प्रविधि

गृहपृष्ठ » » प्रविधि » लेखहरु »

नयाँ प्रविधि

सीपीयु (CPU) बिनाको कम्प्युटर हामी सोच्न पनि सक्दैनौं तर केही समयअघि एउटा कम्प्युटिंग डिभाइस बजारमा आएको  छ जसको प्रयोगले सीपीयूबिना पनि कम्प्युटर चलाउन सकिन्छ। त्यो पनि एक जना मात्र नभै २ वा २ भन्दा बढी प्रयोगकर्ता ले यसको प्रयोग गर्न सक्नेछन् जसले सीपीयूको मूल्य घटाउँछ र अन्ततः कम्प्युटरको मूल्य झन्डै-झन्डै ५० प्रतिशतले घट्नेछ। अर्को महत्वपूर्ण कुरा यसको प्रयोगमा हार्ड डिस्कको आवश्यकता पर्दैन, किनभने सम्पूर्ण डाटा सर्भरमा स्टोर हुन्छ। अर्को  कुरा प्रयोगकर्ताको महत्वको हिसाबले एप्लिकेसनहरूमा प्रतिबन्ध पनि लगाउन सकिन्छ। यसको प्रयोग भएका कम्प्युटरहरूमा  अपडेटको पनि आवश्यकता पर्दैन। अपडेट सर्भरमा मात्र आवश्यक हुन्छ। यो एप्लिकेसनले सबै प्रकारका मल्टिमिडिया, फ्ल्यास  तथा इन्टराक्टिभ अडियो एप्लिकेसनहरूलाई सपोर्ट गर्छ।

यसलाई विशेष गरेर शैक्षिक संस्था तथा अन्य संस्था जहाँ धेरै कम्प्युटर प्रयोग भएका छन्, ती कम्प्युटर नेटवर्कमा प्रयोग गर्न  सकिन्छ। यसले मूल्यमा ५० प्रतिशतले कटौती मात्र नगरी नेटवर्कलाई सुरक्षित एवं चुस्त पनि बनाउँछ। अर्को विशेषता भनेको  यो प्लग एन्ड प्ले डिभाइस हो, अर्थात् यसलाई आफूले चाहेको बेलामा सर्भरमा कनेन्ट गरेर आवश्यकता पूरा भएपछि  निकाल्न सकिन्छ।

अन्य विशेषताहरू

कम्पेटिबल अर्थात् कुनै पनि सिस्टममा प्रयोग गर्न सकिने।

मूल्यमा ५० प्रतिशतले कटौती।

एउटा डिभाइसमा ३० जनासम्म प्रयोगकर्ता राख्न सकिने।

हरेक प्रकारका थ्रिडी तथा मल्टिमिडिया एप्लिकेसन प्रयोग गर्न सकिने।

यसको विस्तृत जानकारी www.ieconcopts.in बाट प्राप्त गर्न सकिन्छ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

संकल्प वर्ष २०७१ का

परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ, आफू बदलिए समाज बदलिन्छ, समाज बदलिए...

पूरा लेख »
वर्ष ७० लाई सलाम गर्न मन लाग्छ

रवीन्द्र अधिकारी विद्यार्थी राजनीतिबाट आएका लोकप्रिय नेता हुन्।...

पूरा लेख »
संकल्प-२०७१

हरेक काठमा बल्ने सम्भाव्यता भएजस्तै हरेक युवामा पनि केही गर्न...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :