फेसन

गृहपृष्ठ » » फेसन » लेखहरु »

स्टाइलिस फुटवेयरको ट्रेन्ड

विश्व बजारमा ग्ल्यामर उद्योगको दबदबासँगै ग्ल्यामरको अर्को पाटो फेसनको संसारमा पनि नयाँ क्रान्ति आएको छ। उपभो क्ताको रुचिअनुरूपका पहिरनदेखि लिएर अन्य विविध सामग्री प्राप्त गर्न अब केही चाहिन्न, मात्र हातमा क्यास भए पुग्छ।  राजधानीलगायत अन्य सहरहरूमा मल संस्कृतिको विकासका साथै एउटै छानामुनि सबै सुविधा उपलब्ध भएअनुसार विविध  कम्पनी तथा ब्रान्डका फुटवेयरहरू सजिलै उपलब्ध हुन थालेका छन् । प्रतिस्पर्धाको समय भएर होला, कोही पनि कम हुन  चाहँदैनन्। 'पहिरनअनुसार फुटवेयरको सही छनोट गर्न सकिएन भने नुनबिनाको तरकारीझैं हुन्छ। विगतका दिनहरूमा प्रायशः  एउटै डिजाइनमा मात्र पाइने फुटवेयर अहिले मौसमअनुसार तथा अवसर अनुसार छानीछानी खरिद गर्न सकिन्छ। अहिले  बजारमा स्वदेशी ब्रान्डदेखि अन्तर्राष्ट्रिय ब्रान्डका फुटवेयरहरू विभिन्न रेन्जमा उपलब्ध छन्।

हाल बजारमा उपलब्ध फुटवेयरहरू स्टाइलिस तथा कम्फर्टेबल छन्। धेरै डिजाइनमा विगतका मोडललाई परिमार्जित गरिएको  छ। फ्लावर विद फ्ल्याट वेज हिल तथा हाइहिलले फुटवेयरको संसारमा नयाँ आयाम थपेको छ। टिनएज, कलेज स्टुडेन्टदेखि  गृहिणी एवं कामकाजी सबैको रोजाइमा फ्ल्याट तथा वेज हिल परेको छ। परम्परादेखि चलिआएको पम्प सुजको साम्राज्यलाई  ग्ल्याडिएटर तथा वेज हिलले चुनौती दिएको छ। साधारण आउटलुक भन्दा स्टाइलिस आउटलुक भएका फुटवेयर बढी रु चाइएको कुरा बताउँर्दै काठमाडौं डिल्लीबजारस्थित, क्लासिक इन्डियन फुटवेयरका विक्रेता उत्तम भट्टराई फुटवेयर चुज गर्ने  मामिलामा उपभोक्ताहरू पहिलेभन्दा बढी सजग भएको बताउँछन्। अहिलेका ग्राहकले क्वालिटी तथा आउटलुकमा ध्यान दिने  तर मूल्यमा सम्झौता नगर्ने पनि भट्टराईले उल्लेख गरे।

जति साधारण लवाइ त्यति असल युवती भन्ने कुरा बिस्तारै यो पुस्ताले बिर्सदै गएको र त्यसको सट्टामा जति स्र्माट र  स्टाइलिस, त्यति योग्य भन्ने धारणा बन्दै गएको जानकारहरू बताउँछन्। ड्रेसअपअनुसार फुटवेयर चुज गर्ने चलनकै कारण  स्टाइलिस फुटवेयर रोजाइमा पर्न थालेको हो। भर्खरै सिभिल मलबाट नयाँ फ्ल्याट सुज खरिद गरेकी २१ वर्षीया मञ्जु तामाङ  भन्छिन्-'जे पायो त्यही लगाएर पनि त भएन् नि...आफ्नो पर्सनालिटी र चलेको फेशन ट्रेन्ड त फलो गर्नै पर्‍यो।' शुज खरिद  गर्न पिपल्स प्लाजा तथा सिभिल मल जाने गरेको बताउँदै तामाङ भन्छिन्- मूल्यले केही फरक पार्दैन, तर चलेको  फेसनअनुरूप हुनुपर्छ। स्टाइलिस पहिरनले मात्र स्टाइलिस देखिन सकिँदैन, फुटवेयरमा पनि नयाँ ट्रेन्डलाई फलो गर्नुपर्छ।

भोटाहिटीस्थित सु-शुजबाट भर्खरै कोरियन लेदर सुज खरिद गरेर फुरुङ परेकी १९ वर्षीया सुभानी कोरियन ट्रेन्डकी डाइहार्ट  फलोवर हुन्। 'पहिरन मात्र होइन, सुज पनि स्टाइलिस हुनुपर्छ!' पुरानो डिजाइनको सुज भए आउटलुक नै बिग्रने उनले  बताइन्। पुरुषहरूका लागि केही नेपाली ब्रान्ड स्थापित भए पनि महिलाहरूको स्टाइलिस फुटवेयरका लागि पूर्ण रूपमा विदेशी  आयातमा भर पर्नुपरेको तीतो सत्य पनि छ।

फुटवेयर टिप्स

साइज नापेर मात्र खरिद गर्ने  

खरिद गर्दा साँझको समयमा गर्ने, किनभने दिनभरिको हिँडडुलपछि पैतालाको आकार ठूलो भएको हुन्छ।

अवसर अनुसार सही फुटवेयर चुज गर्ने। जस्तै, बिहान मर्निङ वाकका लागि रनिङ सुज।

अल्टरनेटिभ सुज राख्ने बानी बसालौं। सधैं एउटै सुज लगाउनु स्वास्थ्य तथा पर्सनालिटी दुवै दृष्टिले राम्रो होइन।

एक जोर कालो रंगको सुज सधै आफ्नो साथमा हुनुपर्छ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

संकल्प वर्ष २०७१ का

परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ, आफू बदलिए समाज बदलिन्छ, समाज बदलिए...

पूरा लेख »
वर्ष ७० लाई सलाम गर्न मन लाग्छ

रवीन्द्र अधिकारी विद्यार्थी राजनीतिबाट आएका लोकप्रिय नेता हुन्।...

पूरा लेख »
संकल्प-२०७१

हरेक काठमा बल्ने सम्भाव्यता भएजस्तै हरेक युवामा पनि केही गर्न...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :