Facebook फन्डा

गृहपृष्ठ » » Facebook फन्डा » लेखहरु »

Facebook फन्डा

'धुर्बे' नामले परिचित एउटा हात्ती बौलाउँदा चितवनमा ३ वर्षको अवधिमा १५ जनाले ज्यान गुमाइसकेको समाचार बुधबार कान्तिपुरमा  छापिएको थियो। चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने धुर्बेका कारण लाखौंको धनजन क्षति भएको कुरा अन्य संचारमाध्यममा  पनि प्रशस्त आए। यो हात्तीको आतंक २०६६ मा निकुञ्जभित्र रहेको गोरखबहादुर गणमा कार्यरत सिपाही रिद्धिवीर दोङलाई मारेर सुरु भएको  हो। पहिलो पटक सिपाहीलाई मारेपछि हात्तीको नाम 'रिद्धि गज' राखिएको थियो। निकुञ्जमा धुर्बे नाम गरेका हात्ती नभए पनि हात्ती राख्ने धु्रव  पोस्टमात्र छ। सबैले धुर्बे भनेपछि यसको नाम नै 'धुर्बे' रहेको हो। हात्ती बौलाएर आफ्नो निशानामा स्थानीय बासिन्दालाई पारेपछि प्रशासनले  स्त्री हात्तीको पासोमा पारेर हात्ती मार्न आदेश दिएको हो। धुर्बे आतंकका बारेमा फेसबुक प्रयोगकर्ताहरूले विभिन्न विचार पोस्ट गरे।

मेघराज रसाइली लेख्छन्

१) धुर्बे हत्यारा होइन, पागल प्रेमी  रहेछ। उसलाई किन मार्ने ? हुन त प्रेमीहरू उहिलेदेखि नै सताइएका र मारिएका नै त छन् नि, हाम्रो  समाजमा।

२) धुर्बे समात्न पोथीको पासो थाप्ने रे, मान्छेले पागल प्रेमी धुर्बेलाई स्त्री लम्पट नै ठाने, मान्छेको जात आफूजस्तो छ, अरूलाई नि त्यस्तै  सोच्ने।

प्रतिक्रियामा प्रदीप तिवारीले लेखेः धुर्बे बोका नै रै छ नि, काकाजस्तै ...स्त्री नै चाहिने अन्तिममा।

दीपकज्योति बस्नेत

धुर्बे नेपालको राजनीतिक माहौलको प्रतिबिम्ब हो। फरक के मात्र छ भने, धुर्बे निहत्था मानिसको हत्या गरेर बेपत्ता छ भने राजनीतिक खे लाडीहरू धेरै नेपालीको भविष्यको हत्या गरेर खुलमखुल्ला हिँडिरहेका छन्।

मदनमणि अधिकारी लेख्छन्

जेलमा बसेका अपराधीले यौनसम्बन्ध राख्न पाउनु अधिकार हुने, वनमा बसेको धुर्बेले नपाउने ? पशु अधिकारवादीहरू कता गए ?

दिनेश आचार्यको पोस्ट

नारद खतिवडाले धुर्बे शर्षकको चलचित्र बनाएका थिए। यसका लेखक धुर्बे नै थिए (ध्रुव लम्साल) लास्ट फ्लप भयो। नुवाकोट घर भएका  रावल थरका धु्रवलाई साथीभाइले चलचित्रको धुर्बेका नामले जिस्काउँथे। अहिले चितवनको धुर्बेले राम्रै इज्जत राखिदिएको छ रे।

गजेन्द्र बुढाथोकीले लेखे

धुर्बेले आतंक मच्चाएपछि चितवनमा आतंक छ, यहाँ 'धुर्ते' हरूले वर्षौदेखि आतंक मच्चाएको मच्चाइ छन् तर सब चुप छन् ....।

नील खड्काको स्टाट्स

यतिका दिन बितिसक्दा पनि जाबो एउटा धुर्बेलाई तह लाउन नसक्ने पनि सरकार रे। अझै लाचारी देखाउनुभन्दा बरु सरकारले धुर्बेका सम्पूर्ण  क्रियाकलापलाई माफी दिएको घोषणा गरे हुन्छ।

प्रमोद दाहालको प्रतिक्रिया

बरु त्यो 'धुर्बे' लाई संसद भवनतिर पठाइदिएको भए हुन्थ्यो होला.......कतै संविधान पो बन्छ कि ? ८-१० जना मार्ने धुर्बेलाई खोजीखोजी  मार्न खोजिँदैछ, ......१३ हजार जनता मार्नेहरू भने हिरो बनिरहेको यही देशमा.....।

दीपेन्द्र बडुवाल लेख्छन्

एकजना विद्यार्थी धुर्बे मार्ने अप्रेसनबाट दुःखी छन्, उनी हात्तीलाई चिडियाखानामा राख्न सुझाव दिन्छन्। केहीबेर अघि भरतपुरको चौबीस को ठीमा बन्दकर्ता हात्ती मार्नुको साटो नियन्त्रणको विकल्प रोज्नुपर्ने बताउँदै थिए। एकजना वकिल हात्तीको मृत्यु रोक्न अदालत जान सकिन्छ कि  भनेर ठट्टा मात्रै भए पनि गर्दै थिए। माडी बासिन्दाको मागको समर्थन गर्दै आक्रोश सम्बोधन गर्न अनुरोध छ। साथै माडीमा मानव क्षति कम  गर्न सरकार क्रियाशील हुनुपर्छ। मानव र वन्यजन्तुबीचको यो द्वन्द्व अब नजिर नबनोस्। कहाँ गए संरक्षणकर्मी ? निकु    ञ्ज र उपभो क्ताको दूरी कम गराउन तिनको भूमिका खै ?

दीपेन्द्रले नै लेखेको अर्को स्टाटसको आशय यस्तो थियो,  एउटा धुर्बे मारेर के हुन्छ, अर्को धुर्बे फेरि आइहाल्छ .....

भीमप्रसाद घिमिरेले लेखे ....

अब धुर्बेको के होला ?......

प्रतिक्रियामा शैलेन्द्रराज नेपालले लेखे, अन्त्य..अन्त्य...अन्त्य

फेरि भीमप्रसादले लेखे बिचराले बाटो नदेखेर हो, त्यसलाई सिंहदरबारभित्र लगेर छाडिदिनुपर्ने ....

अशोक रेग्मीको कथन यस्तो छ

धुर्बे ज्यान जोगा है। सेना र प्रहरीको गोलीबाट तँ मरे पनि यो सरकारले सहिद घोषणा गर्ने वा १० लाख क्षतिपूर्ति दिने छैन....

सुव्रत आचार्यले लेखे

अनुहारपुस्तिकामा आज धुर्बेको चर्चा चुलिएको छ। धुर्बेका बारेमा अनेकौं कुरा भैरहेका छन्। चाहिने नचाहिने कुरा काटिँदैछ। धुर्बे नाम गरेका  फेसबुकेहरूलाई टेन्सन भैरा होला ?

बाबुराम कोइराला लेख्छन्

धुर्बे सहिद हुने भो बिचरा। अचाक्ली गरिसक्यो, यसको अब खैरियत छैन, तर यसका धुपौरेरूरुले पनि आन्दोलन चर्काउन सक्छन है ....

तीर्थ कोइरालाले लेखे

यो देशका दुई खुट्टे धुर्बेहरूलाई छाडा छाडेर चार खुट्टे धुर्बेलाई पासोमा पार्ने। कस्तो न्याय ?

प्रतिक्रिया स्वरूप विष्णु

भुर्तेलले लेखे

पासो पनि कस्तो फ्याँक्न खोज्या फेरि, दुई खुट्टे कुर्सी लम्पट, चारखुट्टे स्त्री लम्पट।

शिशिर सुबेदीले लेखेका छन्

हात्ती हिड्ने नै जंगलमा हो तर मान्छेले उसको हिड्ने बाटोमा तगारो तेस्र्याए पछि बिचराले गरोस पनि के ? बिना बित्थामा ज्यान गुमाउने  भयो। अग्रिम श्रद्धान्जली धुर्बेलाई।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

विदुरद्वारा अन्य प्रकाशित लेखहरू

Facebook फन्डा
| अंकहरु: 17-5
Facebook फण्डा
| अंकहरु: 17-12

यस अंकका मुख्य लेखहरू

संकल्प वर्ष २०७१ का

परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ, आफू बदलिए समाज बदलिन्छ, समाज बदलिए...

पूरा लेख »
वर्ष ७० लाई सलाम गर्न मन लाग्छ

रवीन्द्र अधिकारी विद्यार्थी राजनीतिबाट आएका लोकप्रिय नेता हुन्।...

पूरा लेख »
संकल्प-२०७१

हरेक काठमा बल्ने सम्भाव्यता भएजस्तै हरेक युवामा पनि केही गर्न...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :