यौन

गृहपृष्ठ » » यौन » लेखहरु »

कुण्ठा र मानवीय व्यवहार

पश्चिमा मुलुकमा मात्र होइन, अहिले हाम्रो समाजमा पनि व्यस्तता बढ्दै गएको छ। ग्रामीण भेगको तुलनामा सहरी क्षेत्रका मानिसहरू अहिले  निकै व्यस्त छन्। अहिलेको व्यस्त जीवनमा समयको पछि दौडँदा-दौडँदै मान्छेले आफ्ना कतिपय चाहनालाई बाध्यतावश भुलिरहेका छन्।  चाहना हुँदाहुँदै पनि मानिसले त्यो काम गर्न सक्दैन, कुनै वस्तु प्राप्त गर्न सक्दैन अनि कसैलाई समय दिन सक्दैन। दिनभरिको भागदौड र  व्यस्तताबीच धेरै सम्झौता गरिन्छन्। त्यही सम्झौताले आफूलाई विस्तारै क्रूर र अव्यावहारिक बनाइरहेको हामीलाई पत्तै हुँदैन। हामी चाँडो  रिसाउँछौं र र्झकन थाल्छौं। चिडचिडाहट बढ्छं, तर आफूलाई किन यस्तो भैरहेको छ भन्ने विषयमा सोच्दैनौं। त्यहि रिसाहा र र्झकने बानीले  हामीलाई घर, अफिस र समाजबाट बिस्तारै एक्लो पार्दै लान्छ। व्यस्तता एवं व्यावहारिक कारणले पर सारिएका चाहनाबाट उत्पन्न हुने कुण्ठा  र परिवर्तित व्यवहारले आज मानिसलाई असामाजिक बनाउँदै लगेको छ।

कुनै वस्तु वा चीजको चाहना भए पनि त्यसलाई स्वतन्त्रतापूर्वक प्राप्त गर्न वा उपयोग गर्न नसक्नु र त्यो इच्छा र चाहनालाई दबाएर राख्नु  नै कुण्ठा हो। कुनै चीज प्राप्त गर्ने तीव्र, चाहना हुँदाहुँदै पनि त्यो प्राप्त भएन भने हामी चित्त बुझाउँछौं। भैगो प्राप्त भएन त के भो अर्को  पटक पाइएला अथवा अन्य केही कुरा थपेर हामी तत्कालीन अवस्थाबाट चित्त बुझाउने अथवा उम्कने प्रयास गर्छौं, तर फ्याउरोले अंगुर  नभेटेपछि अमिलो रहेछ भनेर चित्त बुझाएझैं गर्छौं, हामी पनि, तर हामीभित्र रहेको चाहना भने त्यत्तिकै मर्दैन, त्यो कुण्ठाका रूपमा पक्कै कुनै  कुनामा रहन्छ। समय र परिवेश पाउनासाथ त्यो कुण्ठा व्यवहारमा उत्रन्छ।

कलेज पढ्ने छोरा अथवा छोरीले चाहेको कुरा नकिन्दिनुहोस् अनि उसको व्यवहार हेर्नुहोस्। कलेज जाने बेलामा उसको स्कुटर समयमा स्टार्ट  भएन भने उसले हातले स्टेरिङमा हिर्काउँछ वा त लात्तीले नै हान्छ। पालेले हर्न बजाउने बित्तिकै गेट खोलेन भने पनि ऊमाथि सारा रिस पो खिदिन्छ। ऊ रिसाएको देखेर उसलाई चिन्ने नजिकका व्यक्तिहरू पनि उसको व्यवहारबाट छक्क पर्छन्। घरमा श्रीमतीसँगको खटपट अथवा  कुनै सुल्झिन नसकेको विषय छ भने त्यसलाई कतिले कार्यालयको कम्प्युटरमाथि पोख्छन्, कम्प्युटर किन ढिलो खुलेको भनेर किबोर्ड बजार्छन्।

स्कुलमा विद्यार्थीले होमवर्क गरेको भए पनि कापी दोबि्रएको अथवा कापी मिलाएर नदिएको झोंक विद्यार्थीमाथि फेर्छन् मिस/म्याडमहरू।  उनीहरूको त्यो आक्रोश तत्काल सिर्जना भएको नभै ब्वाइफ्रेन्ड अथवा श्रीमानसँगको खटपट अथवा कुनै कुण्ठाका कारण मात्र उत्पन्न भएको  हो।

कुण्ठा भन्नेबित्तिकै हामी यौनकुण्ठालाई मात्र बुझ्छौं, तर कुण्ठा सबै कुरासँग जोडिएर आउँछ। हाम्रो समाज यौनको मामिलामा  पश्चिमा समाजजति खुला छैन, त्यही भएर पनि हामीबीच यौनकुण्ठा बढी भेटिन्छ। कुण्ठा चाहनासँग जोडिएको हुन्छ। रजनिशले प्राकृतिक  कुरालाई रोक्नु वा अवरोध पुर्‍याउनुलाई कुण्ठा भनेका छन्। उनले झरनाको उदाहरण दिँदै भनेका छन्, झरनाको प्रकृति नै माथिबाट तल र्झनु  हो। यदि त्यसलाई रोक्ने हो भने त्यो केही समय त रोकिएला, तर लामो समय रोकिनेछैन। मूल प्रवाहबाट नबगे पनि झरना धेरैतिरबाट बग्न  थाल्छ। किनभने झरनाको प्रकृति नै र्झनु हो त्यो रोकिँदैन। एक ठाउँमा रोकिए पनि दस ठाउँबाट झरिरहन्छ।

मानिसको चाहना झरना हो। यदि यसलाई रोकियो भने कुण्ठाका रूपमा त्यो दस ठाउँबाट र्झछ। अथवा त्यो चाहना पूरा नभएको मानिसको  कुण्ठा रिस, आवेश तथा चिडचिडाहटका रूपमा विभिन्न ठाउँमा प्रकट भैरहेको हुन्छ। चाहे त्यो सँगै बसको सिटमा बसेको मानिससँग,  तरकारी पसलेसँग, गेट पालेसँग, कार्यालयको पियनसँग जोसुकैसँग पनि त्यस्तो कुण्ठा रिसको माध्यमबाट प्रकट भैरहन्छ। त्यसैले चाहनालाई  रोक्नेभन्दा पनि प्राप्त गर्ने प्रयास गर्नुपर्छ। चाहनालाई स्वच्छन्द रूपमा उपयोग गर्नुपर्छ। एउटा चाहना दबाउँदा आफूभित्र दसौं कुण्ठा उत्पन्न  हुन्छन्। ती कुण्ठा विभिन्न रूपमा प्रकट हुँदा समाज, कार्यालय अथवा परिवारमा आफ्नो व्यवहारले आफैप्रति नकारात्मक दृष्टिकोण पैदा गर्छ,  जुन कालान्तरमा आफ्नै लागि निकै घातक सिद्ध हुन्छ।

सिग्मन्ड फ्रायड आफ्नी श्रीमती र बच्चाका साथमा भियनाको एक पार्कमा घुम्न गएका थिए। साँझ घर र्फकने बेलामा छोरा नदेखेपछि  फ्रायडकी श्रीमती आत्तिइन्। फ्रायडले श्रीमतीसँग सोधे, 'तिमीले यो पार्कमा उसलाई कुनै ठाउँमा नजानु भनेकी थियौ।' श्रीमतीले भनिन्, 'मैले  उसलाई पानीको फोहोरा भएको ठाउँमा नजानु भनेकी थिएँ।' फ्रायडले भने, 'उसो भए ऊ ९९ प्रतिशत त्यही फोहोरामा भेटिन्छ।' उनीहरू  फोहोरा भएको ठाउँमा गए, छोरा त्यही भेटियो। यदि उसको फोहोरा हेर्ने चाहनालाई त्यहीं रोकिदिएको भए अथवा उसलाई हेर्नै नदिएको भए  ऊभित्रको कुण्ठा आवेसका रूपमा प्रकट हुन्थ्यो। फ्रायडकी श्रीमतीले उसलाई फोहोरामा जान नदिएर कुनै खेलौना किनिदिएको भए उसले त्यो  आवेशमा फ्याँकिदिन सक्थ्यो अथवा फुटाइदिन्थ्यो। किनभने शिशुभित्रको कुण्ठा तत्काल प्रकट हुन्छ। जुन कुरालाई निषेध गरिन्छ त्यसप्रति  मानिसको आकर्षण तीव्र हुन्छ। त्यसैले फ्रायड पुत्र नजानु भनेको ठाउँमा गएको हो। निषेधले आकर्षणसँगै विकृति पनि पैदा गर्छ। कुण्ठा उपचार  गर्नुभन्दा कुण्ठा हुन सक्ने सम्भावनालाई नै बन्द गर्नुपर्छ अथवा आफ्नो चाहनालाई मूर्त रूप दिने प्रयास गर्नुपर्छ। आफ्नो विचार खुला रूपमा  प्रकट गर्नुपर्छ, गुम्स्याएर राख्नुहुँदैन। इच्छा र चाहनालाई तत्कालै नभए पनि केही समयपछि पूरा गरिहाल्नुपर्छ। मनलाई सन्तुष्ट पार्न योगको  सहयोग लिनुपर्छ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

वेदराज पौडेलद्वारा अन्य प्रकाशित लेखहरू

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :