तपाईं विवाहित भए पनि अर्काको छोरी, चेलीलाई डेटिङ लैजानुहुन्छ रेहो ?
तपाईं विवाहित भए पनि अर्काको छोरी, चेलीलाई डेटिङ लैजानुहुन्छ रेहो ?
सन्देश, बालाजु
डेटिङ लैजाने भनेकै अर्काको छोरीलाई त हो। सधैं लगिराख्या हुँ नि ! मेरी श्रीमती पनि अर्कैकी छोरी त हुन् नी। अर्काको छोरी विवाह गरेर ल्याएपछि डेटिङ लान परेन।
तपाईं अबदेखि मुन्द्रा नलगाउनु। त्यसो गर्दा झन् हेन्डसम देखिनुहुन्छ।
राकेश, सुनसरी
त्यसो भनेर कहाँ हुन्छ, मेरा कान रिसाउँदैनन् ? हप्तामा एक-दुई दिन मुन्द्रा लगाइनँ भने त कानै चिलाएर आउँछ। त्यही मुन्द्राले त मुन्द्रे हुन पाइया छ, तपाईंहरूजस्तो दर्शकको माया पाइया छ।
मुन्द्रे सर, तपाईंलाई नयाँ रोल गर्न आउँदैन ?
०५११
किन र ? मैले नयाँ रोल गरेको छैन र ? अस्ति साउन महिनाभरि बाबा र त्योभन्दा अगाडि सुरक्षा गार्डको रोल गर्या हैन ? त्योभन्दा अगाडि ट्याक्सी चालकको रोल पनि गरैकै हो। तपाईंले जिरे खुर्सानी हेर्न छुटाउनुभएभो कि क्या हो।
आजकाल केसारो यति मोटाउनुभएको ?
विरेन्द्र खनाल, बसुन्धारा
काँ मोटाउनु हो, कहिलेको कुरा गर्नुभा'को तपाईंले ? कि यो प्रश्न आउन धेरै टाइम लाग्यो ? म त जस्ताको तस्तै छु, एक-दुई किलो मात्र तलमाथि हो।
तपाईंको आँखा एकदम नशालु छ। त्यस्तो नशालु आँखा हुनुको रहस्य के हो ?
साहेब, सुनसरी
मेरो आँखा नसालु छैन। यस्ता आँखा नसालु देख्ने तपाईंको आँखा चैं के भा'का छन् ? यहाँ मेरो घर जडिबुटी नरेफाँट पारिपट्ट िनयाँ आँखा अस्पताल खुलेको छ, एक-पटक आएर जँचाउनुहोला।
मुन्द्रे ब्रो, हजुर मेरो ब्वाइफ्रेन्ड भैदिएको भए। के गर्नुहुन्थ्यो ?
बि
ब्वाइफ्रेन्ड हुने बेला वास्ता नगर्ने, अहिले यस्ता कुरा गरेर हुन्छ? ऊ बेलामा गर्लफ्रेन्ड नपाएर बिहे गरेरै श्रीमतीलाई गर्लर्फ्रेन्ड बनाउनुपर्यो।
के हो ब्रो ? धरान आएपछि भेट्छु भन्ने, आएपछि चाहिँ जानै हतार ? त्यस्तोचाहिँ हुँदैन है। म त लास्टै रिसाएको छु। अर्कोचोटि आउँदाचाहिँ भेट्नुपर्छ।
विशाल राई
ओहो विशाल ब्रो ! सरी है, धरानमा धेरै बस्नै पाइएन। अरू ठाउँमा कार्यक्रम परेकाले हिँडियो। अर्कोचोटी आउँदा अवश्य भेटौंला, तर म धरान आएपछि त तपाईं पनि त भेट्न आउनुपर्यो नि ! अनि पो भेट हुन्छ त।
मुन्द्रे ब्रो, हजुरको पेट फुल्या हो ? कि मोटा को ?
आशिष जिसी
मेरो पेट दिनमा एक पटक फुल्छ बिहान खाना खाएपछि, तर यतिको पेटलाई फुलेको भन्न मिल्दैन, हल्का ज्यान हालेको भन्दा बेस होला।
तपाईंको प्रतिकृया