यूएईविरुद्ध सेमिफाइनलमा नेपालको कमजोर प्रदर्शन
नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा यूएईविरुद्ध निकै खराब ब्याटिङ गरेको छ । सन्दीप जोराले अर्धशतक बनाए पनि ओमानमा भइरहेको प्रतियोगितामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाललाई यूएईले ११९–९ को स्कोरमा रोकेको छ ।