साताको स्वर

गृहपृष्ठ » » साताको स्वर » लेखहरु »

रेनु विष्ट केसी, गायिका

सांगीतिक रूपमा कत्तिको सक्रिय हुनुहुन्छ ?

भर्खरै दोस्रो एकल एल्बम 'अन्तरध्वनि' श्रोतामाझ ल्याएकाले सांगीतिक व्यस्तता बढेको छ। काठमाडौंबाहिर आयोजना भैरहेका  महोत्सवहरूमा पनि व्यस्त छु।

'अन्तरध्वनि' मा कस्ता गीत छन् ?

'पहिलो पाइला' शीर्षकको मेरो पहिलो एल्बम सार्वजनिक भएको करिब दुई वर्षपछि श्रोतामाझ आएको यो एल्बममा आधुनिक  तथा गजल शैलीका गीत छन्।

श्रोताले कस्ता गीत मन पराएका छन् ?

एल्बमका तीनवटा गीत लोकप्रिय भएका छन्। गजल शैलीको 'फेरि एक हुन मिल्छ र प्रिय', आधुनिक शैलीको 'तिमी जहाँ भए  पनि' तथा नृत्य गर्न मिल्ने शैलीको 'छम छम...' लोकप्रिय भएका छन्।

गायकलाई भन्दा गायिकालाई सांगीतिक क्षेत्रमा गाह्रो छ भनिन्छ नि ?

त्यसो त अहिले सांगीतिक क्षेत्रमा टिकिरहन सबैलाई गाह्रो छ। हामी जस्ता विवाहित महिलालाई त निरन्तरता दिइरहनसमेत  गाह्रो छ। एल्बमको बिक्री ठप्प हुँदा सांगीतिक कार्यक्रममा मात्र भर पर्नुपर्ने स्थिति छ।

गायन तपाईंको सौख कि करियर ?

सुरुमा त यो एउटा सौख मात्र थियो। प्रकाश गुरुङ र गुरुदेव कामतसँग संगीतको प्रशिक्षण लिएर दुईवटा एल्बम सार्वजनिक  गरिसकेपछि अब यसलाई करियरकै रूपमा अँगालेकी छु। हरेक दुई वर्षको अन्तरालमा नयाँ एल्बम सार्वजनिक गर्ने योजना  बनाएकी छु।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

Let's सेलिब्रेट

गायक नवीन के भट्टराईले प्रेमिकामा आधारित भएर यो गीत गाएका हुन...

पूरा लेख »
चेन बिजनेसमा रेस्टुराँ

डेढ दशकअघि टिकापुर कैलालीमा ५० हजारजति रुपैयाँ व्यवस्था गरेर...

पूरा लेख »
वर्षका सर्वोत्कृष्ट ब्लोअप

साप्ताहिकको मध्यपृष्ठको चर्चा-परिचर्चा सधैं हुन्छ। १९ औं वर्षमा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :