कोरियन लुक्सकी एल्जिना
बूढासुब्बा मन्दिरमा भाकल गर्ने लाखौंमा उनी पनि एक हुन् अर्थात् एल्जिना राई। धरान छाताचौक, चतरालाइनकी एल्जिना १२ कक्षासम्मको अध्ययन पूरा गरिसकेकी छिन्। राईमा मोडलिङमा लाग्ने रहर छ। २० वर्षीया राई ५ फिट २ इन्च अग्ली छिन्। कोरियन लुक्समा हिँड्न मन पराउने राई प्रायः कोरियन ड्रेसमै झुल्किन्छिन्। उनले गत वर्ष सम्पन्न मिस राई प्रतियो यगिताको फोटोजेनिक उपाधी प्राप्त गरेकी थिईन्। अहिले अध्ययनलाईनै समय दिने योजनामा रहेकी राई थुप्रै म्युजिक भिडियोमा अफर आउंदा पनि राजी भएकी छैनन्। मोटी छौ कि क्या हो ? भन्ने प्रश्नमा एल्जिनाले भनिन्- स्लिम पो छु त कहाँ मोटी हुनु ? उनको अहिलेसम्म ब्वाइफ्रेन्ड छैन। मन पराउनेहरूको चाहिँ लर्कै छ रे। उनलाई कसैले राई भन्दैनन्, किनभने उनको आँखा फराकिला छन्। त्यसमाथि कोरियन लुक्स् खुबै सुहाएको छ उनलाई। अपोजिट सेक्समा केटाहरूको मीठो बोलीले चाँडै प्रभाव पार्ने उनी बताउँछिन्। फुर्सदमा फेसबुक चलाउने राईलाई माया कहाँबाट सुरु हुन्छ भन्ने प्रश्नको जवाफ दिन्छिन्- फ्रेन्डसिपबाट हुन्छ नि, त्यति पनि थाहा छैन ?
तपाईंको प्रतिकृया