यौन जिज्ञासा र समाधान

गृहपृष्ठ » » यौन जिज्ञासा र समाधान » लेखहरु »

विवाहपूर्व यौनसम्पर्क

म २० वर्षीय अविवाहित युवक हुँ। मैले एक जना साथीसँग यौनसम्पर्क गर्न खोजें तर मेरो लिंगमा कुनै उत्तेजना आएन। त्यसैले हाम्रो सम्बन्ध  सफल भएन।

२३३८

विवाहपूर्व यौनसम्पर्क

युवावस्थामा यौनेच्छा तीव्र हुन्छ नै, त्यसैले यौनसम्पर्क राख्न पुगिन्छ। सहमतिमै भएका यौनसम्पर्कमा पनि समस्या हुन्छन्। त्यसैले जोसमा  होस गुमाउनु हुँदैन। यसबाट अनिच्छित गर्भ वा यौनरोगको समस्या भोग्नुपर्ने त छँदैछ। यी कुनै कारण नभएको स्थितिमा पनि सम्बन्धको  स्थायित्व नहुँदा वा त्यसले निरन्तरता नपाउँदा त्यसका आफ्नै समस्या हुन्छन्। यस्ता समस्या शारीरिक तथा मानसिक दुवै हुनसक्छन्। तपाईंकी  केटी साथीसँगको सबन्ध कत्तिको गहिरो वा प्रेममय थियो त्यसको प्रभाव पनि पर्छ। क्षणिक आकर्षण र वास्तविक प्रेमबीचको फरक छुट्टयाउनु  आवश्यक हुन्छ। क्षणिक आकर्षणलाई नै प्रेम मान्दा खाडलमा परिने सम्भावना हुन्छ।

लिंग कसरी उत्तेजित हुन्छ ?

हामीले इन्द्रियहरूबाट ग्रहण गरेका सन्देशहरू मस्तिष्कसम्म पुगेपछि चेतन रूपमा उक्त कुरा थाहा पाउँछौं। विभिन्न अङ्ग (स्रोत) बाट सन्दे शहरू स्नायु प्रणालीका नसाहरूबाट विद्युतीय तरंग वा रसायनहरूको माध्यमवाट मस्तिष्कसम्म पुग्छन् र त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि  हामीले थाहा पाउँछौं। यौन उत्तेजना हुने किसिमका सन्देशहरू प्राप्त भए हामीमा यौन उत्तेजना बढ्छ। व्यक्तिअनुसार कुन किसिमको सन्देश  बढी यौन उत्तेजक हुन्छ भन्ने कुराचाहिँ फरक-फरक हुन सक्छ। यसरी यौन उत्तेजित हुन थालेपछि लिङ्गका धमनीहरूबाट बढी मात्रामा रगत  लिङ्गमा भएको उत्थित हुन सक्ने विशेष तन्तुमा जम्मा हुन थाल्छ, साथै लिङ्गबाट रगत बाहिर निस्कने क्रम घट्छ र लिङ्ग कडा, मोटो र लामो  हुन्छ। यसैलाई हामी लिङ्ग उत्तेजित भएको भन्छौ। यौनक्रिया मात्र शारीरिक क्रिया नभै मानसिक तथा भावनात्मक सम्बन्धहरूको  मिश्रणसहितको एउटा जटिल

कार्य हो।

लिंग उत्तेजना नहुने कारण

तपाईंले जस्तो चाहिएको बेलामा चाहेको जस्तो गरेर लिङ्ग उत्तेजित नभै यौनसम्पर्क राख्न नसकेको अनुभव धेरैजसो पुरुषले जीवनको कुनै न  कुनै बेला गरेका हुन्छन्। लिङ्ग उत्तेजित नहुनु वा उत्तेजित अवस्थामा आइसकेको लिङ्गलाई त्यही स्थितिमा राख्न नसक्ने समस्यालाई  इम्पोटेन्स वा इरेक्टायल डिसफंक्सन भनिन्छ। राम्रोसँग लिङ्ग उत्तेजित नहुने कारण शारीरिक तथा मानसिक दुवै हुन सक्छन्।  लिङ्गको उत्थित हुन सक्ने तन्तुमा रक्तप्रवाहलाई नकारात्मक रूपमा प्रभाव पर्ने कुनै पनि स्थिति लिङ्ग उत्तेजना नहुने सम्भावित कारण बन्न  सक्छ। मानिस यन्त्र नभएकाले उसका कार्यहरू एकैनासका हुँदैनन्। लिङ्गको दह्रोपनका लागि मानसिक पक्ष एकदमै महत्वपूर्ण हुन्छ। सबैजसो  पुरुषले जीवनमा कुनै न कुनै बेला लिङ्ग उत्तेजना हुन अपठयारो भएको वा कडापन कम भएको महसुस गरेको हुन्छ। हुन त लिङ्ग उत्तेजित हुन  नसक्ने थुप्रै कारण हुन सक्छन्। हस्तमैथुन गर्दा लिङ्ग राम्रोसँग उत्तेजित भएको भए शारीरिक पक्ष ठीकै भएको देखिन्छ। एकपल्ट मात्र तपाईंको  लिङ्ग उत्तेजित हुन समस्या देखिएकाले खासै चिन्ता गर्नुपर्ला जस्तो लाग्दैन।

तनावपूर्ण वा डर भएको स्थितिमा भने लिङ्ग उत्तेजित नै नहुन वा भएको उत्तेजना पनि हराउन सक्छ। कडा सामाजिक बन्देज भएकाले  अविवाहित यौनसम्बन्ध राख्दा वा प्रयास गर्दा एक किसिमको तनाव त हुन्छ नै। समाजवाट लुक्नुपर्ने मात्र होइन, मनमा पनि द्वन्द्वात्मक स्थिति  हुन सक्छ। त्यसमा पनि हतारमा यौनसम्पर्क गर्नुपर्दा वा कसैलाई आफ्नो यौनक्षमता प्रदर्शित गर्नुपर्ने दबाब भए समस्या थप चर्को हुनसक्छ।

यसरी अनपेक्षित रूपमा लिङ्गको उत्तेजना नहुँदा निकै चासो तथा चिन्ता हुन्छ, त्यसमा पनि पहिलो यौनसम्पर्कमै। यस्तो स्थितिलाई  पर्फर्मेन्स एङ्ग्जायटि भनिन्छ। मुख्य कुरा तनाव, चिन्ता वा भय कम गर्न सक्नुपर्छ। आत्मविश्वास बढाउने कार्यतिर लाग्नुपर्छ। यौ नसाथीसँग लिङ्ग उत्तेजित हुने गरेर यौनसम्पर्क रहित यौनक्रियाकलापमा पर्याप्त समय बिताए सहयोग पुग्न सक्छ। दुवैले आफ्नै समस्या हो  भन्ने मानेर समाधान गर्ने प्रतिबद्धताका साथ प्रयास गरे समस्या समाधान गर्न सकिन्छ। समस्या कायम रहे चिकित्सकसँग सम्पर्क राख्नुपर्छ  ताकि समस्याको सही निदान र त्यसैअनुसारको उपचार खोज्न सकियोस्।

विवाह भएको दुई वर्ष भयो, बच्चा भएको छैन। के गर्ने होला ?

६९८९

सन्तान किन नभएको ?

गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ। गर्भको सुरुवात पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ।  सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रूपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्ब  रोपणजस्ता कुरा हुनु आवश्यक छ। यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्कने करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै  पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्बसँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ। यसरी मिलन  हुने प्रक्रियालाई निषेचन (FERTILIZATION) भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज (ZYGOTE) भनिन्छ र त्यही नै  पछि विकसित भएर शिशु बन्छ।

सन्तान चाहनुभएकाले तपाईंले गर्भनिरोधको कुनै साधन प्रयोग गर्नुभएको छैन होला। विवाहपछि एक वर्षसम्म पनि गर्भधारणका लागि प्रयास  गर्नुभएर पनि असफल हुनुभयो भने मात्र यस विषयमा सोच्नु ठीक हुन्छ। डिम्ब रोपणपछि निरन्तर रूपमा त्यसको विकास हुँदै जान अनेकन  कुरा आवश्यक हुन्छ। पुरुषको वीर्यमा पर्याप्त स्वस्थ शुक्रकीट नभए सन्तान हुँदैन, त्यसैगरी महिलामा पाठेघरभित्र मासु बढ्ने, पाठेघरको भित्री  तहको खराबी वा संक्रमण (जस्तै टी.बी.) वा अन्य खराबी अनि संक्रमण वा अन्य कारणले डिम्ब वाहिनी बन्द भए सन्तान जन्मन नसक्ने  हुन्छ। केही परिस्थतिमा अन्य कारण पनि हुन्छन्। वीर्य परिक्षण ठीकै छ भने श्रीमतीमा कुनै खराबी छ कि भनेर स्त्रीरोग विशेषज्ञबाट परीक्षण  गराउनुपर्छ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :