इलाम-२ मा रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार बनाउने
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले इलाम-२ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मिलन लिम्बुलाई उम्मेदवार बनाउने भएको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले इलाम-२ मा लिम्बुसहित ६ जनाले उम्मेदवार बन्ने आकांक्षा देखाए पनि बाँकी ५ जनाले लिम्बुलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।