वरीयता मिचेर एसपी बढुवा सिफारिस
नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिसको निर्णय विवादमा परेको छ । वरीयता मिचेर प्रधानमन्त्री र सत्ता दलका नेता तथा पूर्वप्रधानमन्त्रीका पीएसओलाई बढुवा सिफारिसमा प्राथमिकता दिएपछि निर्णयको आलोचना भएको हो ।