अनुभव

गृहपृष्ठ » » अनुभव » लेखहरु »

प्रेमपत्र

केही समययता स्कुल-कलेजमा प्रेमपत्र पठाउने चलन उत्कर्षमा छ। प्रेमपत्र नपठाउने पुरुष  कमै हुन्छन्। प्रेमपत्र नपाउने केटी पनि कोही हुँदैनन्। जसले प्रेत्रपत्र पठाउँदैन, त्यो केटो  नामर्द मानिन्छ। जसले प्रेमपत्र पाउँदिनन्, त्यो केटीका बारेमा कुरा काटिन्छ। यसले गर्दा  स्कुल-कलेजमा प्रेमपत्र पाउनु वा पठाउनु एक प्रकारको फेसन नै बनेको छ। प्रेमपत्र  नपाउने केटीहरूसमेत फलानोले मलाई प्रेम पत्र पठाएको थियो, बा-आमाले झन्डै मार्नुभयो  भनेर आफ्नो बखान गरिरहेका हुन्छन्। यो उनीहरूको बाध्यता पनि हो।

प्रेमपत्र पठाउने फेसनमा म यति धेरै परेकी छु कि कहिलेकाहीँ त कुन पत्र कसले पठाएको  भन्ने नै झुक्किन्छु। प्रेमपत्रमा सबैले मेरी प्रेयसी वा मेरी मनकी रानी वा यस्तै केही लेखेका  हुन्छन्। त्यसपछि ऊ कहिलेदेखि आफूलाई मन पराउँछ, उसलाई आफ्नो केके कुरा मन पर्छ  भन्ने कुरा लेखिएका हुन्छन्। यस्ता पत्रमा उसको प्रेम स्वीकार नगरे आत्महत्या गर्नेसम्मका  धम्की हुन्छन्। अनी अन्त्यमा प्रेम स्वीकृत हुने आशा एवं विश्वास व्यक्त गरिएको हुन्छ।

मैले कक्षा ९ देखि हालसम्म पनि प्रेमपत्र पाइरहेकी छु। अहिलेसम्म सयौं पत्र पाएँ हुँली। प्रेमपत्र कस्ता हुन्छन्, कसरी लेखिन्छन् भन्ने कुरा पनि मलाई लगभग कण्ठस्थ भैसकेको छ।

पहिलोपल्ट प्रेमपत्र पाउँदा केटीहरू असाध्यै डराउँछन्। किनभने प्रेमपत्र अप्ठयारो अवस्थामा  फेला पर्दारहेछन्। पहिलो प्रेमपत्र मेरो स्कुल ब्यागमा हालिएको रहेछ। मलाई थाहा थिएन।  सरले ब्याग चेक गर्दा पो फेला पर्‍यो। सरले मलाई नराम्रोसँग थर्काउनु भयो। मैले रुदै यो  कसरी आयो थाहा छैन भनेपछि क्लासमा सोधपुछ भयो। पछि थाहा भयो, १० कक्षामा पढ्ने  युवकले पठाएको रहेछ। पाँच पेज लामो उक्त पत्रमा प्रेमका सारा ग्रन्थ अटाएका थिए। सरले  उसलाई अफिसमा लगेर नराम्रोसँग कुट्नुभएको थाहा भयो। यसमा मेरो गल्ती थिएन। तैपनि  मेरो कारणले उसले कुटाइ खायो भनेर धेरै दिनसम्म चिन्ता लागिरह्यो। बाटामा मलाई  नराम्रो व्यवहार गर्ने हो कि कुटपीट गर्ने हो भनेर साथी लिएर हिँड्नुपर्ने अवस्था आयो।

एसएलसी दिएर ऊ विद्यालयबाट बाहिरियो। तैपनि बाटामा उसलाई देखिरहन्थे। भित्रैदेखि पीर  लाग्थ्यो, तर स्कुलमा अन्य केटाहरूको पनि पत्र आइरहने हुनाले त्यो डर बिस्तारै कम हुँदै  गयो। एक समय त यस्तो भयो, दर्जनौं केटा ठाउँ-ठाउँमा मलाई हेर्न बसिरहेका हुन्थे। म  मुन्टो निहुराएर हिँड्थे। कसैले केही नगरे पनि मनमा चाहिँ अनौठो डर लागिरहन्थ्यो।

एक दिन पहिलो प्रेमपत्र पठाउने युवकले बाटो छेक्यो। मैले उसको अनुहारमा हेरें। उसले  नम्र भएर माफी माग्यो। उसले भन्यो, 'मेरो उद्देश्य तिम्रो चित्त दुखाउने होइन। न त  शिक्षकका अघि तिम्रो बद्नाम गर्ने नै हो। आलोकाँचो व्यवहारका कारण त्यस्तो काम हुन  पुग्यो। त्यसयता मैले तिमीलाई पत्र पठाएको छैन र पठाउन पनि चाहन्न। जे भयो, त्यसलाई  बिर्सिदेऊ।' उसको यो व्यवहार मलाई साह्रै राम्रो लाग्यो। उसलाई साथी बनाउन मन लाग्यो।  किनभने म प्रेमपत्र पठाउने केटाहरूसँग दुश्मनी बढाउन चाहन्न थिएँ। यसको सुरुवात  उबाट गर्न चाहन्थें, तर त्यसपछि उसले मेरो बाटो हिँड्नै बन्द गर्‍यो।

पत्र पठाउने मेरो पहिलो प्रेमीको व्यवहारले मभित्रको डर हरायो। त्यसपछि पाएका सबैजसो  पत्रलाई मैले सामान्य रूपमा लिन थालें। मलाई ती पत्र पढ्न मन लाग्थ्यो, तर प्रेम स्वीकार  गर्न मन लाग्दैनथ्यो। मेरो विचारमा त्यो युवा उमेरमा आएको एउटा भावनाको प्रतीक मात्र  हो, त्यसलाई गम्भीरतापूर्वक लिनुपर्छ भन्ने छैन।

फेसबुकको चलन बढेपछि अहिले प्रेम प्रस्ताव लेटरमा होइन, वालमा आउन थालेका छन्।  मोबाइलका एसएमएसमा आउन थालेका छन्। स्काइपबाट टाढाका मानिससँग प्रेम हुने  चलन बढेको छ। मेरो पनि आजभोलि स्काइप र फेसबुकबाट प्रेमका भावना साटासाट हुन  थालेको छ। म पनि कसैको प्रेममा परेकी छु। यद्यपि मलाई अझै पनि प्रेमपत्र मन पर्छन् र  म त्यस्ता प्रेमपत्रको प्रतीक्षामा हुन्छु।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :