दाउन्ने सडक खण्डको यात्रा सधैं पिरलो
महेन्द्रराजमार्गको दाउन्ने खण्डको १४ किलोमिटर क्षेत्रमा सडक घाम लाग्दा धुलाम्ये र पानी पर्दा हिलाम्य हुँदा यात्रा कष्टपूर्ण हुने गरेको छ । राजमार्ग भत्काएर नबनाउँदा त्यहाँ ३ फिटसम्म धुलो हुन्छ । महेन्द्रराजमार्ग हुँदै ओहोरादोहोर गर्ने सवारीसाधनलाई दाउन्ने खण्डको १४ किलोमिटर सडक पार गर्न ३ घण्टा भन्दा बढी समय लाग्ने गरेको छ ।