फ्रन्टपेज

गृहपृष्ठ » » फ्रन्टपेज » लेखहरु »

आकर्षक १० महिला-पुरुष

भ्यालेन्टाइन डे आउन केही दिन बाँकी छ, तर नजिकिँदै गएको उक्त दिनलाई भव्य बनाउन चाहनुहुन्छ भनें बाँकी रहेका यी थोरै दिन तपाईंका निम्ति अमूल्य छन्। तपाईंको ड्रिम भ्यालेन्टाइन ब्वाई/गर्ल कस्तो हुनुपर्छ भन्ने विषयमा  फरक व्यक्तिका फरक मत हुन सक्छन्। प्रेमी/प्रेमिका, श्रीमान/श्रीमतीभन्दा बाहिर निस्किएर सोच्दा कल्पनाको त्यो पुरुष वा महिला कोजस्तो हुनुपर्ला त ? ड्रिम भ्यालेन्टाइनको खोजीमा सहयोग गर्न साप्ताहिकले यो वर्ष पनि आकर्षक १० व्यक्ति (महिला-पुरुष) को खोजीलाई निरन्तरता दियो। विगत चार वर्षयता सर्वेक्षणमार्फत साप्ताहिकले आकर्षक नेपाली पुरुष तथा महिलाको नाम सार्वजनिक गर्दै आएको छ। यो वर्ष पनि विगतमा झैं विभिन्न क्षेत्रमा कार्यरत  ३२ जना (१६ पुरुष-१६ महिला) व्यक्तिले दिएको मतका आधारमा उत्कृष्ट १० आकर्षक महिला पुरुष पाठकसमक्ष पेस गरेका छौं। आकर्षक शारीरिक बनावटका साथै उसको नेपाली समाजमा भिन्न परिचयसहितको व्यक्तित्वका  आधारमा सहभागीहरूले मत दिँदै आएका छन्। आकर्षक शारीरिक व्यक्तित्व सर्वेक्षणको प्रमुख आधार भए पनि सर्वेक्षणमा सहभागी लगभग सबैले चर्चित व्यक्तिको विभिन्न आयामलाई पनि उत्तिकै महत्व दिने गरेका छन्। पहिलो  संस्करणमा महिला तर्फ सपना मल्ल प्रधान र पुरुषतर्फ राजेश हमाल र गगन थापा सर्वाधिक आकर्षक पुरुष छनौट भएको त्यो समयबाट चौथो संस्करणमा आइपुग्दा थुप्रै नयाँ अनुहार देखा परिसकेका छन्।



साप्ताहिकले प्रेम दिवसमा आकर्षक पुरुष-महिला खोज्नुको उद्देश्य आकर्षक व्यक्तित्वका सम्बन्धमा नेपाली समाजमा खुला बहस छेड्नु पनि हो। मिडियामा फ्रिक्वेन्ट्ली आइरहने व्यक्तिहरू आकर्षक १० को यो सूचीमा परेजस्तो दे खिन्छ, यो सत्य हो, मिडियामा नआएका तर आकर्षक इमेज भएका अन्य व्यक्ति पनि नेपाली समाजमा छन्, तर ड्रिम ब्वाइ-गर्ल देखिएकै अनुहारमा खोजिने हो।

साप्ताहिकले सर्वेक्षण गरेको आधारमा आकर्षक १० पुरुष वा महिला उहाँहरू नै हो भन्ने होइन, तर यी नामहरू नेपाली समाजमा आकर्षक छविका रूपमा चर्चित छन् भन्ने कुरामा दुईमत नहोला। रूप, आकर्षक व्यक्तित्व एवं पेसागत  प्रतिनिधित्वका आधारमा सर्वेक्षणमा सहभागी सबैले उत्कृष्ट १० व्यक्तिको नाम सिफारिस गरेका थिए, जसमा सबैभन्दा बढी मत पाउने २० जनालाई यो सूचीमा समेटिएको छ।

सर्वेक्षणका क्रममा महिलाहरूलाई १० आकर्षक पुरुषको नाम दिन भनिएको थियो भने पुरुषहरूबाट १० आकर्षक महिलाको नाम मागिएको थियो। सर्वेक्षणका क्रममा आकर्षक पुरुष व्यक्तित्वका रूपमा पहिलो स्थानमा यसपटक  चलचित्र, टेलिभिजन वा संगीत क्षेत्रका कुनै चर्चित व्यक्ति परेनन्। नेपाली क्रिकेटलाई स्तरोन्नति गराउने क्रममा डिभिजन फोर च्याम्पियन बन्दै डिभिजन थ्रीको यात्रा तय गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन पारस खड्का  सर्वाधिक आकर्षक पुरुष बन्न पुगे। गत वर्ष उनी ११ औं स्थानमा थिए। सफल यात्रा गरिरहेको टिमका क्याप्टेन पारस अनुमान विपरीत एकाएक सर्वाधिक आकर्षक बने। गत वर्षका सर्वाधिक आकर्षक हाकु काले अर्थात सौगात मल्ल  यो वर्ष पाँचौं स्थानमा रहे। गत वर्ष उनी पनि सबैलाई आश्चर्यचकित तुल्याउँदै शीर्षस्थान जमाउन सफल भएका थिए।

यो वर्ष अर्को व्यक्तित्वको प्रवेश पनि अनपेक्षितजस्तै रह्यो। दोस्रो आकर्षक पुरुषका रूपमा प्रबल गुरुङलाई सर्वेक्षणमा सहभागी महिलाहरूले छनौट गरे। अन्तराष्ट्रिय ऐरेनामा फेसन डिजाइनिङको माध्यमले नेपालको नामलाई  चम्काएकाले र उनको व्यक्तित्व पनि आकर्षक लागेकाले छनौट गरेको अधिकांशको जवाफ थियो। प्रबल गुरुङ नेपालका गौरव हुन्, अधिकांशले भने- 'उनको आफ्नो पर्सनालिटी पनि आकर्षक नै देखिन्छ।' तेस्रो स्थानमा यसपटक पनि  नायकहरूका नायक महानायक राजेश हमालले प्रभुत्व जमाए। गत वर्ष पनि तेस्रो स्थानमै रहेका महानायकले यो वर्ष पनि आफ्नो पोजिसनलाई गुम्न दिएनन्। यो वर्ष चौथो चर्चाको व्यक्तित्व निमा रुम्बा बने। नेपाली पप संगीतका  स्टाइलिस्ट आइकन निमा गत वर्ष छैटौं स्थानमा थिए। छैटौ स्थान, लाइभ टेलिभिजन सो कलकान्तिपुरका एक दशकको यात्राका चालक सुरजसिंह ठकुरीले पक्का गरे। सुरजले हालै मात्र दैनिक प्रसारण हुने उक्त शोबाट बिदा लिएका  छन्। गत वर्ष ठकुरी आठौं स्थानमा थिए। सातौं स्थान बैंकर्स अनिल शाहको नाममा रहयो। मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल गत वर्ष चौथो स्थानमा थिए। यस्तै आठौंमा मोडल, कोरियोग्राफर प्रशान्त ताम्राकारको नाम  लिइयो। जगदम्बा स्टिलको टेलिभिजन विज्ञापनमा देखिने प्रशान्त ताम्राकार नेपालमा पहिलो पुस्ताकै मोडल मानिन्छन्। यस्तै नवौं स्थानमा नायक राजबल्लभ कोइराला प्रवेश गरे। उनी पहिलो पटक टप टेन आकर्षक पुरुषको यो  सूचीमा समावेश भएका हुन्। यस्तै व्यवसायिक घराना चौधरी ग्रुपका तन्नेरी व्यवसायी निर्वाण चौधरी दसौं स्थानमा रहे। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण फिटनेसमा पनि उत्तिकै ध्यान पुर्‍याउँछन् ।

राजनीतिबाट हाम्रो समाज कति दिक्क भएको छ, भन्ने उदाहरण हेर्न यस पटकको टेप टेन आकर्षक पुरुषमा राजनैतिक व्यक्तित्वहरू आउट हुनुले देखायो। निरन्तर माथिल्लो स्थानमा प्रभाव जमाउने गगन थापा यसपटक एघारौं  स्थानमा पुगे भनें निरन्तर नै टप टेनमा अटाएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक मत मात्र पाए।

आकर्षक महिलाको खोजीमा पनि सहभागी पुरुषहरूले यो वर्ष थुप्रै नयाँ नाम लिए। सर्वाधिक आकर्षक महिलाका रूपमा यो वर्ष नेपाली सकिराको उपमा पाएकी गायिका इन्दिरा जोशीले स्थान बनाइन्। स्टेज पर्फमेन्समा जादु छर्ने  उध्रेको चोली गायिकाको अपिलिङ स्टाइलले धेरैलाई प्रभावित गरेको रहेछ। गत वर्ष तेस्रो स्थानमा रहेकि इन्दिरालाई भ्यालेन्टाइन ड्रिम गर्लका रूपमा हेर्न मिल्ने धेरैको तर्क थियो। गत वर्षकी सर्वाधिक आकर्षक महिला माल्भिका सुब्बा  यो वर्ष चौथो स्थानमा पुगिन्। ब्युटी विथ ब्रेन माल्भिकाको आकर्षणको जादु कायमै रहेको धेरैले बताए पनि भोटिङ अन्तरले उनलाई चौथो स्थानमा धकेल्यो। दोस्रो आकर्षक महिलाका रूपमा नायिका प्रियंका कार्की आइन्। प्रियंका  पहिलो पटक साप्ताहिकको आकर्षक महिलाको सूचीमा परेकी हुन्। पछिल्ला दिनमा प्रियंका धमाधम नेपाली चलचित्रमा काम गरिरहेकी छिन्। यस्तै तेस्रो स्थानमा मिस नेपाल, २०१० की फस्ट रनर्सअप सहाना बज्राचार्य आइन्। सहाना  पनि पहिलो पटक नै आकर्षक दस महिलाको सूचीमा प्रवेश गरेकी हुन्। पाँचौं स्थानमा प्रवेश गर्ने मोडल तथा नायिका रिमा विश्वकर्मा पनि नवप्रवेशी नै हुन्। दर्जनौं म्युजिक भिडियो र केही चलचित्रमा समेत काम गरिसकेकी  रिमाको पहिलो परिचय भने टेलिभिजनकर्मी हो। छैंटौ स्थानमा मिस नेपाल २०१० सदिक्षा  श्रेष्ठ र सातौं स्थानमा मिस वल्र्ड नेपाल १९९७ झरना बज्राचार्य रहे। गत वर्ष पनि सदीक्षा  छैटांै स्थानमै थिइन् भने आकर्षक दसको सूचीबाट हटिसकेकी झरना बज्राचार्यले रि-इन्ट्री  गरिन्। यो वर्ष उनले केही काम गरेकाले पनि सर्वेक्षणमा सहभागीहरूले उनलाई सम्झिएको  बताएका थिए। यस्तै यो वर्षकी मिस नेपाल सृष्टि श्रेष्ठ आठौं स्थानमा आइन्। सृष्टिको बडि  स्ट्रक्चर तथा मिस नेपालका रूपमा अन्तर्राष्ट्रिय स्पर्धामा हासिल गरेको उपलब्धिको  विषयलाई आधार मानेर उनलाई रोजेको बताइएको थियो।

यस्तै नवौं स्थान नायिका ऋचा शर्माको नाममा रह्यो। फस्ट लभ तथा भिजा गर्लकी  नायिका नायिकाको अपिलिङ फिगरको धेरैले प्रशंसा गरेका थिए। यस्तै दसौं स्थानमा  अभिनयकी रानी दिया मास्के रहिन्। आकर्षक दस महिलाको सूचीबाट आउट भैसकेकी  दियाको पनि यो रि-इन्ट्री नै हो।

इन एन्ड आउट

गत वर्षका दस आकर्षक व्यक्तित्वको सूचीबाट गगन थापा, प्रधानमन्त्री डा. बाबुराम भ ट्टराई, नेपाल प्रहरीका सेलिब्रेटी अफिसर रमेश खरेल, सञ्चारकर्मी भूषण दाहाल यो वर्ष  आउट भए। उनीहरूको बहिगर्मन आफैंमा आश्चर्यजनक छ, तर राजनीति र यससँग  सम्बन्धित व्यक्तिलाई कम रुचाउन थालिएको यसले पुष्टि गर्‍यो। रमेश खरेल र भूषण  दाहाल आकर्षक दस पुरुषको सूचीमा क्रमशः बाह्रौं र तेह्रौं स्थानमा पुगे। प्रधानमन्त्रीका रू पमा डा. भट्टराईको अलोकप्रियतालाई सहभागीहरूले उठाएका थिए। गत वर्ष आकर्षक पुरु षको सूचीमा रहेका नेपाली फुटबल टिमका क्याप्टेन सागर थापा तथा नेपाल उद्योग  वाणिज्य महासंघका वर्तमान अध्यक्ष सुरज वैद्य पनि यो वर्ष सूचीमा अटाउन सकेनन्। सवार् धिक आकर्षक पुरुषको सूचीका पारस खड्का, फेसन डिजाइनर प्रबल गुरुङ, कोरियोग्राफर  प्रशान्त ताम्राकार, नायक राजबल्लभ कोइराला तथा व्यवसायी निर्वाण चौधरीले यो वर्ष  पहिलो पटक स्थान बनाएका हुन्। दुई वर्षअघिको सर्वेक्षणमा पनि पारस र प्रशान्त टप टे नमा थिए।

गत वर्ष आकर्षक महिलाका रूपमा दोस्रो स्थानमा छनौट भएकी पूर्वयुवराज्ञी हिमानी शाह  यो वर्ष दस आकर्षक महिलाको सूचीमा पर्न सकिनन्। पहिलो पटक सर्वेक्षण गर्दा पहिलो  स्थानमा रहेकी सपना मल्ल प्रधानले गत वर्ष चौथो स्थान हासिल गरेकी थिइन् तर यो वर्ष  उनी पनि यो सूचीमा पर्न सकिनन्। गत वर्षको सूचीमा रहेका नायिका केकी अधिकारी,  गायिका आनी छोइङ डोल्मा, खेलाडी सिपोरा गुरुङ, नायिका करिश्मा मानन्धर, बैंकर्स  रबिना देशराज श्रेष्ठ पनि यो वर्ष सूचीमा अटाउन सकेनन्। दुई वर्षअघिकी सर्वाधिक आकषर् क महिला करिश्मा मानन्धरले यो वर्ष पनि राम्रै मत पाउँदा-पाउदै पनि उत्कृष्ट १० मा  प्रवेश गर्न सकिनन्। केकी र सिपोराले पनि सर्वेक्षणमा राम्रो मत पाएका थिए। यो वर्ष  नायिका प्रिंयका कार्की, रिमा विश्वकर्मा, मोडल भिजे सहाना बज्राचार्य, सृष्टि श्रेष्ठ नवप्रवे शी रहे। नायिकात्रय झरना बज्राचार्य तथा ऋचा शर्मा र दिया मास्केले रि इन्ट्री गरे। दुई वषर् अघि दोस्रो स्थानमा रहेकी झरना बज्राचार्य गत वर्ष एघारौं स्थानमा थिइन्। यस्तै दुई वषर् अघि आकर्षक १० भित्र स्थान बनाएका सहाना बज्राचार्य, दिया मास्के, ऋचा शर्मा यो वर्ष  रि-इन्ट्री भए। यो वर्ष हाराहारी मत ल्याउँदा-ल्याउँदै पनि नायिका निशा अधिकारी एघारौं  स्थानमा पुगिन्। यस्तै गायिका आस्था बी र श्रेया सोताङलाई पनि धेरैले मत दिए।

अहिलेसम्मका आकर्षकहरू

साप्ताहिकले २०६६ को भ्यालेन्टाइन संस्करणमा पहिलो पटक साप्ताहिकले उत्कृष्ट १०  आकर्षक पुरुष र महिला शीर्षकमा एउटा सूची सार्वजनिक गरेको थियो। जसअनुसार महिला  तर्फ पहिलो स्थानमा सपना मल्ल प्रधान थिइन्। दोस्रोमा झरना बज्राचार्य, तेस्रो स्नेहा राणा,  चौथो रामकुमारी झाँक्री, पाँचौं नम्रता श्रेष्ठ, छैटौंमा माल्भिका सुब्बा, सातौं मन्जुश्री थापा,  आठौं करिश्मा मानन्धर, नवौं रविना जोशी, दसौंमा रेखा थापा तथा सिमि्रका शर्मा थिए।  त्यस्तै दोस्रो संस्करणमा पहिलो स्थान करिश्मा मानन्धरले पाइन्। दोस्रो झरना बज्राचार्य,  तेस्रो माल्भिका सुब्बा, चौथो सदीक्षा श्रेष्ठ, पाँचौ सहाना बज्राचार्य, छैटौं नम्रता श्रेष्ठ र दिया  मास्के, सातौं मृदुला खनाल, आठौं जेनिशा मोक्तान, नवौ अन्जु पन्त र दसौंमा सपना मल्ल  प्रधान र ऋचा शर्मा पर्न सफल थिए। तेस्रो संस्करणमा गत वर्ष माल्भिका सुब्बाले सर्वाधिक  आकर्षक महिलाको स्थान हासिल गरिन् भने त्यसपछि क्रमशः पूर्वयुवराज्ञी हिमानी शाह,  गायिका इन्दिरा जोशी, सामाजिक कार्यकर्ता सपना मल्ल, नायिका केकी अधिकारी, मिस ने पाल २०१० सदीक्षा श्रेष्ठ, गायिका आनीछोइङ डोल्मा, खेलाडी सिपोरा गुरूङ, नायिका  करिश्मा मानन्धर र बैंकर्स रबिना देशराज श्रेष्ठ आकर्षक दशको सूचीमा देखा परेका थिए।

यस्तै पुरुष तर्फ पहिलो संस्करणमा राजेश हमाल र गगन थापा पहिलो स्थानमा थिए। दोस्रो  भूषण दाहाल, तेस्रो सुबासचन्द्र नेम्बाङ, चौथो निमा रुम्बा, पाँचौ हरिवंश आचार्य, छैटौं  सुरजसिह ठकुरी, सातौं अनिल शाह, आठौं बाबुराम भट्टराई, नवौं विनोद चौधरी, दसौं सुगम  पोखरेल थिए। दोस्रो संस्करणमा गगन थापा र राजेश हमाललाई क्रमशः दोस्रो र तेस्रो  स्थानमा पार्दै भूषण दाहाल पहिलो स्थान ओगट्न सफल भएका थिए। दोस्रो गगन थापा,  तेस्रो राजेश हमाल, चौथो निमा रुम्बा, पाँचौ पारस खड्का, छैटौं हरिवंश आचार्य, सातौं डा  बाबुराम भट्टराई, आठौं अनिल शाह, संजीव उप्रेती, नवौं कमल थापा, दसौं डा. भोला  रिजाल तथा प्रशान्त ताम्राकार थिए। तेस्रो संस्करण अर्थात् गत वर्ष सौगात मल्लले पुराना  सबैलाई विस्थापित गरेर पहिलो स्थान हासिल गरे। सौगातका अतिरिक्त क्रमशः गगन थापा,  राजेश हमाल, अनिल शाह, डा. बाबुराम भट्टराई, निमा रुम्वा, भूषण दहाल, रमेश खरेल,  सुरजसिंह ठकुरी, सागर थापा, सुरज वैद्य आकर्षक दसमा थिए। गत वर्ष रमेश खरेल, सागर  थापा, सुरज वैद्य आकर्षक १० भित्र पहिलो पटक प्रवेश गरेका थिए। पहिलो सर्वेक्षणमा परे  पनि आकर्षक १० बाट आउट भएका भिजे सुरजसिंह ठकुरी गत वर्ष र यो वर्ष पनि आकर्षक दसमा रहन सफल भए। गत वर्ष पारस खड्का ११ औं स्थानमा थिए।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

विदुर खतिवडा/शिव मुखियाद्वारा अन्य प्रकाशित लेखहरू

टप टेन : २
| अंकहरु: 16-8
मिसन प्लस टु
| अंकहरु: 16-8

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :