प्रतिस्पर्धा

गृहपृष्ठ » » प्रतिस्पर्धा » लेखहरु »

सुपर मोडलमा छानिए युवती

आफूमा भएको क्षमता देखाउँदै आगामी फागुन ५ गते विराटनगरमा हुने पूर्वाञ्चल सुपर मोडल प्रतियोगिताका लागि १५ जना युवती छानिएका छन्। आयोजक एवन इन्टरटेन्मेन्टले शनिबार विराटनगरमा सम्पन्न गरेको  अडिसनमा आएका १८ युवतीमध्येबाट सोधिएका प्रश्नहरूको सहज उत्तर दिनेहरू फाइनल स्पर्धाका लागि छानिएका हुन्।

फाइनल प्रतियोगिता अघि दिइने तालिमबाट सुधार आउन सक्नेहरूलाई छनौट गरिएको बताउँदै आयोजक एवनका निर्देशक निराजन लुइँटेलले बाँकी आठ जना थप गरेर प्रतियोगितामा उतारिने बताए। एक वर्षपछि विराटनगरमा हुन  लागेको मोडल प्रतियोगिताले यहाँको फेसन र मोडलिङको बजारलाई केही ऊर्जा दिने यहाँका मोडलहरूको फोटोसेसन गर्दै आएका संजय श्रेष्ठ बताउँछन्। अडिसनबाट पूर्वका बिभिन्न सहरका युवतीहरू प्रेरणा खड्का, निकिता कार्की,  प्रियङ्का दाहाल, सुस्मिता श्रेष्ठ, नीता कार्की, एलिना जोशी, भावना दाहाल, पण्डिता राई, अनुपमा बास्तोला, स्नेहा थापा, जिनु सुशेदी, इशुदा बिके, मायुशा जैन, अमुल्या रायामाझी एवं प्रिया पुरी छनौट भएका छन्।

उनीहरूलाई क्याटवाक र वक्तृत्वकलाको तालिम दिएर फाइनलमा उतारिने कोरियोग्राफर जतिन ताम्राकारले बताए। मिस पूर्वाञ्चलका लागि सात जना अडिसनमा आएका थिए भने मिस नेपालका लागि एकै जना पनि आएका थिएनन्।  विराटनगरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुँदा स्थानीय मोडलको अभावमा धरान र काठमाडौंबाट बोलाइन्छ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

न्युड निशाना

पहिरनको आवरणमा ढाकिएकी युवती र निर्वस्त्र युवती अवश्य फरक...

पूरा लेख »
नारीको शरीर कलात्मक हुन्छ

हो, म चलचित्र किन-किनमा न्युड पेन्टरको भूमिकामा थिए। यो मेरा लागि...

पूरा लेख »
न्युड सिनलाई मैले सहज रूपमै लिए

नेपालमा मैले खेल्ने जस्ता चलचित्र बनिरहेका थिएनन्, साडी, चोलो,...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
फेसन  [3]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :