पन्ध्रौं अरुणा लामा स्मृति दिवस
भ्वाइस इन्टरनेसनलले पन्ध्रौं अरुणा लामा स्मृति समारोह सम्पन्न गरेको छ। यसैगरी कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी नन्दकृष्ण जोशीका साथै संगीतकार राजु सिंह, समाजसेवी, संगीत संरक्षक तथा नेपाल कला-संस्कृति विकास के न्द्रका अध्यक्ष नवराज लामा, रियाज म्युजिकका प्रबन्ध निर्देशक निराजन उप्रेती, सुम्नीमा कल्चर एकेडमीका प्रशिक्षक मण्डल साम्पाङ आदि संगीतकर्मीहरूको उपस्थिति थियो। उक्त कार्यक्रममा अधिवक्ता तथा गीतकार रमेश को इराला, नन्दकृष्ण जोशी, संगीतकार राजु सिंह तथा संगीतकार कैलाश राईले नेपाली गीत-संगीतका कालजयी स्रष्टाहरूलाई राज्यका तर्फबाटै आधिकारिक रूपमा सम्मान गर्नुे धारणा व्थक्त गरे।
उक्त कार्यक्रममा अरुणा लामाका कालजयी गीतहरू भ्वाइस इन्टरनेसलका विद्यार्थीहरू रमिला ज्ञाङमी, सपना तिमल्सिना, सरु गुरुङ्ग, भावना सुवार, ईश्वरी वि.क., मदन सेन्चुरी तथा पुस्कर काफ्लेले प्रस्तुत गरेका थिए। त्यस क्रममा प्रमुख अतिथि गायिका तारा थापाले पनि अरुण लामाको चर्चित गीत चौतारीमा बसेर रुन पाऊँ गाएर सुनाइन्।
तपाईंको प्रतिकृया