ जिनाबाङको एउटा कुनामा छ, सिद्धार्थ नमुना माध्यमिक विद्यालय । विकासका दृष्टिकोणले अति दुर्गममा रहेको उक्त विद्यालयमा शैक्षिक गतिविधि भने लोभलाग्दो बनेको छ । यहाँ नियमित रुपमा नयाँ तरिका र उपायबाट विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्ने गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पढ्नुका साथसाथै अन्य कार्यप्रति ध्यानमग्न बनाइन्छ ।

जीप दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते

जीप दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते

दुर्गालाल केसी

बबई गाउँपालिकामा सोमबार जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते छन् ।

रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान

रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान

रासस

रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब सोमबार पनि सोही एयरलाइन्सले उडान भर्न लागेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए । 

४८ दिन पछि पर्यटकीयस्थल रानीमहल जाने सडक सञ्चालन

४८ दिन पछि पर्यटकीयस्थल रानीमहल जाने सडक सञ्चालन

माधव अर्याल

डेढ महिनादेखि मर्मतका लागि बन्द गरिएको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल जाने सडक सोमबारदेखि सञ्चालनमा आएको छ । सडकको हात्तीढुंगा नजिक बैकुन्ठे भीरमा ढलान कार्य गर्नका लागि गएको माघ १७ गतेदेखि आइतबारसम्म ४८ दिन बन्द भएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख बासुदेव भण्डारीले बताए ।

डढेलोबाट जोगाउन अग्निरेखा र सचेतना कार्यक्रम

डढेलोबाट जोगाउन अग्निरेखा र सचेतना कार्यक्रम

माधव अर्याल

डढेलो जोखिम कम गर्न डिभिजन वन कार्यालयले डढेलो नियन्त्रण जनचेतना सप्ताह मनाइरहेको छ । चैत ७ गतेसम्म चल्ने सप्ताह अन्तर्गत पाल्पाका १० वटै स्थानीय तहमा रहेका सब–डिभिजन वन कार्यालय अन्तर्गतका सामुदायिक वनमा सचेतिकरणको कार्यक्रम भइरहेको डिभिजन वन प्रमुख नारायणदेव भटराईले जानकारी दिए ।

जंगली जनावरको आक्रमणबाट बृद्धको मृत्यु

जंगली जनावरको आक्रमणबाट बृद्धको मृत्यु

रुपा गहतराज

बाँकेको राप्तीसोनारी गाउँपालिका-९, भालुखोला नजिक सडकछेउमा जंगली जनावरको आक्रमणबाट एक जना बृद्धको ज्यान गएको छ ।

लुम्बिनी बाट थप
सशस्त्र प्रहरी र कुरुवाको भरमा हिल्सा नाका 

सशस्त्र प्रहरी र कुरुवाको भरमा हिल्सा नाका 

कृष्णप्रसाद गौतम

चीनको सीमास्थित हुम्लाको हिल्सा नाका झण्डै ४ महिनादेखि सशस्त्र प्रहरी र झण्डै १० जना कुरुवाको भरमा छ । हिल्सामा दुई दर्जन पर्यटकीयसहित झण्डै ३५ वटा होटल छन् । ती होटलमा व्यवसायीले झण्डै १० लाखदेखि २ करोडसम्म लगानी गरेका छन् । अहिले हिल्सामा झण्डै ३ फिट हिउँ परेको छ । हिमपात हुनुअघि नै हिल्साका व्यवसायी कात्तिक दोस्रो साता बेंसी झरेका थिए ।

मेसिन बिग्रिँदा एक वर्षदेखि सिँचाइबाट वञ्चित

मेसिन बिग्रिँदा एक वर्षदेखि सिँचाइबाट वञ्चित

विप्लव महर्जन

कालिमाटी गाउँपालिका–७ घुइयाबारीमा लिफ्ट सिँचाइ योजनाको मेसिन एक वर्षसम्म मर्मत नहुँदा किसान सिँचाइ सुविधाबाट वञ्चित भएका छन् । कालिमाटी गाउँपालिकाको ३१ लाख बजेटबाट निर्माण गरिएको सोलार लिफ्ट सिँचाइ योजनाको मेसिन एक वर्षदेखि बिग्रिएको छ ।

लिमीका बालबालिका ५ महिनादेखि खोपबाट बञ्चित

लिमीका बालबालिका ५ महिनादेखि खोपबाट बञ्चित

तृप्ति शाही

देशभर बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप दिन राष्ट्रिय अभियान सञ्चालन भइरहेको छ । ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउने कार्यक्रम चलिरहेको छ । कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लामा पनि फागुन २५ गतेबाट सुरु भएको खोप अभियान चैत्र ७ गतेसम्म सञ्चालन हुनेछ ।

रारामा प्रदेशस्तरीय कबड्डी खेल हुने

रारामा प्रदेशस्तरीय कबड्डी खेल हुने

राजबहादुर शाही

जिल्ला खेलकुद विकास समितिले वैशाख ११ देखि १५ गते रारामा पहिलो पटक प्रदेशस्तरीय खुल्ला महिला तथा पुरुष कबड्डी खेल सञ्चालन गर्ने भएको छ ।

डढेलोमा जलेर घाइते भएकी बालिकाको मृत्यु

डढेलोमा जलेर घाइते भएकी बालिकाको मृत्यु

तुलाराम पाण्डे

खाडाचक्र नगरपालिका-५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको आगोले जलेर घाइते भएकी १२ वर्षीया हेमन्ती चौलागाईको मृत्यु भएको छ । उनको सोमबारै सुर्खेतस्थित गिरीघाट खोलामा दाहसंस्कार गरिएको छ ।

चेतना फैलाउँदै आमाहरु

चेतना फैलाउँदै आमाहरु

डीबी बुढा

सामाजिक कुरीतिबिरुद्ध चन्दननाथ नगरपालिका–२ का आमाहरु गाउँबस्तीमा सचेतना फैलाउन जुटेका छन् । पहिलो चरणमा सदरमुकाम खलंगामा सडक नाटक र देउडा गीतबाट समाजमा हुने हरेक खाले बेथितिविरुद्ध लाग्न सन्देश दिएका उनीहरु अहिले दुर्गम क्षेत्रका बस्ती र विद्यालयमा सचेतना फैलाइरहेका हुन् ।

कर्णाली बाट थप
एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

रासस

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । यसअघि कार्यवाहक अध्यक्ष रहेका बुढालाई नवौँ अधिवेशले सर्वसम्मत अध्यक्ष बनाएको हो ।

फागुपूर्णिमामा अवाञ्छित कार्य नर्गन प्रशासनको आग्रह

फागुपूर्णिमामा अवाञ्छित कार्य नर्गन प्रशासनको आग्रह

अर्जुन शाह

जिल्ला प्रशासन कार्यालय कैलालीले फागुपूर्णिमामा अवाञ्छित क्रियाकलाप नगर्न आग्रह गरेको छ । लोला हान्ने, नमेटिने रङ लगाउने, पानी तथा हिलो छ्याप्नेलगायतका कार्य गर्नेलाई कानुनी कारबाही हुने जनाएको छ । 

बझाङ ‘क’ उपनिर्वाचन : कांग्रेसबाट १० जनाको नाम सिफारिस

बझाङ ‘क’ उपनिर्वाचन : कांग्रेसबाट १० जनाको नाम सिफारिस

कान्तिपुर संवाददाता

आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट १० जनाको नाम सिफारिस गरिएको छ ।

डोटीमा पुरुष मृत फेला 

डोटीमा पुरुष मृत फेला 

मोहन शाही

डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । आदर्श गाउँपालिका ५ गोग्नाडी पतना बस्ने अन्दाजी ३८ वर्षीय लक्ष्मण भट्टराई मृत फेला परेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले कांग्रेस सरकारलाई समर्थन गर्ने

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले कांग्रेस सरकारलाई समर्थन गर्ने

अर्जुन शाह

सुदूरपश्चिम प्रदेशमा वर्तमान सरकार जोगिने वा ढल्ने अन्योलताकाबीच नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने निर्णय गरेको छ । आइतबार पार्टीको संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको वर्तमान सरकारका मुख्ख्यमन्त्री कमलबहादुर शाहलाई नै समर्थन गर्ने निर्णय गरेको हो ।

ढुंगा लागेर घाइते भएकी महिलालाई उपचारमा समस्या 

ढुंगा लागेर घाइते भएकी महिलालाई उपचारमा समस्या 

वसन्तप्रताप सिंह

भिरबाट खसेको ढुंगा लागेर घाइते भएकी एक महिलालाई रकम अभावले उपचारमा समस्या भएको छ । बझाङको विकट साइपाल गाउँपालिका वडा नम्बर–१, की एकल महिला पुनीदेवी बोहराको उपचारमा समस्या भएको हो । 

सुदूरपश्चिम बाट थप

सत्तारुढ दलको साझा संकल्प : अर्थतन्त्रमा देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्ने

सत्तारुढ पाँच राजनीतिक दलले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरेका छन्  । सत्तारुढ दलहरु नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा(एकीकृत समाजवादी) पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा मंगलबार न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरिएको हो ।

क्रिकेटर नेरी थापाले लिइन् संन्यास 

राष्ट्रिय महिला क्रिकेट टिमकी प्रथम कप्तान नेरी थापाले खेल जीवनबाट संन्यास लिएकी छिन् । सोमबार फेसबुकमार्फत उनले अन्तर्राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट संन्यास लिएको घोषणा गरेकी हुन् । करिब १७ वर्षे क्रिकेट करियरमा नेरीले नेपाललाई महत्त्वपूर्ण उपाधिसमेत दिलाएकी थिइन् । 

नयाँ प्रतिद्वन्द्वी बहराइनसँग खेल्दै

नेपालले सन् १९८२ देखि औपचारिक रूपमा अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको मान्ने हो भने चार दशकभन्दा बढी भइसकेको छ । यसबीच नेपालले एसियाका लगभग सबै देशको सामना गरेको छ । तर, अहिलेसम्म बहराइनविरुद्ध खेलेको छैन । 

किन आए आईसीसी प्रमुख बार्कली काठमाडौंमा ?

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रमुख ग्रेग बार्कली सोमबार काठमाडौं आइपुगेका छन् । नेपालको चार दिने भ्रमणका लागि आएका उनलाई नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशनकुमार सिंह, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 

पुलिस र बूढानीलकण्ठ क्वाटरफाइनलमा

आठौं आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ तीन भारतीय खेलाडीसम्मिलित एभरेस्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ ।

इंग्लिस प्रिमियर लिग : फरेस्टको चार अंक काटियो

इंग्लिस प्रिमियर लिगको आर्थिक आचार संहिता उल्लङ्घन गरेको आरोपमा नटिङघम फरेस्टको मंगलबार चार अंक काटिएको छ । यससँगै फरेस्ट रेलिगेसन क्षेत्रमा झरेको छ ।

'वाइल्ड स्वान'ले जित्यो निफको गौतम बुद्ध फिचर फिल्म अवार्ड

सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव(निफ)मा वर्ल्ड प्यानारोमा फिचरमा छनौट भएको गौतम बुद्ध फिचर फिल्म अवार्ड भारतको 'वाइल्ड स्वान'ले जितेको छ । निफको समापनमा निर्माण टिमले ट्रफीसहित १५ सय अमेरिकी डलर प्राप्त गरेको छ । 

'विपक्षीविहीन चुनाव'मा पुटिन पुन: राष्ट्रपतिमा निर्वाचित

रूसी नेता भ्लादिमिर पुटिन राष्ट्रपतिको ६ वर्षको नयाँ कार्यकालका लागि निर्वाचित भएको रूसी सञ्चारमाध्यमले जनाएका छन् ।  प्रायः विपक्षी नेता सहभागी नभएको निर्वाचनमा राष्ट्रपति पुटिनसँग प्रतिस्पर्धा गरेका अन्य तीन जना प्रतिस्पर्धीहरू क्रेमलिनले खडा गरेका देखावटी उम्मेदवारहरू मात्र भएको उनका आलोचकहरूले आरोप  लगाएका छन् ।

सन् २००३ मा आजकै दिन : अमेरिकी राष्ट्रपतिद्वारा इराकमा आक्रमण गर्न आदेश 

सन् २००३ मा आजकै दिन (मार्च १९) मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले इराकमाथि आक्रमण गर्न आदेश दिएका थिए । त्यसलगत्तै अमेरिकी नेतृत्वको गठबन्धन फौजले इराकी राजधानी बग्दादमा हवाई आक्रमण गरेको थियो । 

भारतमा सात चरणमा लोकसभा चुनाव

भारतमा सात चरणमा लोकसभा चुनाव हुने भएको छ । भारतीय निर्वाचन आयोगले शनिबार ५ सय ४३ सदस्यीय लोकसभाको चुनाव १९ अप्रिलदेखि सुरु भएर चरणबद्ध रूपमा हुने घोषणा गरेको हो । अहिले कायम लोकसभाको ५ वर्षे कार्यकाल भने आगामी जुनमा सकिनेछ । 

अमेरिकी सहायता समुद्री मार्ग हुँदै गाजामा

अमेरिकी परोपकारी संस्था ‘वर्ल्ड सेन्ट्रल किचन’ ले पठाएको सहायता सामग्री शनिबार युद्धग्रस्त गाजा क्षेत्रमा पुगेको छ । सहायताका लागि पठाइएको २ सय ४० टन खाद्यान्नलगायत सामग्री गाजामा वितरणका लागि तयारी भइरहेको संस्थाले विज्ञप्तिमार्फत जानकारी गराएको छ । संस्थाले साइप्रसबाट हुँदै अर्को २ सय ४० टन खाद्यान्न भरिएको डुंगा ढुवानीका लागि तयारी भइरहेको जनाएको छ । 

सुडानमा लाखौं व्यक्ति भोकमरीको जोखिममा : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले सुडानको द्वन्द्वरत समूहलाई ‘विनाशकारी’ भोकमरीबाट बचाउन मानवीय राहत वितरण गर्न अनुमति दिन शुक्रबार आग्रह गरेको छ । एएफपीले शुक्रबार प्राप्त गरेको संयुक्त राष्ट्रसंघको दस्तावेजअनुसार सुडानका प्रतिद्वन्द्वी जनरलबीचको करिब एक वर्ष लामो युद्धले देशलाई टुक्र्याउने क्रम जारी रहँदा आगामी महिनाहरूमा करिब ५० लाख सुडानीले खाद्य असुरक्षाको सामना गर्नुपर्ने हुनसक्छ ।

एक्काइस वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्त पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले २१ वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरी मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.