पर्व

गृहपृष्ठ » » पर्व » लेखहरु »

थारू समुदायका लागि तिहारजस्तै माघी

सोमबादेखि घरघरमा भैलो खेल्ने समूह नाचगान गरिरहेका छन्। तिहारको झल्को दिने यी नाचगान तिहारका भने हो इनन्। यो हो- माघीको भैलो। अन्य समुदायले तिहारमा भैलो खेल्ने गरे पनि थारु समुदायले भने माघीमा भैलो खेल्छन्।

पश्चिम तराईका थारु समुदायले यसरी विभिन्न परम्परागत संस्कारलाई निरन्तरता दिंदै एक सातासम्म माघी मनाइरहेका  छन्। विभिन्न मीठा-मीठा परिकार बनाएर खानुका साथै एक सातासम्म नाचगान गर्दै भैलो खेल्ने पनि माघीको प्रमुख विशे षता हो।

यो दिदीबहिनी पुज्ने पर्व हो। अन्य समुदायले तिहारमा दाजुभाइको पूजा गरेजस्तै माघीमा थारु दाजुभाइले दिदीबहिनीलाई पूजा  गर्छन्। यस पर्वमा दिदीबहिनीलाई दाल, चामल र नुन पोको पारेर उपहार दिने चलन छ। जसलाई 'निसराउ' भनिन्छ। माघीको  दिन घरमै ढिकरी, रोटी, बिभिन्न थरी अचार र मासुका परिकार बनाएर खाइन्छ। भोलिपल्ट निसराउ लिएर दिदीबहिनीको  घरमा जाने चलन छ।

थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा पनि मनाउँछन्। यसै दिन नयाँ महतवा अर्थात् गाउँको अगुवा चुन्ने  गरिन्छ। वर्षभरि थारु गाउँको कामकाज महतवाकै निर्देशनअनुसार चलाइन्छ। विगतमा पूजाआजा र कुलोपानीमा मात्र केन्दि्रत  महतवा प्रथा अहिले गाउँका वादविवाद मिलाउन पनि क्रियाशील छ। माघीको महत्वपूर्ण विशेषताअन्तर्गत दिदीबहिनी पुज्नुका  साथै महतवा छनौट पनि रहेको थारु महतवा संघका जिल्ला अध्यक्ष रामप्रसाद चौधरीले बताए।

माघीलाई कमैया-कम्लरीको नवीकरण गर्ने र नयाँ कमैया-कम्लरी राख्ने पर्वका रूपमा पनि लिइन्छ। कमैया मुक्तिको घोषणा  भएपछि कमैया राख्ने चलन हटेको छ। जिल्ला भूमिसुधार कार्यालयका अनुसार अहिले दाङ जिल्ला १ हजार ४ सय २६ मुक्त  कमैया छन्। तीमध्ये ७ सय ५ परिवारको पुनस्र्थापना भएको भूमि सुधार कार्यालयले जानकारी दिएको छ।

यसैगरी २०६५ माघ १ गते दाङलाई कम्लरीमुक्त जिल्ला घोषणा गरेपछि जिल्लामा खुलेआम कम्लरी राख्ने चलन हटेको छ।  दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका १२ हजार ७ सय ७६ कम्लरीमध्ये १२ हजार ४५ कम्लरीको उद्धार भएको  छ। मुक्त भएकामध्ये ६ हजार ८ सय ७२ जना एक कक्षादेखि स्नातकसम्म अध्ययनरत रहेको पूर्व कम्लरीको संस्था मुक्त  कम्लरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष मञ्जिता चौधरीले बताएकी छिन्।

आजभोलि माघीमा खुलेआम कम्लरी खोज्ने क्रम रोकिएको छ। कम्लरी प्रथा रोक्न गाउँगाउँमा मुक्त कम्लरी सक्रिय छन्। तै पनि कमैया मुक्तिका १२ र कम्लरी मुक्तीका चार वर्ष बिते पनि उनीहरूको पुनस्र्थापनामा भने अझै पनि समस्या छ।  सरकारले कम्लरीका लागि प्रदान गरेको छात्रवृत्ति रकम विद्यालयले विविध शुल्कका नाममा कटौती गर्दा उक्त रकम  कम्लरीका हातमा पर्न सकेको छैन। मुक्त कमैया र कम्लरीको उचित पुनस्र्थापना हुन सके मात्रै थारु समुदायका लागि माघी  हर्षको पर्व बन्न सक्ने मुक्त कम्लरी विकास मञ्चका प्रबन्धक फकला थारु बताउँछन्।

माघी महोत्सवमा रमाए थारू

बुटवल- माघे संक्रान्तिको अवसरमा रुपन्देहीको मोतीपुर अमुवामा आयोजित माघी महोत्सवमा थारू कलाकारहरूले मातृ  भाषाका संगीत पारखीलाई दुई दिनसम्म पर्याप्त मनोरन्जन दिलाउँदै नचाए। शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको  महोत्सवमा गायक श्रीनिवास चौधरी, हरिनारायण चौधरी, खेम थारू, सीताराम थारू, आशा चौधरी, सरस्वती थारू, सीमान्त  थारू, कविता थारू र गीता चौधरीले थारू भाषाका गीतमार्फत सहभागीलाई झुमाए। यस्तै भोजपुरी चलचित्रकी नायिका  बिज्जु खवास, शर्मिला थारू र जीएसआर ग्रुपका कलाकारले जातीय पहिचान र संस्कृति झल्कने थरीथरीका नृत्यमार्फत दशर् कलाई मनोरन्जन दिलाए। महोत्सवमा थारूहरूको परम्परागत नृत्य मयूर नाच, झुमडा, झाम्टा, झर्रा र लाठी नाचसँगै झाँकी  र वेशभूषा पनि प्रदर्शन गरिएको थियो। थारू खानाका परिकार पनि महोत्सवको प्रमुख आकर्षण थियो।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :