अनुभव

गृहपृष्ठ » » अनुभव » लेखहरु »

व्यस्तता

कलाकार बन्ने रहर जागेर झन्डै एक दशकयता निरन्तर यो क्षेत्रमा सक्रिय छु, चर्चित कलाकार बन्ने सपना थियो। सानो रोलमा काम पाउन पनि घन्टौं कुरेका दिन पनि थिए। दिनरात भोक तिर्खा नभनी कुरेर त्यो सिनका लागि काम पाउँदा दंग हुन्थे।  मैले ठूलो पर्दा, सानो पर्दा सबैका निम्ति काम गरेको थिएँ। तीतो सत्यमा काम गरेपछि मात्र केही चर्चित भएँ। अभिनयसँगै  गायनमा पनि सक्रिय थिएँ। ए दोस्ती हम नहि छोडेंगेको नेपाली रिमेक भर्सनले पनि केही चर्चामा ल्यायो। निरन्तरताकै  प्रतिफल मान्नुपर्छ, मेरी बास्सैमा तक्मे बूढाको भूमिकामा काम गरेपछि पहिलो भागदेखि नै मैले सोचेभन्दा बढी लोकप्रियता  कमाएँ। पूर्वेली लिम्बु लाहुरेको लवजलाई मैले दुरुस्तै उतार्ने प्रयास गरेको थिएँ। मैले सुनिल रावलको निर्माणमा बनेको चलचित्र  सायदमा मुख्य भूमिकामा अभिनय गरेको थिए।

उक्त चलचित्रले सफल व्यापार गरेपछि मेरो कलाकारिताको करिअर अझै चम्कियो। विगत छ महिनाको अवधिमा म अत्यधिक  व्यस्त भएको छु। स्थापित कलाकारहरू व्यस्त हुँदा उनीहरूको लोभलाग्दो क्रेज देखेर म छक्क पर्थे, आज म पनि व्यस्त भएको  छु। व्यस्त भए पनि म समयलाई साह्रै सम्मान गर्छु, सानो भूमिकाको अभिनयका निम्ति रातभर कुर्ने कुनै बेलाको क्षण सम्झेर  म सुत्ने कामलाई प्राथमिकता दिन्न। झण्डै एक वर्षअघि चलचित्र सायद रिलिज भएकै बेला मैले पहिलो पटक कोरियामा कार्यक्रमका लागि निम्तो पाएँ। मैले पहिलो पटक पाएको विदेशी स्टेज पर्फमेन्सको अवसरलाई वाहवाहीमा बदल्न सफल भएँ।  त्यसपछि हङकङ गए, हङकङको कार्यक्रम सोचेभन्दा धेरै सफल भयो। एक जना दम्पतीले छोराछोरीलाई तिम्रो हजुरबा तक्मे  बूढाजस्तै हुनुहुन्थ्यो भनेका रहेछन्, छोराछोरी आएर मेरो खुट्टैमा ढोगे र आशीर्वाद मागे। म अवाक् भए। हङकङलगत्तै म  सिंगापुर गएँ, त्यहाँ पनि कार्यक्रम सफल भयो। पहिलो कार्यक्रम अत्यधिक सफल भएकैले कोरिया, हङकङ र सिंगापुर पनि दुई  पटक पुगिसके। सिंगापुरपछि बेलायतको एक महिने टुरमा जाने तयारीमा थिए।

त्यहिबेला दुइवटा चलचित्रबाट अफर आयो। मसँग १४ दिन खाली समय थियो, सोहीअनुरूप विकास आचार्यको रिदम र र  सुरज सुब्बा नाल्बोको प्रोमिसका लागि उक्त डेटमा काम गरे। हास्यगायक प्रकाश पौडेलको हाँस्ने गीतको म्युजिक भिडियोका  लागि पनि काम गरे। लन्डनका अतिरिक्त स्कटल्यान्ड, नर्थ आयरल्यान्ड आदि राज्यमा आयोजित कार्यक्रममा मैले स्टान्डअप  कमेडी दिए। बेलायतबाट फर्किएलगत्तै एक दिन नेपाल बसेर ब्रुनाई पुगे। मैले अभिनय गरेको सुरज सुब्बा नाल्बोकै निर्देशनको  चलचित्र फेसबुकको प्रेसमिटका लागि त्योबीचको एक दिन उपयोग गर्न भ्याए। ब्रुनाइबाट फर्किएपछि फेरि कोरिया गए।  त्यसपछि राजकुमार राईको चलचित्र प्रोड्युसरका निम्ति काम गर्न थालें।

प्रोड्युसरको काम गर्दा गर्दै कार्यक्रमका लागि फेरि हङकङ पुगें। इजरायलबाटै हङकङ पुग्नुपर्ने भयो। दुई दिन टर्कीको  इस्तानबुल बसेर हङकङ गए। विजयादशमीको दिन नेपाल आए। विमान उडानकै अवधिमा हामीले दसैंको टिका आदान-प्रदान  गर्‍यौं। विजयादशमीको भोलिपल्ट कतार पुगे। कतारबाट पूणिर्माको दिन फर्किएँ र सोही दिन कार्यक्रमकै लागि राजेशपायल  राई र म इटहरी पुग्यौं।  कतारपछि कार्यक्रमकै सिलसिलामा जापान र दुबई पुगिसकेको छु। एक वर्षमा मैले हास्यकलाकारका  रुपमा १४ मुलुकमा कार्यक्रम गरेको छु जुन कीर्तिमान बनेको रहेछ । कार्यक्रमका सिलसिलामा अष्ट्रेलियामा त  एक रात  मात्र विताएर धनकुटाको कार्यक्रम गर्न आइपुगे ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :