प्रदेश प्रमुखहरू केन्द्र सरकारको इसारामा चल्ने होइन : कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश प्रमुखहरू केन्द्र सरकारको इसारामा चलेको भन्दै आपत्ति जनाएको छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरूले संविधानले दिएको अधिकार भुलेर केन्द्रीय सत्ता गठबन्धनको इसारामा काम गर्न खोजेको भन्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आपत्ति जनाए ।