सुस्मिता ढकाल (नायिका/मोडल)
तपाईं 'मेरो भ्यालेन्टाइन'की नायिका, तपाईंको भ्यालेन्टाइनचाहिँ को नि ?
चलचित्र खेल्दैमा त्यसमा जस्तै प्रेम गर्नैपर्छ र ?
तैपनि प्रेमको अनुभव त होला ?
स्कुलदेखि नै मसँग प्रेम गर्न चाहनेहरू थिए, तर अहिलेसम्म मैले प्रेम गर्न चाहेको व्यक्ति फेला पारिसकेकी छैन।
'मेरो भ्यालेन्टाइन'मा तपाईंको नायक बाबु बोगटीले साँच्चैकै प्रेम प्रस्ताव राखे भने नि ?
यस्तो हुनै सक्दैन। पर्दामा जोडी भए पनि म उहाँलाई दाइ मान्छु।
कोसँग अभिनय गर्दा डर लाग्यो, निशा अधिकारी कि बाबु बोगटी ?
किन डराउने ? बरु मेरो पहिलो चलचित्र भएकाले दुवैले मलाई सिकाउनुभयो र आत्मविश्वास बढाउनुभयो।
'ओपन डेट' जानुपर्यो भने।
डेविड भिल्लासँग
आफ्नै ब्वाइफ्रेन्डसँग किन नभन्नुभएको ?
भए पो भन्नु। प्रेमको बाटो रोज्नुभन्दा करियर बन्ने बाटो रोज्नु मेरो लागि महत्वपूर्ण छ।
करियर त बन्यो नि, चलचित्रकी नायिका भै हाल्नुभयो ?
म अब चलचित्र खेल्दिनँ, संभवतः यो नै मेरो पहिलो र अन्तिम चलचित्र हुनेछ। ब्याचलर सेकेन्ड इयरको परीक्षापछि म फिल्म स्टडिजका लागि अस्ट्रेलिया जाने तयारीमा छु। भविष्यमा चलचित्र निर्देशक बन्ने लक्ष्य लिएकी छु।
कसैगरी पहिलो चलचित्र सुपरहिट भयो भने नि ?
सुपरहिट त हुन्छ नै, तैपनि म अब चलचित्र खेल्दिनँ, बरु म्युजिक भिडियो खेल्छु।
तपाईंले जीवनमा गरेको सबैभन्दा ठूलो बदमासी ?
बदमासी गरिरहन्छु। ब्याचलर फस्ट इयरको फाइनल परीक्षाको एकदिन नेपालीको परीक्षा छाडेर हलमा चलचित्र हेर्न गएको थिएँ। अहिलेसम्म घरमा कसैलाई थाहा छैन।
सबैभन्दा नराम्रो बानी ?
झगडालु छु। झनक्क रिस उठ्छ। एकपटक दाइले घर ढिलो आएकोमा गाली गरेपछि एक्वारियम नै फोडिदिएँ।
कसैलाई कुट्नुभएको छ ?
स्कुलको मनिटरले सर्ट बाहिर निकाली भनेर मेरो सर्ट काटिदियो, अनि उसलाई घरमै गएर हातपात गरेकी थिएँ।
मन नपर्ने सेलिब्रेटी ?
अभिषेक बच्चन
सेक्सी लाग्ने तीन स्वदेशी सेलिब्रेटी ?
कर्म, गौरव पहारी र सुगम पोखरेल
बिहान उठ्दा लिंग परिवर्तन भएर राम्रो युवक हुनुभएछ भने ?
हुनै सक्दैन, युनिभर्सल ट्रूथ हो कि म केटी हुँ र कहिल्यै केटा हुनेछैन। केटी भएर जन्मन पाएकोमा मलाई गर्व छ।
विवाहको पहिलो रात श्रीमान् समलिंगी भनेर थाहा पाउनुभयो भने ?
उसको विचारलाई सम्मान गर्दै उसँग असल मित्रको व्यवहार गर्थे।
चुम्बन कि सेक्स ?
अविवाहित युवतीलाई यस्तो 'टु मच पर्सनल' कुरा सोध्नुहुन्न भन्ने थाहा छैन ?
तपाईंको प्रतिकृया