कांग्रेस नेता आलमसहित चार जनालाई जन्मकैद
रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका कांग्रेस नेता मोहम्मद अफताव आलमसहित चारजनालाई जिल्ला अदालत रौतहटले जन्मकैदको फैसला सुनाएको छ ।
रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका कांग्रेस नेता मोहम्मद अफताव आलमसहित चारजनालाई जिल्ला अदालत रौतहटले जन्मकैदको फैसला सुनाएको छ ।
दुईवटा टोलका १ सय १० घर आगोले खरानी भएपछि मटिहानी नगरपालिका-६ जरहवागाछीका करिब ५ सय मानिसहरु अहिले बेघर बनेका छन् । बुधबार बस्तीमा लागेको आगोले लत्ताकपडासंगै धनमाल जलेर नष्ट भएपछि बस्तीमा विपन्न परिवारको बिचल्ली भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ७ जनालाई रिहाइ गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
विकास ओलीको हत्या आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । गएको मंगलबार राति कुमाख गाउँपालिका-५ काल्चेमा विवाहको भोज खाएर फर्किने क्रममा वडा नं ६ बडागाउँका २१ वर्षीय बिकास ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले वडा नं. ५ का ११ जना युवाहरुलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (क) मा शनिबार हुने उपनिर्वाचनको सुरक्षा व्यवस्थापन कार्य पूरा भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै उपनिर्वाचनको आवश्यक सुरक्षा व्यवस्थापन कार्य तयारी पूरा भएको जनाएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कालीकोटको महाबै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मीनराज शाही र तत्कालीन निमित प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई भाडामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गरेको छ ।