एमालेको शनिबारदेखि महाधिवेशन प्रतिनिधि परिषद् बैठक
सत्तारुढ नेकपा एमालेको शनिबारदेखि महाधिवेशन प्रतिनिधि परिषद् बैठक बस्दै छ । ललितपुरको गोदावरीमा रहेको सनराईज हलमा शनिबार र आइतबार महाधिवेशन प्रतिनिधि परिषद् बैठक बस्ने शुक्रबार पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरी महासचिव शंकर पोखरेलले जानकारी दिए ।