‘मेरो नाममा कसले कारोबार गर्यो, मलाई जानकारी छैन’
बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलनमा अभियुक्त बनाइएका दीपेशकुमार पुनले पनि आफूले सहकारीबाट कुनै रकम नलिएको र कसैले आफ्नो नाम दुरुपयोग गरेको भए जिम्मेवार नहुने बयान दिएका छन् । सहकारीबाट १४ करोड ल्याउने गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्धन निर्देशक तथा गृहमन्त्री रवि लामिछानेले पनि सार्वजनिक रूपमा यस्तै प्रतिक्रिया दिँदै आएका छन् ।