फिल्मी खबर

गृहपृष्ठ » » फिल्मी खबर » लेखहरु »

मञ्जरीको सहयोग

प्रदर्शनको तयारीमा रहेको चलचित्र 'मञ्जरी' ले सामाजिक सेवामा हात बढाएको छ। आगामी चैत ९ गतेदेखि देशव्यापी प्रदर्शन हुने यो चलचित्रले माघे संक्रान्तिको अवसर पारेर काठमाडौंको परोपकार अनाथालयमा रहेका अनाथहरूलाई सहयोग गर्दै  समाज सेवातर्फ हात बढाएको हो। गत आइतबार भीमसेनथानस्थित परोपकार अनाथालय केन्द्रमा एक कार्यक्रमको आयोजना  गर्दै चलचित्रको

'फस्ट लुक' सहित कलाकारहरूलाई समेत पहिलो पटक सञ्चारकर्मीमाझ चिनजान गराइएको थियो। उक्त  अवसरमा अनाथालयमा रहेका बालबालिकाहरूलाई भोजन गराइएको थियो। यसबाहेक 'मञ्जरी' युनिटले चलचित्रमा  समावेश  भएका गीतहरूको सीआरबीटीबाट उठेको रकम पनि सोही अनाथालयमा दिने घोषणा गरेको छ। गणेश देव पाण्डेद्वारा निर्दे शित यो चलचित्रका केही दृश्यलाई समेत परोपकार अनाथालयमा खिचिएको थियो। टुका इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो  चलचित्रमा गौरव पहाडी र सुजाता कोइराला नायक तथा नायिकाका रूपमा डेब्यू गर्दैछन्।

कतारमा बिन्दास

नेपालमा राम्रो व्यवसाय गर्न सफल मधुकुमार श्रेष्ठको चलचित्र 'बिन्दास' आज कतारमा प्रदर्शन हुँदैछ। राजु गिरी निर्देशित यो  चलचित्रले नायिका सुष्मा कार्कीको बेड सिनका कारण दर्शक तान्न सफल भएको थियो। कतारमा बसोबास गर्ने देव गुरुङ  तथा महेन्द्र खड्काको सक्रियतामा कतारस्थित दोहा सिनेमा हलमा आयोजना हुने चलचित्रको विशेष प्रदर्शनीमा सहभागी हुन  चलचित्रका नायिकाद्वय सुष्मा कार्की र रेखा घिमिरे तथा कलाकार मधुकुमार श्रेष्ठ कतारतर्फ प्रस्थान गरिसकेका छन्।

खुर्पा भयो काले  

प्रारम्भमा 'खुर्पा' शीर्षक राखेर शुभमुहूर्त समेत गरिएको चलचित्रको छायांकनसम्म पुग्दा शीर्षक नै परिवर्तन गरिएको छ।  करिब ४० प्रतिशत छायांकन सम्पन्न भैसकेको यो चलचित्र अब

'काले' शीर्षकमार्फत दर्शकमाझ पुग्नेछ। महेश गिरीले निर्माण गरिरहेको यो चलचित्रमा कर्णालीको कथालाई केन्द्रबिन्दुमा राखिएको छ, जसमा उद्धव अविदितको कथा तथा निर्देशन छ।  राजु थापाले छायांकन गरिरहेको यो चलचित्रमा सुरेश अधिकारीको संगीत निर्देशनमा चारवटा गीत छन्। चलचित्रमा दिनेश  दुलाल, जेनिसा केसी, निस्तेज निरौला, श्रीयनी सिखडा, महेश गिरी आदि कलाकारले अभिनय गरिरहेका छन्।

मेरो कथालाई युनिभर्सल

पश्चिम नेपालमा व्याप्त बादी प्रथामा आधारित नयाँ नेपाली चलचित्र 'मेरो कथा' लाई चलचित्र सेन्सर बोर्डले 'युनिभर्सल'  प्रमाणपत्र दिएको छ। यही माघ महिनाको अन्तिम सातादेखि सुदूरपश्चिमबाट यो चलचित्रको प्रदर्शन प्रारम्भ गरिनेछ। वादी  जातिका महिलाहरूको जीवनकथामा आधारित यो चलचित्रमा पश्चिमी ठेट भाषा प्रयोग गरिएको छ। थाडी भाका तथा देउडा  गीत समेत समावेश गरिएको यो चलचित्रको अधिकांश छायांकन कैलाली, कञ्चनपर तथा चितवनमा गरिएको हो। भिजन ने पाल फिल्म्सको ब्यानरमा निर्माण गरिएको यो चलचित्रका निर्देशक देव नेपाल हुन्। रवीन्द्र बरालले निर्माण गरेको यो  चलचित्रमा बीबी अनुरागी संगीत, रवीन्द्र बरालको छायांकन तथा द्वन्द्व छ।  चलचित्रमा गंगा बस्याल, अशोक धिताल, देव ने पाल, नन्दा बस्याल, प्रेम थापा, डम्बर उपाध्याय आदि कलाकारले अभिनय गरेका छन्। चलचित्रमा नायक आयुष रिजाल तथा  नायिका पूजना प्रधानले आईटम नृत्य गरेका छन्।

दीक्षित भइन् केकी

नायिका केकी अधिकारी दीक्षित भएकी छिन्। त्रिभुवन विश्वविद्यालयले अघिल्लो साता काठमाडौंमा आयोजना गरेको ३८ औं  दीक्षान्त समारोहमा केकी दीक्षित भएकी हुन्। उनले यसै वर्ष ब्याचलर इन इन्फर्मेसन म्यानेज्मेन्ट गरेकी हुन्।

अस्ट्रेलियामा चलचित्रको साइत

नेपाली चलचित्रको बजार विस्तार हुने क्रममा अब विदेशमै चलचित्रको शुभसाइत तथा छायांकन समेत हुन थालेका छन्। यसै  साता अस्ट्रेलियाको सिड्नीमा चलचित्र 'ऋतु' को एक कार्यक्रमका बीच शुभसाइत गरिएको छ। शुभसाइत समारोहमा  कलाकारहरूले चलचित्रको आफ्नो भूमिकाका बारेमा जानकारी दिएका थिए। मनोज अधिकारीले निर्देशन गर्ने यो चलचित्रमा  गैर आवासीय नेपालीको लगानी रहनेछ। चलचित्रमा नायक राजवल्लभ कोइराला र मिस नेपाल मलिना जोशी मुख्य भूमिकामा  प्रस्तुत हुँदैछन्।

सकिनँ भुल्न तिमीलाई

एसएलसी, फ्यूचर, तडपजस्ता चलचित्र निर्देशन गरिसकेका राज बस्न्यात यतिबेला चौथो चलचित्र 'सकिन भुल्न तिमीलाई'  को निर्माण तथा निर्देशनमा व्यस्त छन्। पोखरा तथा काठमाडौंमा छायांकन गरिएको यो चलचित्रमा सुशान्त कार्की, पनाह  अधिकारी, एसके बमजन आदि कलाकारले अभिनय गरिरहेका छन्। विवाहपछि श्रीमान्-श्रीमतीबीच हुने प्रेमकथा चित्रण  गरिएको यो चलचित्रमा जन्म राईको संगीत निर्देशन छ। चलचित्रका गीतहरूमा कोमल राजभण्डारी, निमेश सुब्बा, बिनय केटु  आदिको पाश्र्व गायन छ। यो चलचित्र आगामी नयाँ वर्षको अवसर पारेर प्रदर्शन गरिनेछ।

कलाकारको आन्दोलन जारी

चलचित्र विकास वोर्डमा ताला लगाएर प्रारम्भ भएको नेपाली चलचित्रकर्मीहरूको विरोध कार्यक्रमसहितको आन्दोलन  सिहंदरबार गेटसम्म पुगेको छ। आन्दोलनरत चलचित्रकर्मीहरूले मंगलबार अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट अगाडी १  घण्टा धर्ना दिँदै सरकारविरोधी नारा लगाए। आन्दोलनको सातौं दिन नायिका करिश्मा मानन्धरले समेत आन्दोलनकारी  कलाकारलाई साथ दिएकी थिइन्। टाउकोमा कालो कपडा बाँधेर सरकारप्रति विरोध जनाएकी करिश्माले अन्य चलचित्रकर्मीह रूलाई पनि आन्दोलनमा सहभागी हुन आह्वान गरिन्। कलाकारहरूले सरकारले माग पूरा नगरुन्जेल आन्दोलन जारी रहने घो षणा गरेका छन्।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
फेसन  [1]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :