अन्तिम पृष्ठ

गृहपृष्ठ » » अन्तिम पृष्ठ » लेखहरु »

रिसको व्यवस्थापन

जान्नेहरू भन्छन्- 'रिस' एक प्रकारको क्षणिक पागलपन हो। उनीहरूको भनाइ मान्ने हो भने हामीमध्ये धेरै जना यो रोगको सिकार भएका छौं। रिसको सिकार हुनु भनेको मनमा विकार फैलनु हो। मनको विकारले मानिसलाई रोग र शोकको पोखरीमा डुबाइदिन्छ।

अझ राजनैतिक अन्योलका कारण नेताहरूप्रति जनताको रिस यति धेरै बढेको छ कि, त्यो रिस एकैपटक पोखियो भने नेता र जनता दुवैलाई  एकैपटक बगाउने स्थिति छ। बगेको रिसले नेता र जनता मात्र होइन, सिंगो देशलाई पनि हुत्याउन सक्छ। त्यसैले आउनोस्, रिसलाई कसरी  व्यवस्थित गर्ने भन्ने विषयमा गजुरियल गफ सुरु गरौं।

हो, रिसको सही ब्यवस्थापन ! त्यसो त अविभावकहरू 'रिस थाम्नुपर्ने' सुझाव दिन्छन्। गुरुज्यूहरू 'रिस दबाउनु' उपयुक्त भन्छन्। कविहरूलाई  'रिसाउँदा झनै राम्री' देखिएझैं लाग्छ। कलाकारहरू 'रिसाउँदा'नि आफ्नै...' भएको मान्छन्। सन्तहरू 'एउटा गालामा हाने, अर्को गाला पनि  थापिदिने' पाठ पढाउँछन्। सन्काहाहरू अर्को गालामा हाने छाला फुट्ने गरी फर्काउनुपर्ने तर्क राख्छन्।

जोकशास्त्रीय सिद्धान्तका अनुसार, रिस दबाउने कुरा अवैज्ञानिक छ। दमनले विद्रोह निम्त्याउँछ। विद्रोहले विस्फोट ल्याउँछ। अतः रिसलाई  दबाउने होइन, सही व्यवस्थापन गर्नुपर्छ। त्यसैगरी 'रिस थाम्ने' कुरो पनि पूर्णतः अप्राकृतिक हो। रिस कुनै कुलो होइन, जो आली लगाएर थाम्न  सकियोस्। कोसीको भेलसरि उर्लेर आउने रिसलाई रोकेर, थामेर, फकाएर वा हप्काएर होइन, सही यवस्थापन गरेर मात्र नियन्त्रण गर्न  सकिन्छ।

के हो त रिसको सही व्यवस्थापन ? मानौं, हामीलाई कुनै नेताप्रति भयंकर रिस उठेको

छ ! प्रतिक्रियास्वरूप उनलाई हामी पर्याप्त गाली गर्छौं  र ठूलै बदला लिएको मान्छौं, तर  याद राख्नोस्, अधिकांश नेताको मन 'गाली प्रुफ' हुन्छ। हाम्रो गालीले उनको मस्तिष्क त के रौं पनि  हल्लाउन सक्दैन। त्यसैले जोकशास्त्रले भन्छ, राजनीतिज्ञलाई गाली गर्नु नेताको होइन, 'गाली'को

अपमान हो।

त्यसो भए रिसको व्यवस्थापन झापड प्रहारबाट हुन्छ त ? अहँ, रिस व्यवस्थापनका झापडीय प्रयोगमा हामी  थुप्रै पटक असफल भएका छौं।  जति झापड हान्छौं, नेताको उचाइ त्यति बढ्छ। यता हाम्रो रिसको पारो झन् बढ्न थाल्छ। त्यसमाथि तिनका भाषणबाज गालामा हाम्रा कर्मशील हात लगाउन, हत्केलाको बेइज्जत हुन्छ। त्यसो गर्दा, उल्टै हाम्रो हात दुख्छ, र झन् बढी रिस उठ्न सक्छ। रिस खा आफू, बुद्धि खा अर्को  भन्छन्। त्यसैले हाम्रो रिसको दुरुपयोग गरेर अर्कालाई फाइदा पुग्ने काम कहिल्यै गर्नु हुँदैन।

धेरै जना भन्नुहुन्छ- मलाई फलानो नेतादेखि यति रिस उठेको छ कि अर्को पटक भोट नै दिन्नँ। यो झन् रिसको सही व्यवस्थापन होइन,  रिसको 'छ्यालव्यालीकरण' हो। तपाईं-हामीले भोट दिएनौं भने उहाँ हार्नुहुन्छ। उहाँ हारेपछि मन्त्री बन्न पाउनुहुन्न। उहाँ मन्त्री नभएपछि हामीले  उहाँलाई गाली गर्न पाउँदैनौं। गाली गर्न नपाएपछि रिस कसरी शान्त हुन्छ, भन्नोस् त !

रिसको व्यवस्थापन त्यतिखेर हुन्छ, जतिखेर हामी उहाँहरूलाई भोट दिन्छौं, अत्यधिक बहुमतले जिताउँछौं, सभासद् र मन्त्री बनाउँछौं।  वै शाखमा संविधानसभा- २ को चुनाव हुने हल्ला छ। यदि साँच्चै चुनाव भयो भने हाम्रो आक्रोश शान्त पार्ने सबैभन्दा उत्तम अवसर हो।

उहाँहरू सभासद् बने पनि फेरि पनि संविधान आउने होइन। मन्त्री बने पनि देश र जनताको भविष्य बन्ने होइन। केही पनि गर्न नसक्ने ने ताले पाउने भनेकै जनताको गाली हो। अहिले एक-दुई जनाको मात्र गाली खाइरहेकाहरूलाई सारा दुनियाँले सराप्नेछन्। त्यसपछि पो मज्जा  आउँछ त। त्यसैले आगामी चुनावमा हाम्रा महान् नेतालाई अत्यधिक बहुमतले विजयी गराऔं। पर्याप्त गाली ख्वाऔं र रिसको सामूहिक  व्यवस्थापन गरौं, धन्यवाद।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

मनोज गजुरेलद्वारा अन्य प्रकाशित लेखहरू

लाष्ट पेज
| अंकहरु: 16-49
वान्समोर, अनुजा !
| अंकहरु: 16-50
कति हाँस्नु १
| अंकहरु: 17-1
साझा परिचय
| अंकहरु: 17-2

यस अंकका मुख्य लेखहरू

संकल्प वर्ष २०७१ का

परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ, आफू बदलिए समाज बदलिन्छ, समाज बदलिए...

पूरा लेख »
वर्ष ७० लाई सलाम गर्न मन लाग्छ

रवीन्द्र अधिकारी विद्यार्थी राजनीतिबाट आएका लोकप्रिय नेता हुन्।...

पूरा लेख »
संकल्प-२०७१

हरेक काठमा बल्ने सम्भाव्यता भएजस्तै हरेक युवामा पनि केही गर्न...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :