पोखरा महोत्सवमा संगीतको तातो
युनाइटेड क्लब पोखराले झन्डै दस दिनसम्म आयोजना गरेको तेस्रो पोखरा महोत्सव संगीतले तात्यो। लोक आधुनिकदेखि पप सबै खाले संगीतको सम्मिश्रण महोत्सवमा देखियो।
सुगम पोखरेलदेखि मिङ्पा शेर्पासम्म युवा दर्शकको रोजाइ बने। चर्चित कभवेभ ब्यान्डको प्रस्तुतिले पनि युवायुवतिलाई धक फुकाएर नाच्ने वातावरण सिर्जित गरायो। चर्चित दोहोरी गायक पशुपति शर्मा पनि नजम्ने कुरै थिएन। उनले पनि लो कपारखीहरूलाई हल्लाएर छाडे। स्थानीय कलाकारहरूको प्रस्तुति उस्तै बेजोड थियो। पोखरा औद्योगिक व्यापार मेला तथा सडक महोत्सवको मज्जा लिएको केही समय नबित्दै दर्शक पोखरा महोत्सवमा आफूलाई नचाउन पुगे। बुधबारसम्म चलेको महोत्सवमा हरेक दिन दर्शकले संगीतका फरक विधाको स्वाद लिए।
तपाईंको प्रतिकृया