मनोरञ्जन

गृहपृष्ठ » » मनोरञ्जन » लेखहरु »

चिनियाँ नयाँ वर्षको रौनक

अंग्रेजी नयाँ वर्षको रौनक अझै सेलाएको छैन्। हङकङमा फेरि चिनियाँ नयाँ वर्षको रौनकले वातावरण तताएको छ। चिनियाँ नयाँ वर्षमा नेपालीलाई केको सुर्ता ? कतिपयलाई यस्तो पनि लाग्दो हो, तर त्यसो कहाँ हुनु। 'दे शअनुसारको भेष' भनेझै चिनियाँहरूले ठूलो पर्वका रूपमा मनाउने नयाँ वर्ष नेपालीहरूलाई समेत रमाइलो गर्ने गतिलै माध्यम बन्ने गरेको छ।

स्थानीय आयोजकहरूले लामो बिदाको अवसर छोपेर दर्जनभन्दा बढी कलाकारलाई हङकङ निम्त्याएका छन्। आगामी मंगलबार हुने 'लाली गुराँस नाइट' मा चर्चित सांगीतिक समूह १९७४ एडी लगायत हास्यकलाकार जितु नेपाल,  विल्सनविक्रम राई तथा केदार घिमिरेको सहभागिता रहनेछ। कार्यक्रममा डान्स इन्डिया डान्सका पूर्वप्रतियोगी नेपाली मूलका साजन सिंह र प्रदीप गुरुङसमेत प्रस्तुत हुने आयोजक विशाल गुरुङले बताए। सोही समूहमध्येका केही  कलाकारले मकाउमा समेत प्रस्तुति दिनेछन्। भोलिपल्ट बुधबार चर्चित लेकाली ब्यान्डलगायत इन्दिरा जोशी, बद्री पंगेनी, ज्योति लोहनीआदिले मकाउको चुनवानस्थित टाउन हलमा सांगीतिक प्रस्तुति दिनेछन्। दिप साँझ भनिएको उक्त  कार्यक्रममा हास्यकलाकार केदार घिमिरेसमेत सहभागी हुनेछन्।

सीएनएन हिरो पुष्पा बस्नेत समेत हङकङमै हुनेछिन् यतिबेला। हङकङ नेपाली महासंघको १४ औँ वाषिर्कोत्सवको मुख्य आकर्षण हुन उनी। उनले पाएको सफलताको कदर गर्दै महासंघले भोलि शनिबार बस्नेतलाई अभिनन्दन गर्ने  भएको छ। याउ मा तेईस्थित कम्युनिटी सेन्टरमा हुने कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ।

महासंघले यसअघि अनुराधा कोइरालालाई समेत हङकङ निम्त्याएको थियो। चिनियाँ नयाँ वर्षकै अवसर छोपेर जेम्स म्युजिक ग्रुपले हार्वड गार्डेन वानचाईमा सांगीतिक प्रस्तुतिसहित फुड भेस्टिबलको आयोजना गर्दैछ। हङकङमा विशुद्ध  नेपाली परिकारको प्रवर्द्धन गर्न पहिलोपटक यस्तो कार्यक्रम राखिएको आयोजकसंस्थाका हरि श्रेष्ठले जनाएका छन्। नेवारी परिकार फुड फेस्टिबलको मुख्य आकर्षण हुने श्रेष्ठले बताए।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

न्युड निशाना

पहिरनको आवरणमा ढाकिएकी युवती र निर्वस्त्र युवती अवश्य फरक...

पूरा लेख »
नारीको शरीर कलात्मक हुन्छ

हो, म चलचित्र किन-किनमा न्युड पेन्टरको भूमिकामा थिए। यो मेरा लागि...

पूरा लेख »
न्युड सिनलाई मैले सहज रूपमै लिए

नेपालमा मैले खेल्ने जस्ता चलचित्र बनिरहेका थिएनन्, साडी, चोलो,...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
फेसन  [3]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :