समाचार

गृहपृष्ठ » » समाचार » लेखहरु »

थाइल्यान्डमा तीन हस्ती

ठूलो पर्दाका महानायक राजेश हमाल र सानो पर्दाका सबैभन्दा लोकप्रिय कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला  थाइल्यान्डमा सम्मान थापेर आज फर्किंदैछन्। थाइ नेपाली समाजको अधिवेशनको अवसर पारेर बैंकक निम्त्याइएका उनीहरू लाई आयोजकले भव्य कार्यक्रमका बीचमा सम्मान प्रदान गरेको थियो। गत शनिबार सुरु भएको एनआरएन थाइल्यान्डको  अधिवेशन कार्यक्रममा त्रय कलाकारका अतिरिक्त निर्माताद्वय मन्जिल श्रेष्ठ तथा कविता श्रेष्ठ पनि सम्मानित भएका थिए। ने पाली कलाजगतमा लामो समयदेखि कार्यरत रहेका कलाकारहरूलाई एनआरएन थाइल्यान्डले सम्मान गर्दै आएको छ। यो टो लीले गत आइतबार आयोजित सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति पनि दिएको थियो। दीपकराज गिरीले देशको  समसामयिक परिवेशमा रहेर गरेको तिखो ब्यंग्यमा दर्शक-श्रोता मस्त हाँसेका थिए। महानायक हमालले भने आफ्ना चर्चित  डायलग सुनाएर उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए। थाइल्यान्ड यात्राकै क्रममा कविता श्रेष्ठ निर्मित वरदान  चलचित्रको मंगलबार विशेश च्यारिटी शो आयोजना गरिएको थियो।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

साप्ताहिक समाचारद्वारा अन्य प्रकाशित लेखहरू

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :