फेसबुक फन्डा
म अंग्रेजी जान्दिनँ
तर पनि म तिमीलाई भन्न सक्छु
I LOVE YOU
..................
म भूगोल जान्दिनँ
तर पनि म
तिमीलाई भन्न सक्छु
'तिमि मेरो मुटुमा बस्छौ।'
..........................
म इतिहास जान्दिनँ
तर पनि म
तिमीलाई पहिलो पटक देखेको
सम्झिन सक्छु
...................
म रसायनशास्त्र जान्दिनँ
तर पनि म
तिम्रो मुस्कानको
प्रतिक्रिया भन्न सक्छु
.......................
म भौतिक विज्ञान जान्दिनँ
तर पनि म
तिमीलाई देखेर मेरा आँखाहरूबाट निस्कने
चमकको घनत्व बताउन सक्छु।
.............................
म कुनै विषय पनि जान्दिनँ
तर पनि म यति भन्न सक्छु कि
म सबै विषय पास गर्नसक्छु
यदि मेरो शिर्षक 'तिमी' भयौ भने ।
०००
मार्केटिङमा काम गर्ने दुई जना युवक गफ हान्दै रै'छन्।
पहिलो युवक - ओए तँलाइ थाहा छ !
दोस्रो युवक - ल केही भनेकै छैनस्, कसरी थाहा पाउनु !
पहिलो युवक- ल सुन न त, केटीहरूलाइ बेहुली बनाउँदा किन त्यस्तो राम्रोसँग सजाइन्छ ?
दोस्रो युवक- हाम्रो सरले भनेको भित्रको सामान जस्तो सुकै भए पनि प्याकिङचाहिँ दामी हुनुपर्छ रे क्या !
०००
श्रीमान्-श्रीमती एउटा पार्टीमा गएका थिए, संगीतको धुनमा मोजमस्ती चलिरहेको थियो, हाम्रो देश न पर्यो, अचानक लोडसेडिङ भएछ। जेनरेटरले झट्ट काम नगरेको हुँदा ५ मिनेटसम्म बत्ति गयो। बत्ति आएपछि
श्रीमानः यतिका बेरसम्म बत्ति नआउने कुरा थाहा भएको भए एउटा दह्रो किस खाने थिए नि तिम्रो।
श्रीमती (तीन छक पर्दै ) लौ जा उसो भए अँध्यारोमा को थियो त त्यो ???
०००
केटाः केटीहरू किन यति राम्रा ?
केटीः किनकि हामीलाई भगवानले आफ्नै हातले बनाएको हुन्छन्।
केटाःःहामी केटालाई चाहिँ इन्टरनेटबाट डाउनलोड गरेको हो र ?
०००
(शेरेले बाटोमा हिँडिरहेकी केटीलाई जिस्क्याउँदै भनेछ )
शेरेः हेल्लो बहिनी, अहिले मैले तिम्रो गालामा किस गरे भने तिमी के गछर्यौ ?
केटीः ननसेन्स चप्पल खोलेर हान्छु नि झटारो।
अनी शेरेले जबरजस्ती किस गरिदिन्छ।
त्यसपछि केटी रिसले चुर हुँदै चप्पल खोलेर झटारो हान्छे।
केटीः ल जा मुर्दा तैले यही खोजेको हैन ?
शेरे उक्त चप्पल समाउँदै आफ्नो थोत्रो साइकलमा बसेर भन्छः टिना, फलाम, बोत्तल, प्लास्टिक, थोत्रो चप्पल।
०००
यदी केटीले उल्टी गरी भने
घरकाले भन्छन्ः कुनचाहिँ कुकुरको पाप बोकिस .....
यदी केटाले उल्टी गर्यो भने
घरकाले भन्छनः फेरी धोकेर आइस कुकुर ........
शिक्षाः उल्टी जसले गरे पनि दोषी सधैं केटा मात्र हुन्छ !
०००
राजेश दाइः हैन हौ शेरे, गीत गाउँदै कता लागिस् नि ?
शेरेः दाइ, मुग्लान जान लागेको !
राजेश दाइः किन ?
शेरेः दाइ, भर्खरै विहे गरेको बूढीसँग झगडा पर्यो अनि,
साँँच्चै एउटा कुरा यो श्रीमतीलाई फकाउने कुनै आइडिया छैन भन्या,
लौ न बताइदिनुपर्यो ?
राजेश दाइः भाइ असन गएर रातो साडी किनेर देऊ न ! पट्टी त हाल्छे नि !
शेरेः आहा रातो साडी, दाइ रातै साडी चाहिँ किन ?
राजेश दाइः श्रीमती भन्या निजी, निजी भन्या प्राइभेट, प्राइभेट गाडीको नम्बर प्लेट हेर न, रातो हुन्छ कि हुन्न !
शेरेः ए गाडीको नम्बर प्लेटअनुसारै हो ?
राजेश दाइः हो
शेरेः साँच्चै हो ?
राजेशः साँच्चै हो भन्या
शेरेः गाडीको नम्बर प्लेटअनुसार भए, कालो साडी लाउनेजति सबै भाडाका श्रीमती, सेतो साडी लाउने जति सबै सरकारी श्रीमती ?
०००
(शेरेले श्रीमतीसँग वाचा गर्यो)
आज अन्तिम दिन हो, मैले रक्सी पिउने, तिम्रो कसम भोलिदेखि म रक्सी पिउन छोड्छु। श्रीमती साह्रै खुशी भै मनमनै सोची- बल्ल मेरो बूढाको बुद्धीको घैंटो खुलेछ....
तर भोलिपल्ट
शेरे त फेरि उस्तै तरिकाले टन्न मातिएर आयो। (त्यसपछि रिसाउँदै )
श्रीमतीः हिजोदेखि नै रक्सी खान छोडे भनेर कसम खा'को होइन ? अनि आज फेरी किन धोकेर आएको नि ?
शेरेले नम्र हुँदै भन्योः त्यही हिजोदेखि रक्सी खान छोडेको उपलक्ष्यमा आज हल्का पिएर आ'को क्या, डार्लिङ !
०००
नवविवाहित जोडीको प्रेम संवाद
पत्नीः (डराएको भावमा ) एउटा कुरा भनौं ?
पति भन न ..
पत्नीः रिसाउन त रिसाउँदै नि ?
पतिः रिसाउँदिनँ भन न ..
पत्नीः कुट्न त कुट्दैनौ नि ?
पतिः केही गर्दिनँ, भन न के कुरा हो ?
पत्नीः म प्रेगनेन्ट छु।
पतिः यो त खुसीको कुरा हो, तर तिमी किन डराइरहेकी थियौ ?
पत्नीः कलेज पढ्दा मैले यही कुरा बुबालाइ भनेको थिएँ, त्यतिबेला धेरै गाली अनि कुटाइ खाएको थिए, त्यसैले।
०००
हसबेन्ड वाइफको फाइटः परालको आगो तु बल्छ तु निभ्छ
गर्लफ्रेन्ड ब्वाइफ्रेन्डको झगडाः मटीतेलको आगो कहिलेकाहीं अरूलाई पनि टिप्छ
ब्रदर ब्रदरको झगडाः दाउराको आगो अरूले खाना पकाउने मौका पाउँछन्
छिमेकी छिमेकी झगडाः भुसको आगो बालेपछि निभ्न गाह्रो
नेता-नेताको झगडाः प्लास्टिकको आगो तप-तप चुहिएर जनतालाई पोल्छ, देशलाई पोल्छ।
०००
महिलाः बाबा, मेरो श्रीमान् घर आउनेबित्तिकै मलाई पिट्न थाल्नुहुन्छ, म के गरूँ कुनै उपाय छ भने भन्नुस न !
बाबाः ठीक छ, म तिमीलाई यो बुट्टी दिन्छु, तिम्रो श्रीमान घर आउनेबित्तिकै यो आफ्नो दातमा दबाएर बस्नुस सब ठीक हुन्छ।
पाँच दिनपछि
महिलाः बाबा, हजुरले दिएको बुट्टीले त कमाल नै गर्यो भन्या, अब उहाँले मलाई पिट्न छाड्नुभो
बाबाः यो फाइदा बुट्टीको होइन, बालिका यो त तिम्रो मुख बन्द गर्नुको फाइदा हो।
०००
एउटा प्रेमी-प्रेमिकाको जोडी पार्कमा बसेर सुन्तला खाँदै थिए....
प्रेमी कतै पनि नहेरी प्रेमिकाको आँखामा हेरिरा थियो.....
प्रेमिकाः (लजाउँदै) के हेरेको, त्यस्तो नसालु नजरले ?
प्रेमीः मोटी अलि-अलि गरेर खा.....७० रुपैयाँ किलो छ सुन्तला।
०००
शेरे र शेरेकी प्रेमिका
प्रेमिकाःकति माया गर्छौ तिमी मलाई ????
शेरेः तिमी सिम कार्ड हौ भने म मोबाइल हुँ
जसरी सिम कार्डबिना मोबाइलको काम छैन
त्यसैगरी तिमी बिना मेरो कुनै अस्तित्व छैन......
प्रेमिकाः थ्यांक गड, म कति भाग्यमानी रहेछु
शेरे (मनमनै भन्छ)ः त्यसलाई के थाहा, मेरो चाइनिज मोबाइलमा ३ वटा सिम कार्ड जान्छ भन्ने।
०००
युवती आफ्नो इच्छाले पट्टिभने प्यार
साथीहरूले पट्याइदिए भने उपहार
घरकाले खोजिदिए भने संस्कार
अनि आफैं पट्याएर घर लग्यो भने हाहाकार .....
०००
श्रीमतीः सुन्नुस् त, आज यस्तो कुरा गर्नुस्, जसले मलाई खुसी पनि मिलोस् र रिस पनि उठोस्।
श्रीमानः तिमी मेरो जिन्दगी हौ, अनि .....
श्रीमतीः अनि .........
श्रीमानः अनि धिक्कार छ, यस्तो जिन्दगी......।
०००
शेरेः आज के तरकारी बनाउने बूढी ?
शेरेकि बूढीः तपाईं जे भन्नुहुन्छ, त्यही
शेरेः त्यसो भए आज भिन्डी खाम।
बूढीः हिजो मात्रै त हो खा'को।
शेरेः चम्सुरको साग।
बूढीः केटाकेटीले खाँदैनन्।
शेरेः त्यसो भए काउली खाम न।
बूढीः मलाई एसिडिटी बढ्छ क्या !
शेरेः कटहर खादा हुँदैन ।
बूढीः धेरै बेर लाग्छ, अघि नै भन्नुपथ्र्यो नि !
शेरेःमासु खाने हो त ?
बूढीःकाँ आज बिहिबार ।
शेरेःकरेला खाम हौ।
बूढीः ब्लड प्रेसर कम भा'को मान्छे बेलुका करेला खाने !
शेरेः आ, आज खिर खाम। अचार बनाए पुग्छ।
बूढीः बेलुका खीर खाएर पेटै भरिँदैन।
शेरेः भान्टा खाम।
बूढीः छोरालाई घमौरा आ'को छ। पाक्छ रे क्या !
शेरेःत्यसो भए आज के तरकारी बनाउँने त बूढी ?
शेरेकी बूढीः तपाईं जे भन्नुहुन्छ त्यही।
०००
फेसबुक हेर्दै थिए, लडेको थाहै भएन,
तरकारी पाक्दै थियो, डढेको थाहै भएन.....
अलिअलि गर्दा गर्दै चौबीसै घन्टा नेटमा,
दिनरात यसको नशा चढेको थाहै भएन...
दिनभरि पढ्न भनी कलेज अनि स्कुल,
मनभरि फेसबुक पढेको थाहै भएन...
चलाएको सानैदेखि उमेर धेरै भएछ,
कति वर्ष भयो नशा गढेको थाहै भएन...
न त भेट हुन्छ धेरै थरीका साथी भेटिए,
च्याटिङले आफू सडेको थाहै भएन...।
०००
धुर्मुसेः हेर शेरे, आज मैले यति राम्रो केटी देखें कि !
शेरेः आहा ! भन्न त यार कस्ति थिइन उनी ?
धुर्मुसेः कसरी तारिफ गरम यार ? रेसमी केश, गुलाबी ओठ, कोकाकोलाको बोत्तलजस्तो शरीर, कोइलीको जस्तो बोली, उनको अगाडि त विश्व सुन्दरीहरू पनि फ्लप खान्छन्।
शेरेः वाह ! वाह ! वाह ! थुक्क !
धुर्मुसेः हैन त किन थुक्छस हँ, उनलाई ?
शेरेः मैले कहाँ उहाँलाई थुकेको हो र ? मैले त घर कि श्रीमतीलाई पो सम्झेर थुकेको हुँ।
०००
एउटा केटा मातेर घर आएछ,
बाउले थाहा नपाओस् भनेर
ल्यापटपमा टाइपिङ गर्नथालेछ
बाउः आज पनि धोकेरआइस हैन ?
केटाः हैन, हैन ड्याड, कहाँ रक्सी खानु नि ?
बाउः रक्सी नखाको भए त्यो सुटकेसमा के टाइप गर्दै छस् त...??
०००
धुर्मुस आफूलाई स्वरसम्राट् मान्थ्यो,
यत्तिकैमा एकदिन एउटा किसानलाई गीत सुनायो,
केहि बेरपछि किसान सुक-सुक गर्दै रुन थाल्यो।
धुर्मुसः (मनमनै खुसी हुँदै) खुसी लाग्यो मेरो संगीतको राग बुझ्ने तिमी मात्रै रहेछौ,
किसानः म हजुरको गीत सुनेर रोएको होइन।
धुर्मुसः अनि किन त ?
किसानः पोहोर साल मेरो एउटा गोरु मर्यो, मर्ने बेलामा यस्तै स्वर निकालेको थियो,
आज मलाई मेरो गोरुको सम्झना आयो अनि रोएको ...।
०००
शेरेकी गर्लफ्रेन्डले चिठी लेखी- 'मलाई तिमी मन पर्न छोड्यो'
मैले अर्कै केटो रोजेर फूलमाला पनि गरिसके । मेरा सबै तस्बिर फिर्ता गरिदेऊ। कृपया भेट्ने वा अन्य जवाफ लेख्ने दुःख नगर्नु,' तब शेरेले पनि आफ्ना सबै केटी साथीहरू र साथीका पनि केटीका साथीका गरेर २५-३० वटा तस्बिर जसमा गर्यो र गर्लफ्रेन्डको तस्बिर त्यसको बीचमा राखेर जवाफ पठायो।
मैले तेरो अनुहार बिर्सिए, आफ्नो तस्बिर राख्नु र बाँकी फिर्ता गरिदिनु'
०००
लोग्ने मानिसलाई कुन-कुन समयमा के-के र कसरी अति पीडा हुन्छ ?
जानी राखौं है
फेसबुकमा केटीले पहिले मीठा-मीठा कुरा गरेर पछि म्यासेजको रिप्लाई नगर्दा
दाम्मी स्टाटस लेख्दा पनि लाइक नआउँदा
विवाह गरेर वर्षौं सँगै सुतेकी श्रीमती पोइल जाँदा।
०००
पुलिसः शेरे भाइ, तिम्रा श्रीमती हराएको यतिका दिनभैसक्यो तर तिमीले किन पुलिसमा रिपोर्ट नलेखाएको ?
शेरेः मेरो मोटरसाईकल हराउँदा रिपोर्ट गरेको त पुलिसले भेट्टाएर १५-२० दिन चलाएपछि बल्ल फिर्ता गरेका थिए। झन् यसपटक त श्रीमती नै हराकी छ रिपोर्ट गर्न लाटो छु र म ?
०००
गणित पढाइ राखेको बेलामै
शिक्षकः शेरे, रेखालाई तान त ?
शेरेः नाई सर !
शिक्षकः किन तिमीले मैले भनेको पनि मान्न छोड्यौ ?
शेरेः रेखासँग बोल्दा त उसको ड्याडी र दाइले पिट्छ भने सर, मैले रेखालाई ताने भने त म बाँच्छु भनेर नसोचे पनि हुन्छ।
०००
शेरे बिरामी भएर डाक्टरकहाँ जान्छ।
डाक्टरः हेर्नुस शेरेजी तपाईंलाई नियमित अभ्यासको आवश्यकता छ।
जसका लागि तपाईंले नियमित रूपले खेल खेल्नुभो भने ठीक हुनेछ।
शेरेः डाक्टर सा'ब मत दिनहुँ फुटबल, क्रिकेट र टेबलटेनिस खेल्छु।
डाक्टरः ओहो ! कति घन्टासम्म खेल्नुहुन्छ ?
शेरेः जहिले सम्म मेरो मोबाईलको ब्याट्री सकिँदैन।
०००
एउटा मान्छे अफिसबाट सधैं राति मात्र घर आउँदो रहेछ, एकपटक उसले आफ्नी श्रीमतीलाई सरप्राइज दिने प्लान बनाएछ। ऊ नक्कली दाह्रीजुँगा लगाएर घर गएछ। घर पुग्दा श्रीमती बत्ती निभाएर सुतिसकेकी थिई, बत्ती नबाली उसले श्रीमतीलाई एक्कासी अँगालो हालेछ। त्यसपछि उसकी श्रीमतीले हातले श्रीमान्को गाला छाम्दा दाह्री बिझाएपछि आत्तिँदै भनिछे, ओहो ! दीपक तिमी अझै गएका छैनौं ? छिटो घर जाउ, मेरो बूढा आउने बेला भैसक्यो।
०००
एउटा वकिलसँगको विवाहः कानुनी हुन्छ !
एउटा डाक्टरसँगको विवाहः स्वास्थ्यवर्द्धक हुन्छ !
एउटा पुलिससँगको विवाहः सुरक्षात्मक हुन्छ !
एउटा अभिनेतासँगको विवाहः रोमान्चकारी हुन्छ !
एउटा कलाकारसँगको विवाहः रचनात्मक हुन्छ !
एउटा व्यवसायीसँगको विवाहः मुनाफादायक हुन्छ !
एउटा शिक्षकसँगको विवाहः शैक्षिक हुन्छ।
एउटा धार्मिक व्यक्तिसँगको विवाहः आध्यात्मिक हुन्छ।
एउटा एकाउन्टेन्टसँगको विवाहः वित्तीय हुन्छ।
एउटा लेखकसँगको विवाहः साहसिक हुन्छ।
एउटा संगीतकारसँगको विवाहः रोमान्टिक हुन्छ।
एउटा राजनीतिज्ञसँगको विवाहः फलिफाप हुन्छ।
०००
तपाईंको प्रतिकृया